site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सिंगापुरविरुद्ध नेपालको जवाफी ब्याटिङ, पहिलो विकेट पतन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोट अन्तर्गत सिंगापुरले दिएको ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ । 

नेपालले पहिलो विकेटको रुपमा ओपनर आसिफ शेखलाई गुमाएको हो ।  मलेसियाको क्लब अमान ओभलमा आसिफ ६  रन बनाएर पेभेलियन फर्किए । उनलाई सिंगापुरका अभी दिक्षितले आउट गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

आसिफलाई सस्तैमा गुमाएपनि  नेपालले ५ ओभरको समाप्तिमा १ विकेट गुमाएर २९  रन जोडेको छ । नेपाललाई जितका लागि अब मात्र ३९ रनको आवश्यकता छ । नेपालका अर्का ओपनर सन्दिप सुनार १० रनमा अविजित रह्द्दा, अनिल कुमार साह पनि ९ रनमा अविजित छन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर २८ ओभर ३ बलमा अलआउट हुँदै ६७ रनमा समेटिएको थियो ।  सिंगापुरका लागि सिधान्त र अर्यमान सुनीलले समान २० – २० रन तथा रोहण रङराजनले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उलेख्य रन जोड्न सकेनन्  । 

Global Ime bank

सिंगापुरलाई सस्तैमा समेट्न नेपालका पवन सराफ एक्लैले ६ विकेट लिए । पवनले ८ ओभरमा ४ मदनसहित मात्र १२ रन खर्चिएका थिए । यस्तै नेपालका लागि किशोर महतोले २ तथा कप्तान दिपेन्द्र सिंह एरीले १ विकेट लिए ।

अघिल्ला दुई खेलमा जित निकाल्दै सेमिफाइनलमा पुगिसकेको नेपाल आज सिंगापुरलाई पराजित गर्दै समूह बिजेता बन्न चाहन्छ । समूह ए को नेपाल दुई खेलमा ४ अंक जोडेर समूहको शीर्ष स्थानमा छ । 

यता, सिंगापुर पनि दुई खेलमा अपराजित छ । सिंगापुरको पनि ४ अंक छ तर, नेट रनरेटको आधारमा सिंगापुर नेपाल भन्दा पछि छ ।  छनोटको समूह बी मा चीन, मलेसिया, हङकङ र म्यानमार छन् । फाइनलमा पुग्ने दुई टोली एसिया कपको लागि छनोट हुनेछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २९, २०७४  ०९:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC