site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रहरीको ‘सेफ्टी पिन’ मा परे ७१ जना, डिग्री गरेकैबाट दुर्व्यवहार !
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा महिला तथा बालबालिकामाथि हुने दुर्व्यवहार न्यूनिकरण गर्न प्रहरीले चालेको सेफ्टी पिन अभियानमा ७१ जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले साउन १८गतेदेखि यो अभियान चालेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

सार्वजनिक यातायातमा महिला तथा बालबालिकामाथि हुने यौनजन्य दुर्व्यवहारलाई न्यूनिकरण गरी उनीहरुको लागि सुरक्षित यात्रा गर्ने वातावरण बनाउन प्रहरीले ३३ वटा टोली बनाई उपत्यकाका विभिन्न सवारीसाधनमा खटाएको थियो ।

सादा पोशाकका प्रहरीले यस्तो दुर्व्यवहार गर्ने ७१ जनालाई अहिलेसम्म नियन्त्रणमा लिइसकेको प्रहरीले जानकारी दिएको छ । गालीगलौज गर्ने ४८, अश्लिल क्रियाकलाप गर्ने १०, अन्य ५ र पाकेट मार्ने ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Global Ime bank

प्रहरीकाअनुसार यौनजन्य यौनजन्य दुर्व्यवहार र गालीगलौज गर्ने बढी लेखपढ गरेकै व्यक्ति रहेका छन् । “यौनजन्य दुर्व्यवहार र गालीगलौज गर्ने ४८ मध्ये सबैभन्दा बढी साधारण लेखपढ जानेको ३८ जना छन् भने स्नातकोत्तर गरेका १ जना समेत रहेका छन्,” प्रहरीले भनेको छ, “यस्तो हिँसाजन्य क्रियाकलापमा १५ देखि २५ वर्ष उमेर समूहको बाहुल्यता देखिन्छ ।”

यो अभियान ३ महिनासम्म निरन्तर सञ्चालन हुने र त्यसपछि आवश्यकताअनुसार संचालन हुने प्रहरीले जनाएको छ । प्रहरीले पीडितको उजुरी गोप्य राखिने भएकाले यस्ता क्रियाकलाप भए प्रहरीको हटलाईन १०० र ९८५१२८९११ मा खबर गर्न अनुरोध गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २९, २०७४  १०:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC