site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
के मोदीको हिन्दुत्वको राजनीति कमजोर बन्दै छ ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । राष्ट्रिय स्वयंसेवक संघले भारतीय जनता पार्टी (भाजपा)लाई सरकारप्रति नागरिकको सोच परिवर्तन हुँदै गएको चेतावनी दिएको छ । आर्थिक मन्दी, नोकरीको कमी, ठूला मुद्रामा लगाइएको प्रतिबन्धले उब्जाएको नकारात्मक परिणाम र किसानका व्याप्त समस्याका कारण नागरिकहरुको सरकारप्रतिको सोच परिवर्तन हुँदै गएको संघको ठहर छ । 

सरकार समर्थक जनता यी मुद्दामा सरकारले अपनाउने रणनीतिका बारेमा आधिकारिक धारणा माग गरिरहेका छन् । सरकारले एक हजार र पाँच सयका पुराना नोटमाथि प्रतिबन्ध लगाउनु पूर्व दिएको आश्वासन अनुसार लाभ नपुगेपछि सरकार समर्थकहरु सरकारबाटै आफूहरुलाई धोका भएको निष्कर्षमा पुगेका छन् । 

Agni Group

नरेन्द्र मोदी नेतृत्वको सरकार सत्तामा आएको तीन वर्ष भएको छ । पछिल्लो तीन वर्षमा भारतको अर्थव्यवस्था सुस्त हुँदै गएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा भारतीय अर्थ व्यवस्था पछिल्ला तीन वर्षमध्ये सबैभन्दा तल पुगेको बिबिसीले जनाएको छ । आगामी तीन महिनामा पनि यस्तै प्रकारको आर्थिक मन्दीको स्पष्ट संकेत देखिएको छ । बिबिसीका अनुसार भारतको औद्योगिक उत्पादनमा वृद्धि हुन सकेको छैन भने सूचना प्रविधिदेखि कृषि क्षेत्र संकटबाट गुज्रिरहेको छ । मोदी सरकारले पछिल्लो तीन वर्षमा धेरै नारा अघि सारेपनि परिवर्तनका लागि कुनै ठोस कदम चालिएको छैन । 

मोदी र उनको पार्टीले पछिल्ला वर्षमा आप्mना विरोधीलाई परास्त गरेको छ । उनीहरुले जनता सामु आफूलाई मुलुकका हरेक समस्या समाधान गरि दिने आशाको किरणका रुपमा प्रस्तुत गरेका छन् । भारतमा आगामी लोकसभा चुनाव आउन दुई वर्ष बाँकी छ । मोदी र उनका साथी अमित शाह यसअघिबाटै आगामी  चुनावको तयारी गरिरहेका छन् । 

Global Ime bank

भारतको राजनीतिमा यतिबेला हिन्दुत्व आफ्नो चरम स्थानमा छ । सरकारले पछिल्ला तीन वर्षमा राष्ट्रिय स्वयंसेवक संघका हिन्दु सम्बन्धी एजेण्डा अघि सारेको छ । यही एजेण्डाका कारण मोदीलाई भारतका विभिन्न भेगमा ठूलो समर्थन मिलेको छ । तर पर्यवेक्षकहरुले हिन्दुत्वको राजनीतिमा केही नोक्सानी पनि रहेको दावी गरेका छन् । 

राजनीतिका अनुभवी खेलाडी मोदीलाई हिन्दुत्वको राजनीतिमा नोक्सानी बारे सबै जानकारी रहेको उनका पछिल्ला गतिविधिले स्पष्ट पारेको छ । उनी पछिल्लो पटक म्यानमार भ्रमणमा जाँदा रंगूनका मुगल बादशाह बहादुर शाह जफरको दरवार गएका थिए । त्यस्तै मोदीले अहमदावाद पुगेका जापानी प्रधानमन्त्री शिंजो आबेलाई १६ औं शताब्दीको एक मस्जिदमा लगेर गएका थिए । त्यस्तै कश्मिर समस्या समाधानका लागि अचानक कुराकानी अघि बढेको छ । 

औद्योगिक घरानासँग सम्बन्धित भारतीय मिडियाले गर्दै आएको मोदीको समर्थन लम्बिँदै गए प्रधानमन्त्रीका लागि घातक सावित हुन सक्ने आंकलन गरिएको छ । मोदीको लोकप्रियता अझैपनि मजबुत रहेपनि आगामी लोकसभा चुनावमा आशातित नतिजा नआउने आंकलन गरिएको छ । तत्कालिन प्रधानमन्त्री अटल बिहारी बाजपेयीको सर्वाधिक लोकप्रियताका बावजुद २००४ मा भारतीय जनता पार्टी पराजित भएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २, २०७४  ०५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC