site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

नेपालको संविधान, २०७२ को तेस्रो वार्षिकोत्सव मनाएकै दिन स्थानीय तहको निर्वाचनको तेस्रो चरण पूरा भएर मतगणना सुरु भएको छ । यसलाई सुखद संयोग मान्न सकिन्छ । नेपाली जनताका प्रतिनिधिले निर्माण गरेको संविधान जारी नहुँदैदेखि विवादमा पारिएको थियो । पहिलो संविधान सभा त संविधान निर्माण गर्नै नसकी तुहियो । दोस्रो संविधान सभाले पनि संविधान बनाउने लक्षण देखिएको थिएन । भूकम्प नेपाली राजनीतिमा ‘छद्मवरदान’ बन्यो । राष्ट्रिय संकटको सामना गर्न संसद्मा रहेका प्रमुख दलहरू एक भए र नेपालको संविधान, २०७२ जारी भयो । संविधान जारी भएसँगै भारतको सहमा मधेसमा आन्दोलन भयो । भूकम्पबाट थिलथिलो भएका नेपालीले नाकाबन्दी सहनुपर्दा निकै कष्ट भयो तर जनताले सहे । नाकाबन्दी करिब ६ महिनाजति चल्यो । कालोबजारमा सबै सामान पाइने तर तस्करी सजिलै हुने तर औपचारिक व्यापार हुन नदिइने अचम्मको नाकाबन्दी सायद नेपाल र भारतको सीमाबाहेक अन्यत्र हुनसक्तैन । नेपाली जनता विशेषगरी काठमाडौंवासीमा देखिएको अचम्मको सहिष्णुताले अन्ततः नाकाबन्दी लगाउनेहरू थाके । संविधानको पहिलो जित भयो ।
संविधान जारी हुँदा संसद्को प्रमुख दल नेपाली कांग्रेसको नेतृत्वमा दोस्रो ठूलो दल नेकपा (एमाले)लगायतका दलहरूको संयुक्त सरकार थियो । त्यसपछि एमालेको नेतृत्वमा नेकपा (माओवादी केन्द्र) लगायतका दलहरू सम्मिलित सरकार बन्यो । अनि माओवादी केन्द्रको नेतृत्वमा कांग्रेस सम्मिलित संयुक्त सरकार गठन भयो । स्थानीय तहको पहिलो चरणको निर्वाचन सकिएपछि सरकारको नेतृत्व पुनः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेका छन् । देउवाकै कार्यकालमा स्थानीय तहको बाँकी निर्वाचन भइसकेको छ भने प्रदेश सभा र संघीय प्रतिनिधि सभाको चुनावको तिथि पनि घोषणा भएको छ । अर्थात्, संविधान कार्यान्वयनको एउटा चक्र पूरा हुन लागेको छ । संविधान घोषणा भएदेखि नै अस्वीकार गरेर आन्दोलन गर्दैआएका मधेस केन्द्रित केही दलहरूलाई स्थानीय तहको निर्वाचनमा भाग लिन सहमत गराउन संविधान संशोधनको प्रयास पनि गरियो । व्यवस्थापिका संसद्मा दुईतिहाइ बहुमत नपुगेपछि सरकारले प्रस्तुत गरेको संविधान संशोधन विधेयक असफल भयो । तर, आन्दोलनमा रहेको राष्ट्रिय जनता पार्टी स्थानीय तहको निर्वाचनमा सहभागी हुन राजी भयो । यो संविधानको अर्को जित हो ।  

सबैतहका निर्वाचन सम्पन्न भएपछि संविधान कार्यान्वयनको एउटा चक्र पूरा हुनेछ । यसको अर्थ संविधानप्रतिको असहमति पनि समाप्त हुनेछ भन्ने चाहिँ होइन । लोकतन्त्रमा असहमति हुनु अनौठो पनि होइन । अहिले एकथरीले भनेजस्तो स्थानीय तहको निर्वाचन संविधान संशोधनमा ‘जनमत संग्रह‘ जस्तै हो भन्ने पनि सत्य होइन । स्थानीय तहको निर्वाचनमा धेरै कुराबाट मतदाता प्रभावित हुनसक्छन् । प्रदेश सभाको निर्वाचनलाई पनि संविधान संशोधनसँग जोड्नु उपयुक्त हुँदैन । मूलतः संघीय प्रतिनिधि सभाले संविधान संशोधन गर्ने भएकाले दलहरूले संविधानप्रतिको मान्यातालाई त्यही चुनावको कार्यसूचीका रूपमा प्रस्तुत गर्नु उचित हुनेछ ।

Agni Group

समावेशी बनाउने नाममा संसदीय पद्धतिका मूलभूत चरित्रलाई बेवास्ता गर्दा नेपालको संविधान, २०७२ स्वयं नै अस्थिरताको कारक बन्ने सम्भावना धेरै छ । विशेषगरी प्रतिनिधि सभाको संरचना त्रुटिपूर्ण छ । राष्ट्रिय सभालाई पूर्ण समानुपातिक बनाएर प्रतिनिधि सभामा जनसंख्याअनुसारको प्रतिनिधित्व हुने व्यवस्था भएको भए निर्वाचित प्रतिनिधिले शासन गर्ने संसदीय मान्यताअनुसार सरकार बन्थ्यो र अपेक्षाकृत स्थिर पनि हुन्थ्यो । अहिलेको निर्वाचन प्रणालीबाट कुनै पनि दलले संसद्मा स्पष्ट बहुमत पाउन निकै मुस्किल देखिन्छ । आगामी केही वर्ष संयुक्त सरकारकै अभ्यास हुने निश्चित छ । पहिले नै गठबन्धन बनाएर चुनाव लडेर बनाइने संयुक्त सरकार अपेक्षाकृत स्थिर हुनसक्थ्यो । तर, नेपालमा केही समय त्यसको पनि सम्भावना कमै देखिन्छ । चुनावपछि जुनसुकै दलहरू पनि मिलेर सरकार बनाउनुपर्ने हुनसक्छ । यस्तो अवस्थामा दलका नेताहरूमा इमानदारी आवश्यक हुन्छ । देश र जनताको हितमा मिलेर जानसक्ने र सत्ता वा विपक्ष जुनसुकै भूमिकामा पनि इमानदार हुने हो भने संविधानको तेस्रो जित हुनेछ ।

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३, २०७४  १५:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC