site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यस्ता छन् असोज २ गतेका ३ घटना र तिनका संकेत !
Ghorahi CementGhorahi Cement

आज तेस्रो संविधान दिवस । अनेकौं आरोह–अवरोहसँगै धीमा गतिमै भए पनि मुलुकमा संविधान कार्यान्वयनको प्रक्रिया अघि बढिरहेको छ र यसबाट लोकतान्त्रिक गणतन्त्रको भविष्यको यात्रा सुखद र सुनिश्चित हुने संकेत पनि देखिँदै छन् । तेस्रो संविधान दिवसको अघिल्लो दिन असोज २ गते भएका तीन भिन्न घटनालाई नेपालको संविधान कार्यान्वयनसामु रहेका चुनौतीहरूका प्रतिनिधिमूलक घटना र तिनमाथि क्रमिक विजयको संकेतका रूपमा उल्लेख गर्न सकिन्छ । पहिलो घटना हो – विभिन्न कारणले अरू प्रदेशहरूसँगै चुनाव हुन नसकेको प्रदेश नं.२ मा स्थानीय तहको निर्वाचनको तेस्रो चरण शान्तिपूर्ण र व्यापक जनउत्साहका साथ ७३ प्रतिशत मतदानसहित सम्पन्न हुनु । दोस्रो घटना हो –आर्थिक अनियमितताको लामो चक्रव्यूह रचना गर्दैआएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई पदबाट बर्खास्त गरिनु र तेस्रो घटना – मन्त्रिपरिषद्मा फेरि विस्तार हुनु ।

नेपालमा संविधान कार्यान्वयनसँग जोडिएका दुई चुनौतीलाई अघिल्ला दुई घटनाले संकेत गर्छन् र तिनमा भएको विजयले संविधान कार्यान्वयनतिरको सुखद यात्रालाई अभिव्यक्त गर्छ । यसको अर्थ हो– अनेकौं चुनौती र अवरोध हुँदाहुँदै पनि नेपालको संविधानको सफल कार्यान्वयन सुरु भएको छ र यसले आफ्नो गतिशीलतालाई प्रमाणित गर्दैछ । यी दुई सुखद संकेतसँगै एउटा कठोर चुनौती पनि दुई गते नै प्रकट भएको छ । त्यो हो– मन्त्रिपरिषद्मा छैटौंपटक गरिएको विस्तार र दुई जना राज्यमन्त्री थप गरिनु । यसले पदलोलुपता र राज्यशक्तिको भागबन्डामार्फत दलीय स्वार्थपूर्तिको प्रयास नै नेपालको संविधान कार्यान्वयनका बाटोमा सबैभन्दा ठूलो तगारो हो भन्ने संकेत गर्छ ।  

आज समीक्षित सबै पत्रिकाहरूले भिन्नभिन्न रूपमा यिनै तीन मूलविषय १. संविधान दिवसका सन्दर्भमा संविधानको कार्यान्वयनसँग सम्बन्धित विविध सवाल र प्रश्नहरू, २. प्रदेश नं. २ मा शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्ने स्थानीय तहको निर्वाचन र ३. नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको पदच्युतिलाई शीर्षसमाचार बनाएका छन् ।

Agni Group

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का पदच्युत

नागरिकले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का इन्धन भण्डारण गृह निर्माणका लागि जग्गा खरिद गर्दा अनियमितता गरेको आरोपमा पदावधि नपुग्दै पदबाट बर्खास्त भएको खबरलाई आजको मुख्य समाचार बनाएको छ । नागरिक दैनिकले यो विषयलाई निकै लामो समयदेखि निरन्तर रूपमा पछ्याउँदै आएको थियो । दिलीप पौडेलले लेखेको ‘खड्का बर्खास्त’ शीर्षकको यससम्बन्धी समाचारलाई सञ्चार माध्यमको शक्ति र क्षमता अभिव्यक्त गर्ने आशयको कार्टुनसहित रोचक पाराले प्रस्तुत गरिएको छ ।

Global Ime bank

समाचारमा उल्लेख छ, ‘‘चार वर्षे कार्यकालका लागि नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त गोपाल खड्का ‘आर्थिक अनियमिततामा लिप्त हुँदा’ आफ्नो पदावधि नपुग्दै पदबाट बर्खास्त भएका छन् । सडक डिभिजनबाट अवकाश लिएपछि निगमको नेतृत्वमा आएका खड्काले इन्धन भण्डारणका लागि जग्गा खरिदमा अनियमितता गरेका कारण सरकारले उनलाई बर्खास्त गरेको हो ।’’

यो  समाचारलाई आज समीक्षित सबै पत्रिकाले, कुनैले सामान्य र कुनैले विशेष महत्त्वका साथ समेटेको देखिन्छ ।

प्रदेश नं.२ को मतगणना सुरु
 

कान्तिपुरमा ‘७२.०६ प्रतिशत मत खस्यो’ शीर्षक दिएर प्रदेश नं.२ मा सम्पन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनको समाचारलाई ब्यानर बनाइएको छ । समाचारको प्रारम्भमा लेखिएको छ, ‘‘प्रदेश २ का एक सय छत्तीसवटै स्थानीय तहमा सोमबार उत्साहजनक रूपमा मतदान भएको छ । निर्वाचन आयोगका अनुसार ७२.०६ प्रतिशत मत खसेको छ । तेस्रो चरणको स्थानीय चुनाव सकिएसँगै मुलुक संघीय संरचनामा बदलिएपछिको पहिलो स्थानीय चुनावले पूर्णता पाएको छ । अब मुलुकभरका सबै स्थानीय तहमा जनप्रतिनिधि हुनेछन् ।’’

कान्तिपुरका अनुसार यो चुनावमा रौतहट र बारामा ७५ प्रतिशत, सिरहामा ७३ प्रतिशत, सर्लाही र पर्सामा ७२ प्रतिशत, सप्तरी, धनुषा र महोत्तरीमा ७० प्रतिशत मतदान भएको छ । कान्तिपुरको मुख्य समाचारअन्तर्गत नै ‘महिला सहभागिता उत्साहजनक’ उपशीर्षक दिएर मतदानमा महिलाहरूको उत्साहजनक सहभागिताबारे भूषण यादव र लक्ष्मी साहले वीरगञ्जबाट पठाएको समाचार समेटिएको छ ।

कान्तिपुरको मुख्य समाचारअन्तर्गतकै ‘रातिदेखि नै गणना’ उपशीर्षकमा मतदान सकिएलगत्तै निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याई मतगणना तत्काल सुरु गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको उल्लेख छ । समाचारमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई उद्धृत गर्दै रातिदेखि नै गणना सुरु हुने लेखिएको छ ।

प्रदेश नं.२ मा सम्पन्न मतदानको समाचारलाई आज समीक्षित सबै पत्रिकाले विशेष महत्त्वका साथ प्रस्तुत गरेका छन् ।

तस्बिर समीक्षा
 

राजधानीमा प्रदेश नं.२ मा भएको उल्लासमय मतदान झल्किने गरी जितपुरसिमरा उपमहानगरपालिका–४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदानका लागि लामबद्ध मतदाताको दृश्य छ ।

कान्तिपुरले पनि मतदानकै दृश्यलाई प्रमुख बनाएको छ र सोअन्तर्गत महोत्तरीको जलेश्वरस्थित लचमु मतदान केन्द्रमा मतदानका लागि लामबद्ध महिलाहरू अग्रभागमा रहेको दृश्य छ ।

अन्नपूर्ण पोस्टमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका मतदान केन्द्रको मतदानको दृश्य छ ।

गोरखापत्रमा चाहिँ निर्वाचनसँगै सम्बन्धित लहानको दृश्य छ ।

सम्पादकीय
 

राजधानीको ‘भ्रष्टाचारमा संलग्नलाई कारवाही होस्’ शीर्षक सम्पादकीयमा नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई सरकारले पदच्युत गरेको घटना उल्लेख गर्दै ‘पावर एक्सरसाइज’ मा अब्बल मानिने खड्कालाई पदच्युत गरे पनि उनलाई अदालत पठाएर चोख्याउन आँटेको त होइन भन्ने विषयले चिन्ता बढाएको उल्लेख छ ।

कान्तिपुरले पनि खड्काकै पदच्युतिको विषयलाई सम्पादकीयमा उठाएको छ । ‘पदमुक्तिका नाममा उन्मुक्ति नहोस्’ शीर्षक सम्पादकीयमा निष्कर्षस्वरूप लेखिएको छ, ‘‘यति ठूलो रकम हिनामिनालाई बर्खास्तीमै सीमित गरियो भने अन्य प्रकरणका हकमा पनि भोलि यस्तै नजिर बस्न सक्नेछ । त्यसकारण यस प्रकरणमा अख्तियारको सन्देहपूर्ण क्रियाकलापप्रति संसद् र संसदीय समिति चनाखो हुनुपर्छ र जिम्मेवारी बहन नगरेका खण्डमा महाभियोगको प्रक्रियामा सम्म पुग्नुपर्छ ।’’

नागरिकको ‘संविधान दिवसको सार्थकता’ शीर्षक सम्पादकीयमा नेपालको संविधान २०७२ को तेस्रो वर्ष प्रवेशका क्रममा प्राप्त भएका केही सुखद संकेतको विश्लेषण गरिएको छ ।

अन्नपूर्ण पोस्टको ‘सकारात्मक पाइला’ शीर्षक सम्पादकीयमा तेस्रो चरणको निर्वाचनको सफलतालाई संविधान कार्यान्वयनसँग जोडिएको सुखद घटनाका रूपमा व्याख्या गरिएको छ ।

नयाँ पत्रिकाले ‘नयाँ संविधानका दुई वर्ष’ शीर्षक दिएर सम्पादकीय लेखेको छ ।  गोरखापत्रमा ‘फैलियोस् संवैधानिक सौरभ’ शीर्षक सम्पादकीय लेखिएको छ  । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३, २०७४  ०९:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC