घटना क्रम

कामको लागि बायोडाटा बनाउँदा यस्तो गल्ति नगर्नुहोस्

काठमाडौं । आज भोली काम माग्नु भन्दा पहिला करिकुलम बिटा अर्थात् सीभी बुझाउनु पर्ने कुराले धेरै महत्व पाएको छ । हामीले कुनै पनि कार्यालय जाँदा पहिला हाम्रो सीभी नै मागिन्छ । 

हामीले काम पाउने पनि त्यही सीभी अनुसार नै हो । त्यसैले सीभी बनाउँदा हामीले यस्तो गल्ती कहिल्यै गर्नुहुदैन । सीभी बनाउँदा ध्यान दिनुपर्ने कुराहरु :

१. तपाईले सीभीमा तब सम्म फोटो नटास्नु होस् जब सम्म त्यसको माग हुदैन ।

२. कहिल्यै पनि सीभीलाई हातमा पट्याउँदै हिँड्ने नगर्नुहोस् । सकेसम्म कम्प्यूटरमा बनाएर चाहिएको समयमा प्रिन्ट आउट गर्ने गर्नुहोस् । जसले गर्दा सीभी सफा हुन्छ । 

३. सीभी बनाए पछि त्यसलाई एक पटक ध्यान दिएर पढ्ने गर्नुहोस् । ताकी कुनै गल्ती भए सच्याउन सकियोस् । 

४. सीभी भन्दैमा सबै जानकारी दिएर दुई–तीन पाना बनाउनु पर्छ भन्ने छैन । त्यसैले दुई पाना भन्दा लामो सीभी कहिल्यै नबनाउनुहोस् ।  

५. सीभी बनाउँदा थरीथरीका रंगले रङ्ग्याउनु पर्दैन । जहाँ आबश्यक पर्छ त्यहीँ ठाउँलाई मात्र हाइलाइट गर्नुहोस् । 

६. सीभी बनाउँदा बुँदागत रुपमा बनाउन नबिर्सनु होस् । अनुच्छेदमा सीभी कहिल्यै बनाइदैन । 

७. कुनै पनि कार्यालयले मागे पछि त्योे सीभी नै हुन्छ । आबश्यक हुदैन की धेरै ठाउँमा सीभी लेख्न । 

तपाईले सीभीसँगै एउटा पत्र पनि पठाउन आबश्यक हुन्छ । तपाई कुन कामको लागि योग्य हुनुहुन्छ वा तपाई काम प्रति कति लगाव लगाउनु हुन्छ भन्ने जानकारी लेखेर पठाउने गर्नुहोस् ।  आजतकबाट
 

तपाईंको मत