site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कार्यालयमा खुसी रहन चाहनुहुन्छ भने अपनाउनुहोुस् यस्तो तरिका
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रायः हामीहरु कार्यालय जाँदा खुसी साथ नै जाँदैनौँ । कार्यालयलाई हामी तनाव हुने ठाउँ नै सोच्छौँ । कामको दौडधुप तथा कार्यालयको कामको ‘‘टार्गेट’’को सामाना गर्नुपर्ने हुदाँ कतिपय कर्मचारीको अनुहारमा तनाव झल्केको हुन्छ । तर चिन्ता नलिनुहोस् । कार्यालयमा कसरी खुसी रहन सकिन्छ भन्ने कुराको हामी तपाईहरुलाई केही टिप्स दिदैँ छौँ । जसले तपाईलाई मदत गर्छ । 

कार्यालयमा आफ्नो सहकर्मीहरुसँग राम्रो व्यवहार गर्ने गर्नुहोस् । मानिसको स्वभावै हो कि सबैको एउटै खालको आनीबानी हुँदैन । तर हामी कार्यालयमा रहुन्जेल जो जस्तो भए पनि राम्रो व्यवहार गर्नु पर्छ । जसले आफ्नो मन आनन्दित हुन्छ । एउटै कार्यालयमा भएका मान्छेहरुमा पनि फरक फरक क्षमता हुन्छ । हामीले उसको राम्रो क्षमता चोर्न पनि सम्छौँ । अर्थात आफ्नो व्यवहारमा पनि उतार्न सक्छौँ । 

Agni Group

यो कुरामा हामीले सधै ख्याल गर्नुपर्छ । जो व्यक्तिले काम गर्छ उसले गल्ती पनि गर्छ । कसैले तपाईलाई गाली गलौज गरे भने कार्यालयको मान्छेले तपाईको भलाईका लागि गरेको भन्ने बुझ्नु पर्छ । यदि कार्यालयको मान्छेहरु वा आफ्ना सहकर्मीहरुसँग चित्त दुखाइयो भने कार्यालयमा जानै मन लाग्दैन र गए पनि खुसी सँग काम गरिदैन । त्यसैले आफु अर्को पटक गल्ती नगर्ने अठोट लिनु पर्छ र साथी–भाईसँग मिलेर बस्ने गर्नुपर्छ । 

कामको लिएर तनाव यो कारण हुन्छ कि हामी बिना योजना नै काम गर्न खोज्छौँ । हामीले कार्यालयको काम योजना बनाएर काम गरियो भने कार्यालयमा तनाव लिनु पर्दैन । साथै आफ्नो कार्यालय प्रतिको लक्ष्य पनि ध्यानमा राख्नुपर्छ । 

Global Ime bank

प्रायः हामी सबै कार्यालयको काम एकै पटक गर्ने कोसिस गर्छौ । यसले हामीले एउटा काममा मात्र केन्द्रित भएर काम गर्न सक्दैनौँ जसले हाम्रो सबै काम बिग्रिन्छ । यस्तो समयमा काम पनि गर्न मन लाग्दैन । त्यसैले एक पटकमा एउटा काम एकाग्र भएर गर्नुपर्छ । जसले हामीलाई खुसी मिल्छ । 

कार्यालयमा खुसी हुने अर्को एक तरिका हो आफुलाई दिन कै एउटा नया चुनौतीको लागि तयार गर्नुपर्छ । कुनै पनि समस्याको समाधान गर्न सकिन्छ भन्ने सोच राखियो भने हामी खुसी हुन सक्छौँ । आजतकबाट

  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १, २०७४  २२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC