site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नेपथ्य सउल ओलम्पिक पार्कभित्र गुञ्जने
Sarbottam CementSarbottam Cement

काठमाडौं । मुलुकको अग्रणी लोक–रक ब्याण्ड नेपथ्यको आगामी सांगीतिक भ्रमण दक्षिण कोरियाली राजधानी सउलतर्फ हुने भएको छ । त्यहाँस्थित ओलम्पिक पार्कमा रहेको ओलम्पिक हलमा ब्याण्ड प्रस्तुत हुनेछ ।

यसअघि पनि चार पटक कोरियाली राजधानीमा आफ्नो उपस्थिती जनाइसकेको ब्याण्डले आगामी असोज १८ गते (अक्टोबर चार तारिख) फेरि एकपटक आफुलाई त्यसै सहरको फरक र विशेष भेन्युमा उभ्याउन लागेको हो ।
सउलस्थित ओलम्पिक पार्क ‘ओलपार्क’ का रुपमा पनि प्रसिद्ध छ । सन् १९८८ को ओलम्पिक आयोजनाका निम्ति यसको निर्माण भएको थियो । उतिबेला खेलकूदका हिसाबले तयार पारिएको हललाई कोरियाली सरकारले सन् २०११ मा कन्सर्ट हलका रुपमा पुनःनिर्माण ग¥यो । यसरी विश्वस्तरिय कन्सर्ट हलको रुपमा विकास भएपछि त्यहा डिप पर्पल, जुदास प्रिस्ट, मराया क्यारे र एयर सप्लाइ जस्ता विश्वप्रसिद्ध साँगीतिक टोलीहरुले आफुलाई प्रस्तुत गरिसकेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कोरियाको सबैभन्दा ठूलो पर्व ‘चुसोक’ को अवसर पारेर त्यहाँस्थित ‘कास्की परिवार’ ले यसपाला नेपथ्यको कन्सर्ट आयोजना गरेको हो । कृषिमा आधारित यो पर्वका बेला तीन दिनसम्म त्यहाँको सरकारले सार्वजनिक विदा दिनेगरेको छ । हामीकहाँ दशैंमा जस्तै यस पर्वका बेला कोरियाली नागरिकहरु पुख्र्यौली थातथलो पुग्दै ठूलाबडा मान्यजनसँग रमाउँछन् । रोजगारीका निम्ति त्यहाँ पुगेका विदेशीहरुको निम्ति भने यो साथीभाइसँग भेट्ने सुवर्ण अवसर बन्दै आएको छ । यस्तो बेलामा मुलुकलाई सम्झने र सुख दुःखका कुरा गर्ने वातावरण बन्ने गरेको छ ।

नेपालस्थित दक्षिण कोरियाली दूतावासका अनुसार यतिबेला त्यहाँ इपिएस योजना अन्तर्गत चालिस हजारभन्दा बढी नेपाली कामदार कार्यरत छन् । विश्वभर छरिएका नेपाली भाषी र नेपाली संगीतलाई मनपराउने घेराकै निम्ति समर्पित रहँदै आएको नेपथ्यले बुधबार, असोज १८ गते त्यहाँ आफूलाई प्रस्तुत गर्नेछ ।

Global Ime bank

‘सन् २००५ मा पहिलोपटक आफ्ना गीतहरु यहाँ सुनाएयता सउलले निरन्तर नेपथ्यलाई निम्त्याउँदै आएको छ,’ ब्याण्डलाई प्रवद्र्धन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘पछिल्लोपटक केबिएस एरेनामा आफूलाई प्रस्तुत गरेको नेपथ्यले यसपाला झन् ओलम्पिक हलमा उभिने मौका पाएको छ ।’ नेपाली कार्यक्रमको घेरालाई यसरी निरन्तर अझ उकास्दै लैजान सकेकोमा श्रेष्ठ गौरव महशुस गर्छन् ।

‘नेपाल भित्र र बाहिर रहेर हामीलाई अगाध माया दिँदै आउनुभएका सम्पूर्ण श्रोताहरुप्रति आभार ब्यक्त गर्न चाहन्छु,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘नेपथ्य स्थापनाको पच्चीसौं वर्ष मनाइरहेका बेला सउलमा पाँचौ प्रदर्शनको निम्ति जान पाउँदा असाध्यै खुशी लागिरहेको छ ।’

नेपाली संगीतमा समर्पित भएको रजत उत्सवका अवसरमा नेपथ्यले यो वर्षभरि निरन्तर म्यूजिक भिडियो रिलिज गर्दैआएको छ । त्यसबाहेक श्रोताहरुको बढ्दो माँगलाई स्वागतगर्दै ब्याण्डले भर्खरै अष्ट्रेलिया र न्यूजिल्याण्डको श्रृंखलावद्ध सांगीतिक भ्रमण पनि सम्पन्न गरिसकेको छ ।

सँधैजस्तै दक्षिण कोरियाको यो पछिल्लो भ्रमणमा पनि अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनेछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३, २०७४  १९:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC