site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
डिफेन्स र किपरको गल्ती भयो, अर्को खेलमा फरक तरिकाले खेल्छौ : प्रशिक्षक श्रेष्ठ
Ghorahi CementGhorahi Cement

काठमाडौं । एएफसी यु–१६ च्याम्पियनसिप छनोटको समूह डी अन्तर्गत इराकसँग पराजित भएपछि नेपाली टोलीका मुख्य प्रशिक्षक सुनील श्रेष्ठले डिफेन्स र किपरको सानो गल्तीले हार बेहोर्नु परेको बताएका छन् ।

शसस्त्र प्रहरी बल एपीएफको खेल मैदानमा बुधबार आफ्नो पहिलो खेलमा नेपाल इराकसँग १–० गोलअन्तरले पराजित भएको हो ।   खेलपछि बोल्दै प्रशिक्षक श्रेष्ठले खेलाडीले योजना अनुसार नै खेलको बताउदै भने, “केटाहरुले शतप्रतिशत खेल खेले तर सिल्ली मिस्टेक भयो ।  डिफेन्स र किपरको कमजोरी भयो, खेल गुमायौ ।”

Agni Group

साबिकको बिजेता इराकलाई पहिलो हाफ गोलरहित बराबरीमा रोकेको नेपालले ६८ औं मिनेटमा गोल खाएको थियो । डिफेन्स र किपरको समझदारी नहुदा नेपालले गोल खान पुगेको थियो ।  डिफेन्सले क्लियर गर्न नसकेको बल गोलरक्षक बिशाल सुनारले पनि क्लियर गर्न नसक्दा ओभरल्यापमा गएका सलाह घाजी तालिबले गोल गर्दै इराकलाई महत्वपूर्ण जित दिलाएका थिए ।  त्यसअघि खेलको २८ मिनेटमा इराकका मोहम्मद रिधा अल्घानमीले ६ यार्ड बक्सबाट गोलकिपर बिशाल सुनारलाई बिट गर्दै प्रहार गरेको बल डिफेन्डरले सन्जिब अर्यालले गोललाइनबाट क्लियर गरेका थिए ।

अब नेपालले दोस्रो खेलमा शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्नेछ । भारतले बुधबार नै प्यालेस्टाइनलाई ३–० गोलअन्तरले पराजित गरेको थियो । तर, प्रशिक्षक श्रेष्ठले भारतविरुद्ध फरक तरिकाले मैदान उत्रने बताए । “भारत धेरै राम्रो टोलि हो तर पहिलो खेल हारेपछि भारतविरुद्ध हामी गर या मरको अवस्थामा छौ,” श्रेष्ठले भने, “हामी फरक तरिकाले मैदान उत्रने छौ, स्टाइकरलाइन सुधार गर्दै डिफेन्सिभ अट्याककिङ खेल्छौ ।”

Global Ime bank

यस्तै इराकका मूख्य प्रशिक्षक अली हादीले नेपाल बलियो टोलि भएपनि नेपालसँग  ३ अंक खोस्न पाउदा खुशी रहेको बताए । उनले भने, “मलाई लाग्छ नेपाल धेरै राम्रो टिम हो तर किपरले गल्ति गर्दा हामीले ३ अंक पायौ । यो जित हम्रोलागी महत्वपूर्ण  हो ।”

छनोटको आफ्नो अन्तिम खेलमा नेपालले असोज ८ गते प्यालेस्टाइनसँग खेल्नेछ । राउण्ड रोबिनका आधारमा जारी छनोटको समूह विजेता फाइनल चरणमा प्रवेश गर्ने छन् । त्यस्तै, उत्कृष्ट दोस्रो हुने ५ टिम पनि छनोट हुनेछन् ।

नेपाल गएको संस्करणमा दोस्रो चरणको लागि छनोट भएको थियो । तर, बढी उमेरको खेलाडी खेलाएको भन्दै एसियन फुटबल फेडेरेसनले नेपाललाई अयोग्य ठहर गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ४, २०७४  १९:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC