साहित्य
काठमाडौं । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘छक्का पञ्जा– २’ को गीत ‘ए दाजु नसमाऊ नाडीमा...’ बोलको गीत युट्युबमा एक करोड पटक भन्दा धेरै हेरिएको छ । विवादमा रहेको गीत छोटो समयमै करोड क्लबमा प्रवेश गरेको हो ।
प्रिन्स र दीपकराज गिरीको शब्द रहेको गीतमा अल्मोडा राना उप्रेती र सुजाता बर्माको स्वर छ । संगीत प्रिन्स र अल्मोडा राना उप्रेतीले गरेको गीतको भिडियोमा वर्षा राउत, स्वस्तिमा खड्का, जितु नेपाल, केदार घिमिरे, स्वरूप पुरुष ढकालले अभिनय गरेका छन् ।
यही असोज ११ गते रिलिज हुने ‘छक्का पञ्जा–२’ को निर्देशन दीपाश्री निरौलाले गरेकी हुन् । ‘छक्का पञ्जा’ ले सफल व्यापार गरेपछि निर्माण पक्षले यसको सिक्वले निर्माण गरेको हो ।
प्रकाशित मिति: बुधबार, असोज ४, २०७४ १३:०७
प्रतिक्रिया दिनुहोस्