काठमाडौँ । सुन्दर तथा दागमुक्त छालाको लागि हामीले कैयौं थरीका क्रिमहरु बजारबाट ल्याएर प्रयोग गरिरहेका हुन्छौँ । तर बेसन एउटा यस्तो चीज हो, जुन घरघरमा पाइन्छ र सबैले प्रयोग पनि गरिन्छ । तर यसको फाइदा कमै मान्छेहरुलाई थाहा हुन्छ । कोही कोहीले यसलाई फेस वासको रुपमा प्रयोग गर्छन् भने कोहीले यसलाई फेस प्याकको रुपमा प्रयोग गर्छन् ।
चनाको पिठोले कपाल तथा छालासँग जोडिएका धेरै समस्याको समाधान गर्छ । अनुहारमा धेरै रौँ आउँछ भने, घामले डढेर कालो भएको छ भने तथा तपाईंको कपाल सुख्खा भएको छ भने बेसनको प्रयोग गर्न सक्नुहुन्छ । यसले अरु कुनै समस्या निम्त्याउँदैन ।
बेसनले घामले डढेको छाला सफा देखाउँछ । बेसनमा दही, कागतीको रस तथा थोरै बेसार मिसाएर पेस्ट बनाउने र कालो भागमा लगाउने जसले गर्दा हाम्रो घामका कारण कालो भएको ठाउँ गोरो हुन्छ ।
बेसनमा बदाम, दही तथा बदामको तेल मिसाएर कपालमा लगाउने गर्नुपर्छ । तपार्इंको कपाल झर्न छोड्छ । साथै सुख्खा हने समस्या तथा कपाल टुक्रिने समस्याको समाधान हुन्छ । आजतकबाट