site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निधिलाई आयोगले सोध्यो– तपाइँलार्इ कारवाही किन नगर्ने ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश दुईमा हुन गइरहेको निर्वाचनको प्रचार प्रसारका क्रममा विभिन्न राजनीतिक दलका केन्द्रीयस्तरका नेताहरुबाटै निर्वाचन आचार संहिता उल्लङ्घनका घटनाहरु भएको भन्दै निर्वाचन आयोगले कांग्रेस नेताहरुलाई स्पष्टिकरण सोध्ने नर्णिय गरेको छ ।

प्रधानमन्त्री सहभागी कार्यक्रममा बालबालिका प्रयोग गरेको, पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले पार्टीको चुनाव चिन्ह अंकित गम्छा प्रयोग गरेको लगायतका विषयमा किन कारवाही नगर्ने भनि स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

Agni Group

“२०७४ भदौ २५ गते धनुषामा नेपाली काँग्रेसले आयोजना गरेको चुनावी कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता माननीय विमलेन्द्र निधिले नेपाली काँग्रेसको निर्वाचन चिन्ह अङ्कित गम्छा लगाई सहभागी भएको जानकारी आयोगलाई प्राप्त भएकोप्रति आयोगको ध्यानाकर्षण भएको छ,” निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “पार्टीको चुनाव चिन्ह अङ्कित गम्छा स्वयम् पूर्व उपप्रधानमन्त्रीले लगाई चुनावी कार्यक्रममा सहभागी हुने क्रियाकलाप निर्वाचन आचारसंहिता विपरीत हुने हुँदा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेवापत कानूनी कारबाही किन गर्नु नपर्ने हो ? २४ घण्टाभित्र आयोगसमक्ष स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ ।”

त्यसैगरी प्रधानमन्त्री सहभागी भएको कार्यक्रममा बालबालिका प्रयोग गरिएको भन्दै सिराहाका जिल्ला सभापतिलाई स्पष्टिकरण सोध्ने निर्णय आयोगले गरेको छ ।

Global Ime bank

“सिरहाको धनगढी नगरपालिकाको जिरो माइलमा आयोजित नेपाली कांग्रेसको चुनावी सभामा पार्टीका सभापति तथा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्न बालबालिकाको प्रयोग गरिएको विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,” उनले भने, “चुनावी कार्यक्रममा बालबालिकाको प्रयोग गर्ने विषय निर्वाचन आचारसंहिता विपरीतको कार्य भएको देखिएको हुँदा नेपाली कांग्रेस सिरहा जिल्ला सभापतिलाई निर्वाचन आचार संहिता उल्लङ्घन गरेउपर कारबाही किन गर्न नपर्ने हो ? २४ घन्टाभित्र आयोगसमक्ष स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । त्यसैगरी, धनुषाको मिथिला नगरपालिका लालगढमा यही भदौ २७ गते नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले निकालेको संयुक्त चुनावी ¥यालीमा दलको झण्डा बोकेर बालबालिकालाई प्रचारप्रसारमा खटाइएको भन्ने जानकारी प्राप्त भएकोमा आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त क्रियाकलाप निर्वाचन आचार संहिता विपरीत भएको देखिएको हुँदा संयुक्त चुनावी ¥यालीका आयोजक नेपाली कांग्रेस धनुषाका जिल्ला सभापति र नेकपा माओवादी केन्द्र धनुषा जिल्ला इन्चार्जलाई निर्वाचन आचार संहिता उल्लङ्घन गरेउपर कारबाही किन गर्नु नपर्ने हो ? २४ घन्टाभित्र आयोगसमक्ष स्पष्टीकरण पेश गर्न बेग्ला बेग्लै निर्देशन दिएको छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २८, २०७४  १८:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC