site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसले उमेदवारका आकांक्षीको नाम माग्यो, असोज १० भित्रै सिफारिस गर्न निर्देशन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आगामी मंसिरमा हुने भनिएको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि उमेदवारका आकांक्षीको नाम सिफारिश गर्न निर्देशन दिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको कांग्रेसको कार्य सम्पादन समितिले असोज तेस्रो साताभित्रै प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि उमेदवारका आकांक्षीको नाम सिफारिश गर्न स्थानीय समितिलाई निर्देशन दिएको हो । 

बैठकले देशैभरीका गाउँ र नगर कार्य समितिलाई असोज १० गतेभित्रै उमेदवारका आकांक्षीको नाम क्षेत्रीय कार्य समितिलाई सिफारिश गर्न निर्देशन दिने निर्णय गरेको कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । उनका अनुसार गाउँ र नगर कार्य समितिले गरेको सिफारिशअनुसार असोज १३ गतेभित्र जिल्ला कार्य समितिलाई आकांक्षीको नाम पठाउनुपर्नेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

बैठकले असोज १७ गतेभित्र क्षेत्रबाट सिफारिश भएका उमेदवारका नाममध्येबाट उपयुक्त उम्मेदवारको नाम रायसहित पठाउन भनेको छ । मूख्य सचिव पौडेलले भने, ‘‘जिल्लाले क्षेत्रबाट आएको सिफारिशका आधारमा आकांक्षी उमेदवारको नाम असोज १७ गतेभित्र पठाइ सक्नुपर्नेछ ।’’ 

बैठकले जिल्लाबाट आकांक्षीको नाम सिफारिश गर्दा प्रत्येक क्षेत्रबाट एक जना महिलासहित तीन जनाको नाम सिफारिश गर्नुपर्ने निर्णय गरेको छ । मुख्य सचिव पौडेलका अनुसार जिल्ला कार्य समितिले हरेक क्षेत्रबाट तीन जना प्रदेश सभाका लागि र तीन जना प्रतिनिधि सभा निर्वाचनका सिफारिश गर्नुपर्नेछ  । 

Global Ime bank

देशैभरीका जिल्लाबाट असोज १७ गते भित्र उमेदवारका आकांक्षीको नाम सिफारिश भएपछि असोज १८ गतेबाट उमेदवारको टुंगो लगाउने काम सुरु गर्ने बताइएको छ ।

‘‘नाम सिफारिश भइसकेपछि १८ गतेबाटै उमेदवारको टुंगो लागाउने काम हुनेछ,’’ उनले भने ।

गत भदौ १४ गते बसेको मन्त्रिपरिषद बैठकले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको थियो । सरकारले पहिलो चरण अन्तरगत मंसिर १० र दोस्रो चरण अन्तरगत मंसिर २१ गते चुनाव गर्ने तयारी गरिरहेको छ । संवैधानिक व्यवस्थाअनुसार आगामी माघ ७ गतेभित्रै प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन गराई सक्नुपर्नेछ ।    
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २, २०७४  १५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC