site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
खेलाडीहरुलाई ब्लु क्रस हस्पिटलको उपचार सुबिधा
Ghorahi CementGhorahi Cement

काठमाडौं ।  त्रिपुरेश्वरमा रहेको अस्पताल ब्लु क्रसले नेपाली खेलाडी, प्रशिक्षक, पदाधिकारी तथा  उनीहरुका परिवारलाई उपचार सुविधामा छुट दिने भएको छ ।

नेपाल खेलाडी तथा प्रशिक्षक संघको सहकार्यमा ब्लु क्रसले खेलाडी, प्रशिक्षक तथा उनीहरुका परिवारहरुलाई आगामी चारबर्ष सम्मको लागि उपचार सुविधामा छुट दिने भएको हो । संघ र ब्लु क्रस हस्पिटलबीच उपचार सेवा सुविधा छुटबारे बुधबार चार बर्षे सम्झौता भएको छ । सम्झौता पत्रमा संघका अध्यक्ष महेश महर्जन र अस्पतालका मेडिकल डाइरेक्टर डा प्रज्वल मन श्रेष्ठले हस्ताक्षर गरे ।

Agni Group

सम्झौतापछि खेलाडीहरुले सबैखाले उपचारमा २० प्रतिशत छुट पाउनेछन् । त्यस्तै नेपालमा उपचार सम्भब नभएर भारत लगायतको देशमा लैजान परे त्यसमा ५ देखि १० प्रतिशत छुट हुने छ ।  ब्लु क्रस हस्पिटलमा उपचार गराउन आउदा खेलाडी संघबाट सिफारिस ल्याएर आउनु पर्ने छ । यस्तै अन्य सुबिधाहरु बारे थपघट गर्न परे दुवै पक्षबीच नयाँ सम्झौता हुनेछ ।

यसैबीच संघले करातेका प्रशिक्षक पशुपतिनाथ मुल्मीलाई सम्मान गरेको छ । लामो समयबाट जापानमा रहेर कराते प्रशिक्षक काम गरिरहेका मुल्मीलाई सघले सम्मान पत्रसहित सम्मनित गरेको हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २८, २०७४  १७:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC