site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बच्चालाई दैनिक कति दूध खुवाउने ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौँ । हामीले बच्चालाई गाईको दूध पोषणयुक्त्त भनेर खान दिन्छौं । बच्चाहरुलाई सबै खाना मिलाएर खान दिइयो भने बच्चाहरु स्वस्थ हुन्छन् । हामीमध्ये कतिले दूध दिएमात्र बच्चाहरुले पोषण पाउँछन् भन्ने सोचेका हुन्छौँ । तर बच्चाहरुलाई कति मात्रामा दूध दिनुपर्छ भन्ने कुराको हामीले ख्याल राख्नुपर्छ ।

हालै भएको एक अध्ययनअनुसार डाक्टरहरुको भनाइ छ कि दिनमा दुई गिलास गाईको दूध बच्चाहरुको भिटामिन डी तथा आइरनका लागि पर्याप्त हुन्छ । बाल रोग विशेषज्ञ डाक्टर माग्यूरे भन्छन्, आजसम्म पनि डाक्टर र आमाहरु सबै अलमलमा छन् कि बच्चाको विकासका लागी कति दूध दिनुपर्छ भन्ने कुरा थाहा नै छैन । उनी यो अध्ययनको लिडर पनि हुन् । उनका अनुसार आइरन तथा भिटामिन डी गाईको दूधको दुई मुख्य पोषण तत्व हो । 

दुई वर्ष भन्दा माथि र ५ वर्षभन्दा कम उमेरका १३०० भन्दा बढी बच्चाहरुमा गरिएको अध्ययनबाट पत्ता लागेको छ कि कति दूध बच्चाहरुलाई दिँदा उनीहरुको शरीरमा यो दुई पोषक तत्वहरुले साथ छोडेको हँुदैन । बच्चाहरुबाट पत्ता लाग्यो कि दिनमा धेरै पटक दूध पिउने बच्चाहरुको शरीरमा भिटामिनको मात्रा धेरै पाइयो भने आइरनको मात्रा भने पाउँदै पाइएन । यो अध्ययनबाट डाक्टरहरु यो निष्कर्षमा पुगे कि बच्चाहरुलाई गाईको दूध दिनमा दुई गिलासमात्र दिनुपर्छ । आजतकबाट

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २९, २०७४  ०३:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC