site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अर्पणको कप्तानीमा नेपाली यू–१८ फुटबल टोलीको घोषणा 
Ghorahi CementGhorahi Cement

काठमाडौं । भुटानमा आयोजना हुने साफ यू–१८ च्याम्पियनसिपको लागि नेपाली टोलीको घोषणा गरिएको छ । असोजको पहिलो साताबाट सुरु हुने च्याम्पियनसिपको लागि अर्पण कार्कीको कप्तानीमा १८ सदस्सीय नेपाली टोलीको घोषणा गरिएको हो ।

अखिल नेपाल फुटबल सघ एन्फाले ललित स्मृति यू–१८ फुटबल च्याम्पियनसिपको आधारमा खेलाडी छनोट गरेको हो । एन्फाले पहिलो चरणमा डाकिएको ७४ खेलाडीबाट २३ सदस्यीय हुँदै अन्तिम १८ सदस्यीय नेपाली टोलि छनोट गरेको हो ।

Agni Group

नेपाली टोलीमा कप्तान तथा गोलकिपर अर्पणसँगै उपकप्तान प्रिजन तामाङ, सन्देश गुरुङ, अबिषेक रिजाल, सुमन अर्याल, विश्वास उदास, रोमन लिम्बु, आकाश श्रेष्ठ, अशिम भुसाल, विकास खवास, निराजन महर्जन र राजन गुरुङ परेका छन् । त्यस्तै दिनेश हेन्जन, अशोक मगर, अभिषेक रिजाल, एरिक बिष्ट, अनिल महर्जन, सेसेहाङ आङदेम्बे र राजिब लोचन टोलीमा परेका छन् । नेपाली टोलीको मुख्य प्रशिक्षकमा छिरिङ लोप्साङ, सहायक प्रशिक्षकमा पुस्कर शाही, गोलकिपर कोच मृगेन्द्र मिश्र र टिम म्यानेजरमा गणेश चन्द रहेका छन् ।

साफ यू–१८ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आयोजक भुटानको सामना गर्नेछ । नेपालले भुटानसँग असोज ४ गते खेल खेल्नेछ । पाँच टोलि सहभागी प्रतियोगिताको दोस्रो खेलमा नेपालले असोज ६ गते माल्दिभ्स, असोज ९ गते बंगलादेश र ११ गते भारतसँग खेल्नेछ । प्रतियोगितामा सार्क राष्ट्रका पाकिस्तान र श्रीलंकाले भने सहभागिता जनाएका छैनन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २८, २०७४  १७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC