site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘प्रधानमन्त्रीलाई भन्ने हो कारवाही गर्न मिल्दैन’
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले २ नम्बर प्रदेशको निर्वाचनमा भोज भतेर गरेर तडकभडक गर्ने उम्मेद्धवारहरुको उम्मेद्धवारी नै रद्द गर्ने चेतावनी दिएका छन् । 

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा प्रमुख निर्वाचन आयुक्त यादवले उमेदवारहरुले भोजभतेर गरेर चुनावी प्रचारप्रसारमा तडकभडक गरेको प्रमाण फेला परे उमेदवारी नै रद्द गरिदिने चेतावनी दिएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने, ‘चुनावमा उम्मेद्धवारहरुले व्यापक खर्च गरिरहेका छन् भन्ने कुरा आएको छ, तर अहिलेसम्म हामीले कुनै प्रमाण फेला पारेका छैनौं, यदि कसैले हामीलाई फोटोसहित प्रमाण दिनुहुन्छ भने हामी अन द स्पट कारबाही गर्छौं, उमेदवारहरुको उमेदवारी नै खारेजसम्म गरिदिन्छौं ।’ यद्धपी उनले मधेशमा अहिले सामाजिक–साँस्कृतिक पर्व चलिरहेकोले ती पर्वमा गरिने सामान्य भोजभतेरलाई अन्यथा लिन नहुने धाराणा राखे । 

उनले उमेदवारहरुले खर्च गरेको भए ती उमेदवारहरुलाई समेत पहिचान गरेर आयोगलाई दिन सञ्चारकर्मीहरुसँग आग्रह गरे । यादवले भने,‘तर अहिले सम्पन्नतातिर लम्कँदैछ, सबै धनी हुनु त राम्रो हो, अब धनी भैसकेपछि प्रतिष्पर्धा हुनु स्वभाविक हो ।’

Global Ime bank

निर्वाचन आचारसंहिता जारी अवस्थामा सरकारले हालै गरेको मन्त्रिमण्डल बिस्तारमा आयोगको पूर्ण ध्यानाकार्षण भएको भन्दै उनले आफूले प्रधानमन्त्रीलाई कारबाही गर्न नमिल्ने भनाई राखे।

‘के गर्नु प्रधानमन्त्रीलाई कारबाही गर्नुभएन, यसबारेमा हाम्रो ध्यानाकार्षण भएको छ, बस त्यति हो,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूलाई कारवाही तथा जरिवाना गर्न मिल्दैन्, तर यसको मतलव यो होईन कि आयोग निरीह भने छैन ।’ 

आयोगको ध्यानाकार्षणबारे प्रधानमन्त्री शेरबहादुर देउवाले हालै विराटनगर विमानस्थलमा पत्रकारहरुसँग जवाफ पनि दिएको उनले जनाए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २९, २०७४  ०५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC