site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भक्तपुुरको सुन्दरबस्तीमा घरेलुको भवनको शिलान्यास
Sarbottam CementSarbottam Cement

काठमाडौं । जग्गा खरिद गरेको करिब १५ वर्षपछि भक्तपुरको सूर्यविनायक नगरपालिका–६, सुन्दरबस्तीमा घरेलु तथा साना उद्योग संघको भवनको शिलान्यास भएको छ । दुई वर्षभित्र निर्माण कार्य पूरा गरी संघको सचिवालय सञ्चालनमा ल्याइसक्ने जनाइएको छ ।

उक्त भवन शिलान्यासको क्रममा एक लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग संकलन भएको संघका अध्यक्ष वीरेन्द्र जतीले जानकारी दिए । साढे तीन तले उक्त भवनको शिलान्यास गर्ने क्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आत्मनिर्भर अर्थतन्त्रका लागि घरेलु तथा साना उद्योग निर्माण तथा सञ्चालन मुख्य माध्यम भए पनि सरकारले यसप्रति ध्यान दिन नसकेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले घरेलु तथा साना उद्योगका उत्पादनको गुणस्तर अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्नेमा जोड दिएका थिए । “अन्तर्राष्ट्रिय स्तरको हुन सके विदेशमा पनि यसले नेपालको पहिचान र गौरव राख्न सक्थ्यो,” उनले भने ।

मुलुकको अर्थतन्त्रको विकासका लागि विशिष्ट योगदान पुर्याउँदै आएका लघु, घरेलु तथा साना उद्योगहरू सरकारको प्राथमिकतामा पर्न नसकेको भन्दै सरोकारवालाहरूले गुनासो गरेका थिए ।

Global Ime bank

त्यस्तै नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले वित्तीय र प्रविधि पहुँच नै  लघु, घरेलु तथा साना उद्योगहरूको  मुख्य चुनौती रहेको बताए ।

“मुलुकका वाणिज्य तथा विकास बैंकहरूले ठूला–ठूला लगानीमा रूची देखाउँछन्,” उनले भने, “यद्यपि घरेलु तथा साना उद्योगलाई सम्बोधन गर्न सकेको छैन ।”

संख्यात्मक हिसाबले पनि कम हँुदै गइरहेका लघु घरेलु तथा साना उद्योगको विकासको पहिलो र अनिवार्य सर्त भनेको वित्तीय र प्रविधि पहुँच भएको उनको भनाइ थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २९, २०७४  ०१:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC