site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
म्यानचेस्टर युनाइटेड अन्तिम १६ मा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । साबिकको बिजेता म्यानचेस्टर युनाइटेड इंग्लिश फुटबल लिग कप (कारबाओ कप) फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । लिग कप अन्तर्गत बुधबार राती भएको तेस्रो चरणमा बर्टन एल्बियनलाई ४ – १ ले पराजित गर्दै युनाइटेडले अन्तिम १६ मा स्थान बनाएको हो ।

घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन मार्कुस राष्फोर्डले दुई तथा जेसे लिंगार्ड र एन्थोनी मार्सियलले समान एक एक गोल गरे ।  बर्टन एल्बियनका लोयड डायरले एक गोल फर्काए । अब युनाइटेडले क्वाटरफाइनलमा प्रवेशको लागि स्वान्सी सिटीसँग उसैको मैदानमा खेल्ने छ ।

Prabhu Bank
Agni Group
NIC Asia

ओल्ड ट्राफोर्डमा खेलको पाँचौ मिनेटमा राष्फोर्डको गोलबाट युनाइटेडले सुरुवाती अग्रता बनाएको थियो । खेलको १७ औं मिनेटमा राष्फोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए ।  ३६ औं मिनेटमा लिंगार्डले एक गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा ३ (  ०  को अग्रता दिलाए ।

दोस्रो हाफमा युनाइटेडले एक गोल गर्दा एक गोल बेहोर्न पुग्यो ।  खेलको ६० औं मिनेटमा मार्सियलले गोल गर्दै युनाइटेडको अग्रता ४ – ० को बनाए ।  खेलको ९० औं मिनेटमा एल्बियनका लोयड डायरले सान्त्वना गोल फर्काए ।  त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन र खेल युनाइटेडले ४ – १ ले आफ्नो बनायो ।

Global Ime bank

लिग कप अन्तर्गत नै म्यानचेस्टर सिटीले वेष्ट ब्रुमलाई २ – १  ले पराजित गर्दै चौथो चरणमा स्थान बनाएको छ । सिटीको जितमा दुवै गोल लोरी सानेले गरेका थिए । वेष्ट ब्रुमका क्लाउडियो याकोबले एक गोल फर्काए  । अब सिटीले अर्को चरणमा वुल्भ्सको सामना गर्नेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ५, २०७४  ०८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC