site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

वीरगञ्ज । आउँदो असोज २ गते हुन लागेको तेस्रंो चरणको स्थानीय निर्वाचनलाई लक्षित गरी प्रदेश नं २ का ६ जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । 

मध्य क्षेत्रअन्तर्गत पर्ने पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा गरी छ जिल्लाका सदरमुकाम क्रमसः वीरगञ्ज, कलैया, गौर, मलंगवा, जलेश्वर र जनकपुरसहित मुख्य सडक, नाका तथा नेपाल भारतको सिमानाका विभिन्न ठाउँमा चेकजांच गरी सुरक्षा व्यवस्थामा कडाइ गरिएको मध्य क्षेत्रीय सशस्त्र प्रहरी बल, पथलैयाका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) नरेन्द्रकुमार सिंहले राससलाई बताए । 
सम्बन्धित छ जिल्ला मतदान केन्द्रमा समेत सशस्त्र प्रहरी टोली पठाइ सकिएको जानकारी दिँदै कुनैपनि घटना हुन नदिनका लागि सुरक्षा व्यवस्थामा कडाइ गरिएको जानकारी दिँदै डिआइजी सिंहले निर्वाचनको दिनभन्दा २४ घण्टाअगावै छवटै जिल्लासँग जोडिएको सिमानाका शिल गरिने जनाए । 
शान्तिपूर्ण तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन मध्य क्षेत्रीय सशस्त्र प्रहरी बल, पथलैयाले प्रदेश नं २ को ६ जिल्लामा १० हजार ७१९ सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ । 

Agni Group

मध्य क्षेत्रीय सशस्त्र प्रहरी बल पथलैयाले निर्वाचनलाई भयरहित वातावरणमा शान्तिपूर्णरुपमा सम्पन्न गराउन निर्वाचन विरोधी समूह नेकपा ९विप्लव समूह०, सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धन समूह तथा अर्ध भूमिगत समूहबाट मतदानस्थल, निर्वाचन कार्यालय, उम्मेदवारको घर, आवास क्षेत्रलाई लक्षित गरी त्यसको आसपासका घर, गोठमा विष्फोटक पदार्थ समेतका सामग्री लुकाइछिपाइ राख्न सक्ने शंकास्पद स्थान समेतमा चेकजाँच तीव्र पारिएको छ । 

यसैगरी, सशस्त्र प्रहरीले मतदानस्थल, मतगणनास्थल, मतपेटीकालगायत निर्वाचन सामग्री, ढुवानी र भण्डारणमा सावधानी अपनाई विशेष सुरक्षाका लागि ग्यास सिलिण्डर, प्रेसर कुकरजस्ता प्रज्वलनशील एवं विष्फोटक रसायनको दुरुपयोग हुने सम्भावनालाई निस्तेज गर्नका लागि सर्च अभियानलाई अगाडि बढाएको छ । 

Global Ime bank

मध्यक्षेत्रीय सशस्त्र प्रहरी बलले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी प्रदेश नं २ को ६ जिल्लामा हुने स्थानीयतहको तेस्रो चरणको चुनावलाई भयरहित वातावरणमा सम्पन्न गर्न सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेना सक्रिय रहेको उनले बताए । 
बाहिनीको मातहतमा रहेका छ जिल्लाका तीनहजार ३३३ मोबाइल टिम, २११ मोबाइल जनशक्ति, २११ स्ट्राइकिंग टोली, तीन हजार १६५ स्ट्राइकिंग जनशक्ति, ६१८ युनिट रिजर्बलगायतका सुरक्षाकर्मी परिचालन गर्नुका साथै चार हजार ७१५ जनशक्ति काठमाडौँ, पोखरा (पश्चिमाञ्चल) मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलबाट समेत थप जनशक्ति आउनुका साथै प्रहरी कार्यालयबाट छ हजार ७०३ जनशक्ति आएको सशस्त्र प्रहरी नायब उपरीक्षक श्याम कार्कीले राससलाई बताए । 
तेस्रो चरणको निर्वाचनलाई सम्पन्न गर्न क्षेत्रीय सुरक्षा योजनाअन्तर्गत आठवटा बाहिनी, गण, सीमा सुरक्षा कार्यालय, गुल्महरु, सुरक्षा वेस र विओपी सक्रिय रहनेछन् । सुरक्षाको दृष्टिकोणले हेर्ने हो भने बाहिनीको मातहतमा रहेको क्षेत्रभित्र पर्ने मध्यपश्चिमका छ जिल्लामा अति संवेदनशील ८२९, संवेदनशील ५६८ र समान्य २२९ वटा मतदानस्थल रहेका छन् । 

यसैबीच, तेस्रो चरणको स्थानीयतह निर्वाचनलाई लक्षित गरी पर्सा जिल्लामा सुरक्षा व्यवस्थामा कडाइ पारिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्राप्त समाचारअनुसार जिल्लामा रहेका सम्बन्धित मतदान केन्द्रमा सुरक्षा टोली पठाई सकिएको छ भने कुनै पनि घटना हुन नदिन विशेष तालीमप्राप्त कुकुरसहित सुरक्षाकर्मी परिचालन गरिएको छ । 

शान्तिपूर्ण र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन पर्सा जिल्लामा करिब दुई हजार २०० सुरक्षाकर्मी खटाइएको छ । 

पर्सा जिल्लामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ स्थानीयतह रहेका छन् जहाँ ११२ वटा वडा रहेका छन् । जिल्लामा १४ वटै स्थानीयतहमा १६७ मतदानस्थल र ३४४ मतदान केन्द्र रहेका छन् भने दुईलाख ८० हजार २१२ मतदाता रहेका छन् । रासस 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २९, २०७४  ११:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC