site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आईफोन ८ सार्वजनिक, यस्ता छन् विशेषता 
Ghorahi CementGhorahi Cement

काठमाडौं । एप्पलले आईफोन ८, ८ प्लस र आईफोन एक्सको सार्वजनिक गरिएको छ ।

क्यालीफोर्नियामा विशेष समारोहकाबीच आईफोन ८ र आईफोन ८ प्लसको सार्वजनिक गरिएको थियो ।

त्यसक्रममा आईफोन एक्स पनि सार्वजनिक गरिएको थियो । आईफोन ८ र आईफोन ८ प्लसलाई आईफोन ७ र आईफोन ७ प्लसको रेन्जमा अपग्रेड गरिएको जनाइएको छ । 

Agni Group

सुरुवातमा केही विज्ञहरु यो सोच्दथे कि आईफोन ८ अहिलेसम्मकै उत्कृष्ट र नयाँ हुनेछ । आफ्नो दशौं बार्षिकोत्सवको अवसर पारेर आईफोन कम्पनीले १० वटा स्मार्टफोनको उद्घाटन गरेको छ । 

आईफोनको डिजाईन र आकार
 

Global Ime bank

अहिले प्रयोगमा आएको आईफोन ७ र आईफोन ७ प्लसमा जस्तै झट्ट हेर्दा आईफोन ८ र आईफोन ८ प्लस पनि उस्तै देखिन्छ । सानो भर्जनको (संस्करण) स्कृन ४.७ ईन्चको रहेको छ भने ठूलो फोनको स्कृन ५.५ ईन्च रहेको छ । र यसमा आईफोनको पछाडि भागमा दुईवटा क्यामराको लेन्स रहेका छन् । यसको अगाडि र पछाडि दुबैतिर सिसा छ यो सिसा धेरै लामो समयसम्म टिक्ने खालको रहेको छ । 

आईफोन ८ कुन कुन रङ्गमा पाईन्छ ?
 

आईफोन ८ चाँदिको रङ्ग, ग्रे रङ्ग र नयाँ रातो सुनौलो रङ्गमा पाईनेछ ।

आईफोन ८ कहिलेदेखि बजारमा आउँदैछ ?
 

आईफोन ८ सेप्टेम्बर महिनाको २२ तारिखदेखि बिक्रीमा राखिनेछ । सेप्टेम्बर १५ मा यसलाई पूर्वअर्डर गर्न सकिनेछ । आई ओ एस भने १९ सेप्टेम्बरदेखि आईफोन ८ मा डाउनलोड गर्न सकिनेछ । 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २९, २०७४  ०५:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC