site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
खेलकुद विज्ञानसम्बन्धि पुस्तक स्पोर्ट्स मेडिसिन सार्वजनिक
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं ।  खेलकुद विज्ञान सम्बन्धि जानकारी दिने पुस्तक स्पोर्ट्स मेडिसिन बजारमा आएको छ ।  खेल खेल्दा लाग्ने चोटपटकबाट बच्ने उपाय, तिनको उपचार र घाइतेहरुहरुको खेलमा पुनआर्गमनको लागि आवश्यक उपचार पद्दतिबारे जानकारी दिने पुस्तक स्पोर्ट्स मेडिसिन बुधबारबाट बजारमा आएको हो ।

नेसनल एकेडमी अफ स्पोर्ट्स मेडिसिन पोखराले बजारमा ल्याएको पुस्तक युवा तथा खेलकुद मन्त्री राजेन्द्र केसीले बुधबार एक कार्यक्रमका बीच विमोचन गरेका थिए । पुस्तकमा खेलका क्रममा बढी आवश्यक पर्ने कुराहरु प्राथमिक उपचार , स्पोर्ट्स इन्जुरी, डाइट तथा न्युट्रीसियन, अभ्यास, ड्रग्स  तथा डोपिङ र फिजियोथेरापी सम्बन्धि चर्चा गरिएको छ । पुस्तक विभिन्न क्षेत्रमा कार्यरत चिकिस्तकहरुले संग्युक्त रुपमा लेखेका हुन् । पुस्तक डा पदम बहादुर खड्का, डा चैतन्य अधिकारी, विजय काफ्ले, रबी राज बसौला, सरोज पाण्डे र सुस्मा क्षेत्रिले संग्युक्त रुपमा लेखेका हुन् ।

पुस्तक विमोचन कार्यकममा बोल्दै मन्त्री केसीले खेलका दौरान खेलाडीले अनेक समस्याहरु भोग्ने गरेको बताउदै त्यसबारे जानकारी दिने यो पुस्तक खेलाडीहरुको लागि महत्वपूर्ण रहेको बताए । यस्तै पुस्तक लेखनमा अगुवा गरेका डा खड्काले यो पुस्तकले खेलाडी घाइते हुदाँ प्राथमिक उपचार, घाइते खेलाडीको सफल उपचार र खेलमा फर्कन सक्ने बनाउन सहयोग पुग्ने बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २८, २०७४  १७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC