site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
हङकङविरुद्ध नेपालको जवाफी ब्याटिङ सुरु (अपडेट)
Sarbottam CementSarbottam Cement

काठमाडौं । एसीसी यू–१९ एसिया कप छनोटको रुपमा रहेको एसीसी यू–१९ इस्टर्न रिजनको फाइनलमा नेपाललाई हङकङले जितका लागि ७७ रनको लक्ष्य दिएको छ । 

 

Prabhu Bank
Agni Group
NIC Asia

हङकङले दिएको ७७ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ सुरू गरेको छ ।

मलेसियाको किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ३२ ओभर १ बलमा अलआउट हुँदै ७६ रन बनाउन सक्यो । 

Global Ime bank

खराब सुरुवात गरेको हङकङले पहिलो ओभरमै ओपनर  राग कपुरलाई सुन्य रनमा गुमाएको थियो । उनलाई नेपालका नन्दन यादवले पहिलो ओभरको पाँचौ बलमा पेभेलियन फर्काएका थिए  । 

पहिलो विकेट सस्तैमा गुमाए पनि हङकङलाई मध्यक्रमका ब्याट्सम्यानले सम्हाल्ने कोशिश गरेका थिए । हङकङका हरपृत सिंह र कप्तान झाथावेध एसएसले दोस्रो विकेटका लागि ३४ रनको साझेदारी गरे । 

रन आउट हुनुअघि झाथावेध एसएसले १६ रन बनाए । यस्तै तेस्रो विकेटका रुपमा आउट भएका ओपनर हरपृत सिंहले २० रन बनाए । हङकङको स्कोर मात्र ४५ रन हुँदा हरपृतलाई शाहव आलमले पेभेलियनको बाटो देखाएका थिए । 

हरपृत आउट भएपछि हङकङले लगातार विकेट गुमायो । हङकङले  थप ३१ रन जोड्दा सात विकेट गुमाएको थियो । त्यसपछि हङकङका वाकोस खानले मात्र १५ रन जोडन सके । अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । 

हङकङलाई कम स्कोरमा रोक्न नेपाली बलर शाहव आलम र सन्दिप लामिछाने समान ३ – ३ विकेट लिए  । त्यस्तै कप्तान दिपेन्द्र सिंह एरी र नन्दन यादवले समान १ – १ विकेट लिए ।

अघिल्ला खेलमा शतप्रतिशत नतिजा निकालेको नेपाल आज हङकङलाई पराजित गर्दै उपाधि जित्ने योजनामा रहेको छ । यस्तै नेपाल एसिया कपको लागि छनोट हुने योजनामा हुने छ । उपाधि जित्ने टोली आगामी नोभेम्बरमा हुने एसीसी यू–१९ एसिया कपको लागि छनोट हुने छन् । 
एसिया कपमा टेष्ट मान्यताप्राप्त भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान जस्ता बलियो टोलिको सहभागिता हुनेछ ।

इस्टर्न रिजनको छनोटको समूह ए मा रहेको नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । 

सेमिफाइनलमा भने नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको थियो । 

यता, छनोटको समूह बि मा रहेको हङकङ पनि समूह बिजेता बन्दै  सेमिफाइनलमा पुगेको थियो । र, सेमिफाइनलमा हङकङले सिंगापुरलाई ७ विकेटले पराजित गर्दै नेपालसँगको भेट पक्का गरेको हो । 
 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १, २०७४  ०७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC