site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
डिशहोममा ‘रमाईलो टिभि’ र ‘एक्सन स्पोर्टस्’ प्रशारण सुरु 
Sarbottam CementSarbottam Cement

काठमाडौं । डिशहोमले आफ्ना ग्राहकहरुको लागि थप मनोरञ्जनात्मक सामाग्रीहरु प्रशारण गर्ने क्रममा आफ्नै नयाँ च्यानलहरुको प्रशारण सुरु गरेको छ । बुधबार दरबारमार्ग स्थित होटल अन्नपूर्णमा आयोजित रमाईलो नाइट नाम दिइएको च्यानल शुभारम्भ समारोहमा सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले उक्त ‘रमाईलो टिभि’ र ‘एक्सन स्पोर्टस्’ च्यानलको प्रशारण सुरु गरेका हुन् ।

डिशहोमको च्यानल नं १०४ मा प्रशारण हुने रमाईलो टिभिमा नयाँ नेपाली हाँस्य श्रृंखला, नेपालीमा अनुवाद गरिएका चर्चित हिन्दी टेलि श्रृंखला, धार्मिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरु प्रशारण हुनेछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै डिशहोमको च्यानल नं १०५ मा प्रशारण हुने नेपालकै पहिलो स्पोर्ट्स च्यानल एक्सन स्पोर्ट्समा नेपालभर हुने फुटबल, क्रिकेट लगायतका विभिन्न खेलहरुको प्रत्यक्ष प्रशारण हुने कम्पनीले जनाएको छ । सथै सो च्यानलमा विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलहरु तथा खेलकुद सम्बन्धी विभिन्न कार्यक्रमहरु प्रशारण हुने जनाइएको छ । 

कम्पनीको अनुसार पूर्णरुपमा खेलकुदप्रति समर्पित यस च्यानलमार्फत देशको कुनै पनि कुनामा संचालन हुने खेल प्रतियोगिताहरु देशभर छरिएर रहेका खेलप्रेमीहरुले प्रत्यक्ष रुपमा हेर्न पाउने हुँदा यसबाट समग्र नेपाली खेलकुदको विकासमा योगदान पुग्ने डिशहोमले विश्वास लिएको जनाएको छ । 

Global Ime bank

डिशहोमका यी नयाँ च्यानलहरु हेर्नका लागि डिशहोमका ग्राहकहरुले आफ्नो रोजाई अनुसारको प्लस प्याकेज लिनुपर्ने बताइएको छ । कम्पनीका अनुसार बेसिक, मिडियम, डिलक्स र सुपर एचडी प्याकेज हेरिरहनु भएका ग्राहकहरुले न्युनतम् रकम थप गरेर बेसिक प्लस, मिडियम प्लस, डिलक्स प्लस वा सुपर एचडी प्लस प्याकेज लिन सक्नेछन् । प्लस प्याकेजमा रमाईलो टिभि र एक्सन स्पोर्ट्स च्यानलका अलावा ग्राहकहरुले नेपाली चलचित्रहरु प्रशारण हुने प्लस मुभि, सांगितिक च्यानलहरु, कार्टुन च्यानल तथा अन्य डिशहोमका च्यानलहरु पनि हेर्न सक्नेछन् ।

डिशहोमले यी नयाँ च्यानलहरु संगै नेपाली चलचित्रहरु रिलिज भएकै दिनमा घरमै बसेर हेर्न मिल्ने ‘डिशहोम सिनेमाघर’ नाम गरेको सेवा पनि सुरु गरेको जनाएको छ ।

यस सेवाअन्तर्गत डिशहोमले धुम–२ र लिला चलचित्र रिलिज भएकै दिन प्रशारण गरिसकेको जनाएको छ । ग्राहकहरुले चलचित्र प्रशारण हुने दिनमा एसएमएस पठाएर वा डिशहोम ग्राहक सेवामा फोन गरेर यो सेवा लिन सकिनेछ । 

त्यस्तै डिशहोमले नेपालीहरुको महान चाड दशैं तथा तिहारलाई खुसीमय बनाउनको लागि उपभोक्ताहरु माझ ‘खुसी अन गरौं’ नामक योजना पनि ल्याएको छ । यस योजना अन्र्तगत ग्राहकहरुले रु. ५ हजार ९९९ पर्ने डिशहोमको हाईब्रिड एचडी कनेक्सन खरिद गर्दा  ३ हजार छुट प्राप्त गरी रू. २ हजार ९९९ मा जोड्न सकिने बताएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ४, २०७४  १८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC