ad

देश

मेडिकल काउन्सिलको निर्वाचन भोलि

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको नयाँ कार्यसमिति चयनका लागि बिहीबार निर्वाचन हुने भएको छ । १ जना उपाध्यक्ष र ८ जना सदस्यहरूको ४ वर्षको कार्याकालका लागि काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल प्रहरीको हेल्थ क्लब र ललितपुरको जावलाखेलमा रहेको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा निर्वाचन हुने काउन्सिलको निर्वाचन समितिले  जनाएको छ । 
कार्यसमिति छनोटका लागि हुने मतदान बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म हुनेछ । 
मतदान गर्न आउनेहरुले नेपाल मेडिकल काउन्सिलले जारी गरेको परिचयपत्र, काउन्सिलले जारी गरेको चिकित्सक दर्ता प्रमाणपत्र, नेपाल मेडिकल एसोसिएसन, नेपाल डेण्टल एसोसिएसनको अवधि नसकिएको परिचयपत्र, नेपाली नागरिकता तथा निर्वाचन आयोगले जारी गरेको मतदाता नामावलीको परिचयपत्रमध्ये कुनै एक सक्कल ल्याउनुपर्ने निर्वाचन समितिले जनाएको छ । 
भदौ २३ गते देशभरका १६ स्थानमा निर्वाचन भइसकेको छ । 
 

तपाईंको मत