site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मतगणना जारी, प्रारम्भिक परिणाममा कांग्रेसको अग्रता 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रदेश नम्बर २ का ८ जिल्लामा भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनपछि मतगणना जारी छ ।

कतिपय वडा तहको मतपरिणाम सार्वजनिक भैसकेको छ  । 

Prabhu Bank
Agni Group
NIC Asia

अधिकांश तहमा मतगणना सुरु भैसकेको निर्वाचन आयोगले जनाएको छ । ८ वटा जिल्लाका १३६ वटा स्थानीय तहमा सोमबार मतदान भएको थियो । करिब सय बढी तहमा मतगणना सुरु भैसकेको छ ।

बाँकी स्थानीय तहको मतगणना कार्य पनि सुरु गर्ने तयारी भइरहेको निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त विवरणमा उल्लेख छ । 
राजविराज नगरपालिकाको वडा नं. १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उमेदवारको निधन भएकाले उक्त वडामा असोज ५ गते मतदान भएपछि मात्रै राजविराज नगरपालिकाको मतगणना कार्य सुरु हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

Global Ime bank

त्यसबाहेक अहिलेसम्म मतगणना भएका तहको प्रारम्भिक परिणामअनुसार कांग्रेस, एमाले, माओवादी, राजपा र संघीय समाजवादी फोरम नेपालबीच प्रतिष्पर्धा हुने देखिएको छ ।

अत्यन्त कडा सुरक्षाकाबीच मतगणना भैरहेको छ । कतिपय तहमा काँडेतार र जालीसमेत लगाइएको बताइएको छ ।

प्रारम्भिक मतपरिणाम हेर्दा नेपाली कांग्रेसले धेरै तहमा अग्रता हासिल गरेको छ ।
नेपाली कांग्रेसले अहिलेसम्म ११ तहमा अग्रता कायम गरेको छ भने एमालेले ८, माओवादीले ७ र राजपाले ५ र समाजवादी फोरमले ४ तहमा अग्रता हासिल गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३, २०७४  १२:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC