site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
किन मागे हरिवंशले आशिर्वाद !
Sarbottam CementSarbottam Cement

काठमाडौं । शुक्रबार अपरान्ह ललितपुरको कुपन्डोलस्थित ब्रिक्स क्याफेमा हास्य कलाकार शिवहरि पौडेलले वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई आसनग्रहणका लागि मञ्चमा बोलाए । शारीरिक अस्वस्थतामहसुस गरिरहेका श्रेष्ठ मञ्चमा गएर बस्दैथिए । शिवहरिलले आसन ग्रहणका लागि भूमिका बाँधेर अर्को नाम बोलाउन खोज्दैथिए, ‘मै त हो नि’ भन्दै हरिवंश मञ्चमा गएर आसिन भए । शिवहरिले नाम भनिसक्दा उनी मञ्चमा गएर बसिसकेका थिए । कार्यक्रममा सहभागी सबै हाँसे । सहभागीको हाँसोमै मिसियो उनका छोरा मोहित र श्रीमती रमिलाको हाँसो पनि । यही त हो उनको विशेषता जहाँ जस्तो परिस्थितिमा पनि हँसाउन सक्नु ।

कार्यक्रम थियो ३७वर्षअघि स्थापना भएको महसञ्चारले बनाउन लागेको चलचित्र निर्माणको घोषणा । शिवहरिले चलचित्र निर्माणको घोषणा गर्दै चलचित्र निर्माण युनिटबारे जानकारी दिए । निर्देशक र निर्मातासँगै कलाकारको नाम भने । बोल्न आग्रह गरे उनै हास्य अभिनेता आचार्यलाई । हल्का हरियो सर्ट र सेतो पाइन्टमा ठाँटिएका उनले बडो शालिन शैलीमा बोल्न थाले । ३७ वर्ष पुरानो महसञ्चारले १७ वर्षअगाडि निर्माण गरेको चलचित्र ‘तँ त साह्रै बिग्रिस्नि बद्री’ बनाउँदाको समयकाललाई सम्झिँदै भने, “हामीले केही नगन्य चलचित्र पनि बनाएका छौं । जुन बेला हामीले ‘तँ त साह्रै विग्रिस् नि बद्री’ बनायौं, त्यो बेला चलचित्रको बजार राम्रो थियो । पछि देशमा द्वन्द्व सुरु भयो । चलचित्रको बजार नराम्रो हुँदै गयो । हामीले ‘जे भो राम्रै भो’ बनायौं । त्यो पनि रामै्र भयो, घाटामा गएनौं ।”

उनले अगाडि थप्दै गए, “बीचमा हामीले केही टेलिचलचित्र बनायौं। रंगमञ्चमा काम गर्यौं । त्यसैले चलचित्रबाट केही पर रह्यौं तर हामी यही दुनियाँमा नै छौं, कतै गएका छैनौं ।” 

Prabhu Bank
Agni Group
NIC Asia

उनलाई अहिले नेपाली चलचित्रले रंग फेरेजस्तो लाग्न थालेको छ । पहिला हलहरु गतिला नभएकाले नेपाली चलचित्र हेर्न जान मान्छेहरु हिचकिचाउने गरेको उनले सम्झिए । समयसँगै गुणस्तरीय हलहरु निर्माण हुँदै गएको र चलचित्र पनि गुणस्तरीय बन्न थालेको उनले सुनाए । 

उनी २० वर्षअगाडिका चलचित्र सम्झिँदै नोस्टाल्जिक भए । “२० वर्ष अगाडिका चलचित्र एउटा हिरो, एउटी हिरोइन, एउटा भिलेन, ५ वटा गीत, एउटा हास्य कलाकार र उसको जोडी राखेर बन्थे,” हरिवंशलाई अहिलेका चलचित्रले काँचुली फेरे जस्तो लाग्न थालेको छ, “हामीले त्यो बेला बनाएका १५ गते, सुरबेसुर, लालपूर्जा अहिले बनेका अलग धारका चलचित्र जस्तै थिए । हामीले त्यो बेला नै अलग धारका चलचित्र बनाउन सुरु गरिसकेका रहेछौं । त्यसलाई चलचित्र भन्ने चलन थिएन । साना पर्दामा देखाएका मात्रै रहेछौं । अहिले मन पराइएको भनिएका अलग धारका चलचित्र सँगै हामी पनि मिसिएर अहिलेका नयाँ कलाकार र निर्देशकहरुसँग काम गर्नसक्यौं भने हाम्रो पनि आयु लामो हुनेछ ।”

Global Ime bank

कलाको क्षेत्रमा नयाँ उचाइ ग्रहण गरेका हरिवंशले निर्र्धक्कसँग भने, “हामीले पनि नयाँ पुस्तासँग नयाँ कुरा सिक्दै अगाडि बढ्नु छ ।” 

उनीहरुले बनाउन लागेको चलचित्र ‘सत्रुगते’ का निर्देशक प्रदीप भट्टराईको पनि खुलेर प्रशंसा गरे । उनलाई आफ्नो ब्यानरबाटै निर्देशकमा डेब्यू गराउन चाहेको भए पनि विभिन्न कारणवश ढिलो हुँदा उनका लागि ‘सत्रुगते’ दोस्रो चलचित्र बन्न पुगेको स्पष्ट पारे ।

चलचित्रले मनोरञ्जनसँगै केही सन्देश पनि दिने उनले बताए । हिमाल, पहाड र तराईलाई जोड्ने चलचित्र बनाउन लागेको स्पष्ट पारेका आचार्यले निर्देशकले भन्दैमा राम्रो चलचित्र बन्न नसक्ने पनि बताए ।

“निर्देशकले राम्रो चलचित्र बनाउँछु भनेर ग्यारेन्टी गर्न कहिले पनि सक्तैन । उसले मेहनत गर्ने हो । हामी मेहनत गर्न भने छोड्दैनौं । चलचित्र भनेको जुवा रहेछ र लक पनि रहेछ,” उनले आफ्नो अनुभव सुनाए, “हामी राम्रो चलचित्र बनाउन मेहनत गर्नेछौं । हामी अर्को वर्ष तपाईंहरुलाई राम्रो चलचित्र दिन सकौं । यसका लागि हामी मेहनत गर्नेछौं । यहाँहरुको आशिर्वाद लागोस् ।” 

उनले पटक–पटक दर्शकको आशिर्वाद मागे । आशिर्वाद रहने विश्वास गरे र आशिर्वाद पाउनका लागि मेहनत गर्ने प्रतिबद्धता जनाए । 

हरिवंश भन्दा अगाडि किरण केसीले भनेका थिए, “हाम्रो चलचित्रको एउटै उद्देश्य हुनेछ– मनोरञ्जन, मनोरञ्जन र मनोरञ्जन । सँगै पैसा कमाउनु ।” किरण केसीको भनाइलाई हरिवंबले खण्डन गरे, “हाम्रो मुख्य उद्देश्य नेपालमा एउटा राम्रो चलचित्र बनेछ भनेर नम्बर दिन सुरुआत गर्नेछौं । राम्रो चलचित्र बन्यो भने पैसा आउने रहेछ भन्ने प्रमाणित भइसकेको छ ।”

अन्तिममा फेरि उनले भने, “राम्रो काम गर्यौं भने आशिर्वाद थपिदिनुस्, नराम्रो काम गर्यौं भने कमेन्ट गरिदिनुस् ।” 

महसञ्चारले १७ वर्षपछि कथानक चलचित्र ‘शत्रुगते’ निर्माणको घोषणा गरेको छ । हरिवंश आचार्यको कथा रहने चलचित्रको पटकथा दीपकराज गिरी र प्रदीप भट्टराईले लेखेका छन् । संवाद हरिवंश आचार्य र प्रदिप भट्टराईको रहेको चलचित्र दीर्घ गुरुङले खिच्नेछन् । राजनराज सिवाकोटीको संगीत रहने चलचित्रको कोरियोग्राफी कविराज गहतराजले गर्नेछन् । 

चैत ९ गते प्रदर्शनमा आउने चलचित्र कात्तिक ६ गतेबाट छायांकन सुरु गरिनेछ । 

प्रदिप भट्टराईले निर्देशन गर्ने चलचित्रमा महजोडी सँगै दीपकराज गिरी, दिपाश्री निरौला, शिवहरि पौड्याल, राजाराम पौड्याल, प्रियंका कार्की, आँचल शर्मा, वसुन्धरा भुसाल, किरण केसी, नरेन्द्र कंसाकारलगायत कलाकारले अभिनय गर्नेछन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २, २०७४  १४:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC