देश

गर्भावस्थामा तुलसीको पात खानुका फाइदा

काठमाडौँ । तुलसीको पात एउटा यस्तो जडीबुटी हो, जुन जुनसुकै मौसममा पनि पाइन्छ । तुलसीमा औषधीको मात्र होइन, धेरै खालको बिरामीलाई निको बनाउने गुण हुन्छ । यो सबै उमेरका मानिसहरुले खान पनि सक्छन् । यो सबैभन्दा फाइदाजनक जडिबुटि हो । 

यसमा धेरै प्रकारका भिटामिन, खनिज तथा पोषक तत्वहरु पाइन्छ । यो गर्भावस्थामा पनि खान सकिन्छ । गर्भावस्थामा यसको सेवनले हामीलाई कयौँ थरीका बिरामी हुने खतराबाट मुक्त्त भइन्छ । साथै संङ्क्रमणबाट हुने इन्फेक्सनहरुलाई पनि रोकिदिन्छ । 

तुलसीको पातमा एन्टीबाइटीको गुण हुन्छ । जुनसुकै उमेर समूहका मान्छेहरुले यसको सेवन गर्दा धेरै फाइदा मिल्छ । 

गर्भावस्थामा तुलसीको सेवनले हुने फाइदाहरु

रक्तअल्पता हुने खतराको कम गर्छ । 

थकाई कम गर्न मद्दत पुर्याउँछ । 

गर्भावस्थामा थकाई लाग्नु सामान्य कुरा हो । तुलसीको पातको रस खानाले तापाईंलाई थकाइको महसुस हँुदैन र रिंगटा लाग्ने समस्याको पनि यसले समाधान गर्छ । 

भिटामिनको यो राम्रो माध्यम हो । 

तुलसीको पात भिटामिनहरुको राम्रो माध्यम हो । यो समयमा आमा र बच्चा दुवैलाई भिटामिन सही तरिकाले खुवाउनुपर्छ ।  बच्चाको विकासमा सहयोग गर्छ ।
 

तपाईंको मत