site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मृतक ताम्राकारको परिवारलाई न्याय नदिईए आन्दोलन गर्ने बाईकर्स संघको चेतावनी 
Ghorahi CementGhorahi Cement

काठमाडौं  । बाईकर्स संघ नेपालले गत भदौ ७ गते नेपाल विद्युत प्राधिकरण अगाडि भएको दुर्घट्नामा मारिएका गौतम ताम्राकारको परिवारलाई उचित न्यायको लागि आन्दोलन गर्ने चेतावनी दिएको छ । 

रिपोर्टर्स क्लब नेपालमा बाईकर्स संघ नेपालले पत्रकार सम्मेलन गरेर उक्त दुर्घट्नामा मारिएका ताम्राकारको उचित न्याय र प्रभावकारी सवारी ऐन निर्माणको लागि कडा आन्दोलन गर्ने चेतावनी दिएको हो । 

Agni Group

संघका सचिव मोदनाथ भण्डारीले ताम्राकार दुर्घटनाको नाममा हत्याको शिकार भएको टिप्पणी गरे । उनले भेने,‘ताम्राकारकी श्रीमती पछाडि बस्नु भएको थियो, उहाँ बाँच्ने अनि ताम्राकार मर्ने हुन्छ ? सडकको छेउमा बाईक पल्टिएको अवस्थामा फेरि बल जफ्त किचेर मारेको प्रष्ट छ, यसमा सरकार किन गम्भिर बन्दैन?’ 

उनले अघि थपे,‘यदि तत्काल ताम्राकारको परिवारका सम्बोधन गर्न सकेन र सवारी ऐन बनाएर दुर्घट्नाको नाममा हत्या गर्ने चालकलाई जन्मकैदको कानुन बनाईएन भने हामी कडा आन्दोलन गर्नेछौँ।’ 

Global Ime bank

भण्डारीले २०४९ सालको कानुन अहिलेको अवस्थामा काम नलाग्ने स्पष्ट पारे । उनले अघि थपे,‘सवारी ऐनले कारवाही नगर्ने निश्चित् छ, हामी कारवाहीको लागि संविधानको धारा १६१ को उपधार १ लागु गरेर मृतक ताम्राकारको हत्या गर्ने सावारी चालकलाइ हदैसम्मको कारवाही गर्नको लागि संघ यातायात र राज्यका निकायको बिरुद्धमा लड्न तयार छ।’
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २९, २०७४  ०१:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC