site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
१७ वर्ष पछि महसञ्चारले बनाउने भयो चलचित्र, नामः ‘शत्रुगते’
Sarbottam CementSarbottam Cement

काठमाडौं । महसञ्चारले १७ वर्ष पछि कथानक चलचित्र निर्माणको घोषणा गरेको छ । महसञ्चारले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर चलचित्र ‘शत्रुगते’ निर्माणको घोषणा गरेको हो । 

३७ वर्ष पुरानो महसञ्चारको ब्यानरमा बन्न लागेको चलचित्र व्यापारका लागि भन्दा पनि गुणस्तरका लागि बनाउन लागेको हास्यकलाकार हरिवंश आचार्यले बताए । “हामीले यो चलचित्र कमाउने भन्दा पनि नेपाली चलचित्र पनि गुणस्तरीय बन्छन् भन्ने उदेश्यले बनाउन लागेका हौं, आचार्यले भने, “हामी फरक धारमा रहेर चलचित्र बनाउने छौं । आशा छ यहाँहरुको आशीर्वादले राम्रो बन्नेछ ।” 

उनले ‘१५ गते’, ‘लालपूर्जा’, ‘सुरवेसुर’ जस्ता महसञ्चारका टेलीसिरयल अहिले चलेका अलगधारका चलचित्र जस्तै भएको भन्दै भने, “अहिले दर्शकले मन पराइदिनुभएका अलग धारका चलचित्र त हामीले पहिला नै बनाइसकेका रहेछौं । सानो पर्दामा देखाएका मात्रै रहेछौं ।”

Prabhu Bank
Agni Group
NIC Asia

अर्का हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले ‘शत्रुगते’ ले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । “सबैभन्दा ठूलो कुरा दर्शकको मन जित्नु हुँदोरहेछ । हामीले यो चलचित्र मार्फत पैसा कमाउने भन्दा पनि दर्शकको मन कमाउने प्रयास गर्नेछौं ।”  

निर्देशक प्रदिप भट्टराईले भने, “‘जात्रा’ मन पराउने दर्शकले त यो चलचित्र मन पराउनु हुन्छ नै सँगै अन्य दर्शकले पनि ‘शत्रुगते’ मन पराउनु हुनेछ भन्ने मेरो विश्वास छ ।” उनले ७ महिना लगाएर स्क्रिप्ट तयार पारेको जानकारी दिए ।  

Global Ime bank

चलचित्र ‘शत्रुगते’ का संगीतकार राजनराज शिवाकोटीले विगतमा आफूले तयार पारेका मौलिक गीत जस्तै यो चलचित्रमा पनि मौलिक गीत सिर्जना गरेको जानकारी दिँदै भने, “यो चलचित्रका लागि मैले तरकारी सम्बन्धि गीत तयार गरेको छु । यो पनि सन्देश मुलक गीत छ । 

प्रदिप भट्टराईले निर्देशन गर्ने चलचित्रमा महजोडी सँगै दीपकराज गिरी, दिपाश्री निरौला, शिवहरी पौड्याल, राजाराम पौड्याल, प्रियंका कार्की, आंचल शर्मा, बसुन्धरा भुसाल, किरण केसी, नरेन्द्र कंशाकार लगायतका कलारकारले अभिनय गर्नछन् ।

हरिवंश आचार्यको कथा रहने चलचित्रको पटकथा दीपकराज गिरी र प्रदीप भट्टराईले लेखेका छन् । संवाद हरिवंश आचार्य र प्रदिप भट्टराईको रहेको चलचित्र दीर्घ गुरुङले खिच्नेछन् । राजनराज शिवाकोटीको संगीत रहने चलचित्रको कोरियोग्राफी कविराज गहतराजले गर्नेछन् । 

चैत ९ गते प्रदर्शनमा आउने चलचित्र कात्तिक ६ गतेबाट छायंकन सुरु गरिने बताइएको छ । काठमाडौंसहित तराई र पहाडका जिल्लामा खिचिने चलचित्रले हिमाल, पहाड र तराईलाई जोड्ने काम गर्ने हरिवंश आचार्यले बताए । 

उनले भने, “हामीले बनाएको चलचित्र राम्रो बन्छ, चल्छ भन्दैनौं चलचित्र भनेको जुवा हो र लक पनि रहेछ । तर, राम्रो बनाउन मेहनत भने गर्नेछौं ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ३०, २०७४  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC