site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कमल भन्छन्– जाउँला रेलैमा.... भाइरल नै भयो
Sarbottam CementSarbottam Cement

काठमाडौं । अघिल्लो महिना नेपाल आइडलको २६ औं श्रृंखलामा प्रतियोगीका सात उत्कृष्ट‘आइडल सिंगर’ बोलाइएको थियो । नेपाल आइडलका निर्णायक न्ह्यु बज्राचार्यले अघिल्लो पुस्ताका भेट्रान सिंगरहरुको नाम लिँदै उनीहरुले नेपाली संगीतमा गरेको योगदान र ल्याएको परिवर्तनको चर्चा गरे । र, जोडे कमल खत्रीको नाम पनि । न्ह्युले कमलले एउटा ट्रयाकमा नेपाली पप संगीत हिँडिरहेका बेला त्यसमा नयाँ शैली भित्र्याएको बताए । उनले सफलताका लागि कमलको संघर्ष आफूले देखेको सुनाए ।

अहिले उत्कृष्ट तीनमा परेका नेपाल आइडलका प्रतिस्पर्धी बुद्ध लामासँगै स्टेजमा उभिएका कमल ‘थ्याङक्यू’ भनिरहेका थिए । कमै बोल्ने लजालु स्वभावका कमलले स्टेजबाट अक्सर उत्कृष्टगीत संगीत दुःख, पीडा र अनुभवबाट जन्मिने बताए । 

कमलले भनेजस्तै लोकप्रिय गीत र संगीत जन्मिनका लागि सर्जक स्वयम्ले दुःख भोगेकै हुनुपर्छ या अनुभूत गरेमात्रै पुग्छ ? त्यो बहसकै विषय होला तर जे होस् कमलले भने नेपाली सांगीतिक क्षेत्रमा राम्रा गीत दिइरहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले यही साता एउटा नयाँ गीत सार्वजनिक गरे । गीतको बोल थियो–जाउँला रेलैमा....

बैरी भयो
यो सारा दुनियाँ
चाखो मायाको
हाम्रो मायामा 
कुरा चल्यो 
जात र भातको 
मानिस ठूलो दिलले हुन्छ
रगत सबको रातो हुन्छ
खै कुरा बुझेको 
अब जाउँला रेलैमा
माया
तिम्रो साथैमा 
दुःख र सुख
जीवनको पाटो
सँगसँगै बिताउँला
आए जति 
बाधा र अड्चन
साथ तिम्रो छोड्ने छैन 
यो हाम्रो माया
संसारैलाई 
सबैलाई देखाउनु छ 
खोइ कसले बनायो 
मान्छेमा जात
त्यो पनि सोध्नु छ

Global Ime bank

यो गीत युट्युबमा अपलोड भएको एक साता नभई करिब दुई लाखले हेरे। १६ हजार सब्स्क्राइबर रहेको कमलको आफ्नै युट्युब च्यानलबाट उक्त गीत झण्डै दुई लाखपटक हेरिएको हो । 

“सब्सक्राइबर निकै थोरै रहेको च्यानलबाट पनि यतिको संख्यामा हेरिनुलाई मैले ठूलो संख्याको रुपमा लिएको छु,” कमलले भने, “म त यसलाई भाइरल नै भयो भन्छु । निकै मेहनत गरेर तयार पारेको गीत स्रोता तथा दर्शकले मन पराइदिनु भएकोमा खुसी लागेको छ । राम्रो गीत तयार गर्न थप उत्साह पनि मिलेको छ ।”

गीतको भिडियो भने निर्माण गरिएको छैन । लिरिकल भिडियो नै कमलले युट्युबमा अपलोड गरेका छन् । 

उनले एक वर्ष अगाडि यो गीत तयार पार्न सुरु गरे पनि बीचमै रोकिएकाले केही समय ढिलो गरी सार्वजनिक भएको बताए । “जातजातिका विषयमा उठ्ने गरेका नकारात्मक पक्षलाई परिवर्तनका लागि कसरी सकारात्मक सन्देश दिन सकिन्छ भनेर मैले एक वर्ष अगाडि नै यो गीत लेख्न सुरु गरेको थिएँ तर बीचमा विभिन्न कारणले पूरा हुन सकेको थिएन,” कमल भन्छन्, “नेपाल आइडलमा पछिल्लो समय जसरी जातीय कुरा आयो, त्यसपछि मैले फेरि यो गीत पूरा गर्नुपर्छ भन्ने लाग्यो र मैले यसलाई पूरा गरेर स्रोतामाझ ल्याएँ । नभन्दै दर्शक स्रोताले मेरो विचारमा सहमति जनाउँदै मन पनि पराउनु भयो । मेरो युट्युब च्यानलबाट अपलोड भएका गीतमा सबैभन्दा राम्रो रेस्पोन्स आएको पनि यही हो ।”

कलामा कुनै जाति, भाषा, रङ्ग र भूगोल नहुने कमल बताउँछन् । “सिर्जना भनेको कला हो । यसमा जाति, भाषा, रङ्ग र भूगोलले भन्दा पनि सर्जकको सिर्जना र उसको कलाको सम्मान हुनुपर्छ,” उनी भन्छन् ।

नेपाल आइडलमा गेष्ट जजको रुपमा आएका गायक रामकृष्ण ढकालले आफूलाई निशान भट्टराई र प्रताप दास मन पर्ने बताएपछि सामाजिक सञ्जालमा उनको आलोचना भएको थियो । उनले सागर आले र बुद्ध लामा जनजाति भएकै कारण मन नपराएको भन्दै उनको विरोध भएको थियो । सामाजिक सञ्जालमा यसरी विरोध भएपछि ढकालले सञ्चारमाध्यम मार्फत खण्डन गरेका थिए । 

त्यसलगत्तै सोही सांगीतिक रियालिटी शोमा आएका गायक राजेशपायल राईले कला र सिर्जनामा जातीय कुरा हाबी हुन नहुने भन्दै यसबाट नेपाली संगीत र सांगीतिक क्षेत्रलाई बचाउनु पर्ने विचार राखेका थिए । 

स्वरसँगै शब्द तथा संगीत पनि गीतमा कमल स्वयम्कै छ भने एरेञ्ज भने रिकेश गुरुङले गरेका छन् । 

‘आत्मामा...’ ‘तस्बिर...’ कमलका लोकप्रिय गीत हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ४, २०७४  १३:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC