site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
के उत्तर कोरियाली नेता किम जोङ उनको हत्या षड्यन्त्र हुँदैछ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको हत्याका लागि दक्षिण कोरियाले गोप्य रूपमा विशेष दल स्थापना गर्न लागेको उत्तर कोरियाले दाबी गरेको छ । बीबीसीमा डा. जोन निल्सनले लेखेको एउटा रिपोर्टमा सो कुराको उल्लेख छ । 

निल्सनको टिप्पणी छ– यदि उत्तर कोरियाले गरेको दाबी सत्य हो भने यसबाट दक्षिण कोरियाका राष्ट्रपति मून जे इनको पूर्वअडानमा परिवर्तन आउँदै छ भन्ने कुरा स्पष्ट हुन्छ । निल्सनका अनुसार, यो दक्षिण कोरियाको विदेश नीतिमा आउन लागेको परिवर्तनको संकेत हो ।

उत्तर कोरियाले गत तीन सेप्टेम्बरमा छैटौं पटक सफल परमाणु परीक्षण गरेको दाबी गरेपछि अमेरिकाका साथै उसका छिमेकी मुलुकहरू निकै सतर्क बनेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

दक्षिण कोरियाका राष्ट्रपति मूनले शुरुमा उत्तर कोरियाप्रति उदार दृष्टिकोण राख्दै आएका थिए । उनको चुनावी एजेण्डामध्येको एक प्रमुख पक्ष उत्तर कोरियासँगको सम्बन्धलाई सहज बनाउनु पनि थियो । राष्ट्रपतिमा निर्वाचित भएपछि मूनले उत्तर कोरियासँगको शान्तिपूर्ण वार्तालाई प्राथमिकता दिँदै आएका थिए । 

डा.जोन निल्सनको रिपोर्टअनुसार यसै वर्षको जुलाईमा कोरियाली प्रायद्वीपमा स्थायी शान्ति स्थापना गर्ने, उत्तर कोरियाको विनाश रोक्ने र उसविरुद्ध लागेको आर्थिक तथा रक्षाक्षेत्रको प्रतिबन्धलाई खुकुलो पार्ने कुरामा जोड दिँदै दक्षिण कोरियाली राष्ट्रपति मूनले जर्मनीको बर्लिनमा विशेष मन्तव्य दिएका थिए । तर उत्तर कोरियाको कार्यशैलीमा परिवर्तन नआएपछि मूनको धारणामा परिवर्तन आउन थालेको संकेत देखिएको छ ।

Global Ime bank

\"\"

निल्सनका अनुसार उत्तर कोरियालाई रोक्नका लागि सैन्य उपायहरू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा प्रतिक्रियासमेत निष्फल भएपछि सियोलका नेताहरू एकदमै डराएका छन् । प्योंगयाङले आफ्नो सेनाको आधुनिकीकरणलाई कुनै हालतमा नरोक्ने बताउँदै आएको छ र उसका गतिविधिहरू आक्रामक रूपमा अगाडि बढिरहेका छन् । आउँदा दिनमा पनि प्योंगयाङले कसैका कुरा नसुन्ने र अरू परीक्षणहरू गर्दै जाने निश्चितप्रायः छ । निल्सनको रिपोर्टमा उल्लेख गरिएअनुसार उत्तर कोरियाको परमाणु परीक्षण पहल केन्द्र ‘पुनग्ये री’ मा अहिले केही हलचल भैरहेको देखिन्छ, जुन सातौं परमाणु परीक्षणको तयारीको संकेत पनि हुन सक्छ ।

निल्सन लेख्छन्, ‘‘यदि उत्तर कोरिया स्पष्ट रूपमा शक्तिशाली र लघु परमाणु हतियार लैजाने क्षमता भएको लामो दूरीको मिसाइल अमेरिकासम्म मार हान्न सक्ने गरी बनाउन समर्थ भएको हो भने नचाहँदा नचाहँदै पनि अमेरिकी योजनाकारहरूले कोरियाली प्रायद्वीपमाथि सैन्य कारवाही गर्नैपर्ने हुन्छ । यसका लागि ट्रम्पले नचाहे पनि उनीमाथि अमेरिकी सांसदहरूको ठूलो दबाब पर्ने निश्चित छ ।’’

डा. निल्सनका अनुसार उत्तर कोरियाका नेता किम जोंग उनको ज्यान खतरामा परेको भन्ने रिपोर्ट उत्तर कोरिया स्वयंको षड्यन्त्र पनि हुन सक्छ । यो षड्यन्त्रको सहारा लिएर उत्तर कोरियाले आफ्ना गतिविधिबाट विरोधीहरूको ध्यान अन्यत्रै मोड्ने कोशिश गरेको पनि हुन सक्छ । अर्कोतिर दक्षिण कोरियाले आफूमाथि मडारिइरहेको जोखिमबाट ध्यान अन्यत्रै मोड्ने प्रयासस्वरूप यस्तो कुरा बाहिर ल्याएको पनि हुन सक्छ । तर प्रश्न छ, के हत्याको धम्कीबाट उत्तर कोरिया र यसका नेता उन डराउलान् ?

\"\"

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ३०, २०७४  ०९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC