site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपालको रेलमा भारतको बदनियत

भर्खरै सम्पन्न नेपाल–भारत संयुक्त बैठकमा नेपालको रेलकाबारे पनि छलफल भयो । दुवै देशका अधिकारीहरूले नेपालमा रेल कसरी सञ्चालनगर्न सकिन्छ भन्नेबारे छलफल गरे । छलफलको विषय थियो– नेपालमा रेल सञ्चान गर्न  भारतीये सहयोग । भारतले नेपाललाई कसरी सहयोग गर्न सक्छ भन्ने विषयमाभएको छलफलमा नेपाली पक्षले नपालमा दुई तरिका बाट रेल चलाउन सकिने बतायो । एउटा–नेपाल सरकार आँफैले रेल किनेर चलाउने र अर्को ‘आउट सोर्सिङ’ ( अरूलाई चलाउनदिने) गरेर चलाउने ।

नेपालमा रेल चलाउने अहिले ड्राइभर छैनन्, अरू कर्मचारी पनि छैनन् । सिंग्नल दिने र आवागमनका लागि आवश्यक टर्मिनल छैनन् । यसका लागि दक्ष जनशक्ति नेपालले नयाँ भर्ना गर्नुपर्छ कि केही समयका लागि करारमा ल्याएर त्यही अवधिमा रेल सञ्चालनका लागि आवश्यक जनशक्ति तयार गर्नुपर्छ । नेपालको यो कमजोरी थाहा पाएका भारतीय अधिकारीहरूले घुमाउरो शब्दमाभारतमै अहिले सञ्चालनमा रहेका रेल सेवाविस्तार गर्न सकिने बताए । भारतीय रेल चलाउने प्रस्तावको भित्री आशय बुझेका नेपालीअधिकारीले त्यसलाई अस्वीकार गरिदिए । भारतको हेपाहाप्रवृत्ति फेरि एकपटक रेलमा पनि देखियो । 

भारतको रेल सेवाधेरै पुरानो भयो भनेर सुधारका लागि जापान र चीनको सहयोग लिन थालिएका बेलामा पनि भारतले थोत्रा रेल नेपालमा चलाउन खोज्नुको नियत पक्कै पनि राम्रो होइन । त्यसो त भारतीय दरिद्र मानसिकता रेलको लिक निर्माणकै क्रममापनि देखिइसकेको थियो । जनयकपुर–जयनगर रेल्वे निर्माणका क्रममा भारतीय पक्षले ‘न्यारोगेज’कै रेल्वे लाइन निर्माण गर्न दबाब दिएको थियो । त्यतिमात्र हैन इलेक्ट्रोनिक रेल्वे हैन डिजेलबाट मात्रै चल्ने रेल्वे बनाउन दबाब दिएको थियो । यही कारण पनि यो रेल्वे निर्माणका क्रममा केही ढिलाइ भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

स्वयं पुरानो लिक, पुराना रेल काकारण भारतीय रेलमा निकै धेरै दुर्घटना हुन्छन् । भारतसरकारले सन् २०१२ मा प्रकाशन गरेको एक प्रतिवेदनअनुसार भारतमा प्रतिवर्ष झन्डै १५ हजार नागरिकको ज्यानरेल दुर्घटनामा परी जान्छ । यो ५ वर्ष अगाडिको तथ्यांक हो । त्यस यता यो आँंकडा झनै बढेको अनुमान छ । किनभने रेल्वे झन् पुरानो भएको छ । एकातिर रेल पुुरानो भएको छ अर्कातिर रेलमा सवारी गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । त्यहाँको विभागीय मन्त्रालय (रेल मन्त्रालय) छुट्टै भए पनि त्यसले रेल सुधारमा खासै काम गर्न  नसकेको खबरहरू सार्वजनिक भइैरहेका छन् । रेल भारतीको मुख्य सार्वजनिक यातायातको साधन नै हो ।  

भारतले नेपालमा पुरानो भारतीय रेल चलाउने प्रस्ताव गरिरहेका बेला त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी भने आफ्नो रेल विस्तारका लागि विश्व शक्ति राष्ट्रसँग सहयोगको प्रतिबद्धता खोजिरहेका छन् । अहिले औपचारिक भ्रमणका क्रममाआफ्नै देश आइपुगेका जापानी समकक्षी सिन्जो आबेसँग मोदीले भारतीय रेल सेवाको सुधारसँगै विकास र विस्तारका लागि वार्ता गरेका छन् । 

Global Ime bank

वार्तामा आबेले भारतमा द्रुत गतिमा चल्ने रेल सेवा ‘बुलेट ट्रेन’ को विस्तारमा जापान सरकारले सहयोग गर्ने आश्वासन दिएका समाचारहरू सार्वजनिक भइरहेका छन् । 

भारतमा सबैभन्दा सहजमात्रै होइन सस्तो पनि रेल सेवा नै हो । भारतमा रेलले दैनिक कम्तीमा सबा २ करोड यात्रुलाई सेवा दिइरहेको तथ्यांक छ । 

प्रधानमन्त्री मोदीले आफ्नो निर्वाचन अभियानमा अघि सारेको मुख्य कार्यक्रम मध्ये बुलेट ट्रेन सञ्चालन पनि एक थियो । त्यसैले उनी अहिले निर्वाचनमा गरेको वाचा अनुसार बुलेट ट्रेन सेवा विस्तारका लागि सहयोग मागिरहेका छन् । 

भारतमा रेल सेवा बेलायती उपनिवेश रहेका बेला सुरु गरिएको थियो । इस्ट इन्डिया कम्पनीकै बेला सुरु भएको रेल सेवा नेपाललाई भिराएर भारत आफू भने चुस्त गतीको रेल (बुलेट रेल) सञ्चालन गर्ने तयारीमा छ । 

भारत विश्व अर्थतन्त्रमा उदीयमान छ । उसले नागरिकलाई दिने सेवा सुविधा नेपाल सरकारले आफ्ना नागरिकलाई दिने भन्दा गतिलो हुनसक्छ । आफ्नो नागरिकको ज्यान लिने सेवालाई विस्थापित गर्नु राम्रो पनि हो । तर आफ्नो नागरिकको ज्यान लिने सेवालाई नेपाललाई भिराएर सहयोग गरेका नाटक भने स्वीकार्य हुँदैन ।  

रेल सेवाको उपभोग गर्न नपाएका हामी नेपालीलाई भारतको या बदनियतको सिकार हुनबाट जोगाउन नेपाल सरकार सेचेत हुनुपर्नेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २९, २०७४  १४:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC