site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
टाउन डाउन पोखरा लायन्स फाइनलमा
Sarbottam CementSarbottam Cement

पोखरा । टाउन डाउन पोखरा लायन्स पोखरामा जारी माछापुच्छ्रे क्रिकेट लिग (एमसीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको क्वालिफायर्समा पर्वत टाइटन्सलाई २ विकेटले पराजित गर्दै पोखरा लायन्स उपाधि नजिक पुगेको हो ।

पोखरास्थित माछापुच्छ्रे क्रिकेट मैदानमा पर्वतले दिएको ७४ रनको लक्ष्य पोखरा लायन्सले १६ ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो । पोखराको जितमा प्रविण पाण्डेले २७, मनोज कोइरालाले १२ तथा सुदिप पौडेलले १० रन जोडे । पर्वतका राजु तामाङ र राजु थापाले समान २ – २ विकेट लिए । 

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको पर्वतले १६ ओभरमा अलआउट हुँदै ७३ रन जोडेको थियो । पर्वतका लागि अबिषेक थापाले २३ तथा दिपेन राइमाझीले १८ रन जोडे । पोखरा लायन्सका लाल बहादुर गुरुङ, बिरु गुरुङ प्रविण पाण्डे र हिमाल गाहाले समान २ – २ विकेट लिए ।

अब पोखरा लायन्सले उपाधिका लागि दोस्रो क्वालिफायर्सको बिजेतासँग खेल्ने छ  । दोस्रो क्वालिफायर्समा आयोजक माछापुच्छ्रे लायन्स र पर्वत टाइटन्सबीच बिहिबार खेल हुने छ  । माछापुच्छ्रे बुधबार भएको इलिमिनेटरमा भिएम वारिवर्स बाग्लुङलाई ८ विकेटले पराजित गर्दै क्वालिफायर्समा छनोट भएको हो  । पर्वतले भने प्रतियोगिताको नियम अनुसार पहिलो क्वालिफायर्समा पराजित भएपनि फाइनल प्रवेशको लागि इलिमिनेटरको बिजेतासँग खेल्न लागेको हो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २८, २०७४  १९:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC