site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सिंगापुरविरुद्ध नेपालको जवाफी ब्याटिङ, तेस्रो विकेट पतन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोट अन्तर्गत सिंगापुरले दिएको ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ । 

मलेसियाको क्लब अमान ओभलमा नेपालले तेस्रो विकेटको रुपमा ओपनर सन्दिप सुनारलाई गुमाएको हो ।  उनलाई  सिंगापुरका अनश भर्गावाले २० रनमा पेभेलियन फर्काए ।  सन्दिपलाई गुमाएपनि नेपाल जितको नजिक पुगेको छ । नेपालले ११ ओभरको खेल सकिदा ३ विकेट गुमाएर ५९ रन जोडेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर २८ ओभर ३ बलमा अलआउट हुँदै ६७ रनमा समेटिएको थियो ।  सिंगापुरका लागि सिधान्त र अर्यमान सुनीलले समान २० – २० रन तथा रोहण रङराजनले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उलेख्य रन जोड्न सकेनन्  । 

सिंगापुरलाई सस्तैमा समेट्न नेपालका पवन सराफ एक्लैले ६ विकेट लिए । पवनले ८ ओभरमा ४ मदनसहित मात्र १२ रन खर्चिएका थिए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २९, २०७४  १०:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC