site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
अहिले मधेसमा एमालेलाई सुध्रिने ठाउँ दिएका छौं
Sarbottam CementSarbottam Cement

स्थानीय तह निर्वाचनको चुनावी तापक्रम बढिरहँदा दवावमा छ राष्ट्रिय जनता पार्टी  (राजपा) । आन्दोलनलाई निष्कर्षमा नुपुर्याइ चुनावमा फर्किएको पार्टी भएकाले पनि उसलाई परिणाम आफ्नै पक्षमा पार्नुपर्ने प्रेसर छ । ६ मधेस केन्द्रित दल एकीकृत भएको बनेको पार्टी हुनाले लाभ पनि छ  । र, चुनावको मुखैमा प्रभावशाली नेताहरूको बर्हिगमनले ऊ सामू चुनौती पनि छ । दुई नम्बर प्रदेशमा पहिलो शक्ति बन्ने लक्ष्यका साथ उसले उमेदवारहरूलाई मैदानमा खडा गरेको छ ।
चुनावी प्रचार–प्रसारको चटारोमा रहेका राजपाका महासचिव मनिषकुमार सुमनसँग हाम्रो भेट सप्तरीको राजविराजमा भएको थियो । बाह्रखरीकर्मी अक्षर काकाअशोक पौडेलले सुमनसँग गरेको कुराकानीको सम्पादित अंश :


दुई चरणको स्थानीय निर्वाचन बहिस्कार गरेको यहाँको पार्टी पनि तेस्रो चरणमा दुई नम्बर प्रदेशमा सहभागी भएको छ । कत्तिको छ चुनावी दौडधुप ?

 

Prabhu Bank
Agni Group
NIC Asia

निर्वाचन आउन केही दिन मात्रै बाँकी भएकाले एकदम दौडधुप छ । हाम्रा सबै नेता तथा कार्यकर्ताहरु स्थानीय निर्वाचनमा परिचालित भएका छन् । अध्यक्ष मण्डलका सदस्य लगायत प्रत्येक नेताहरु निर्वाचनमा छन् ।

संविधान जारी भएदेखि नै संशोधनको माग गर्दै यहाँहरु संघर्षमा हुनुहुन्थ्यो । संविधान संशोधन प्रस्ताव फेल भएपछि निर्वाचनमा आउनुभयो ? कसरी यो परिस्थिति सृजना भयो ? 

Global Ime bank

हामीले पहिले देखि नै भन्दै आएका थियौं । यो निर्वाचन केबल निर्वाचन मात्रै होइन । नेपालको संविधान २०७२ को कार्यान्वयन पनि हो । तसर्थ केही विषय संशोधन गर र त्यसमा हाम्रो पनि आत्मियता छ भन्ने अडान थियो । त्यहि कारणले पहिलो चरण र दोस्रो चरणको निर्वाचनलाई सशक्त रुपमा बहिस्कार गर्यौं । तर, तेस्रो चरणको निर्वाचन भन्दा पहिले संविधान संशोधन मतदानमा लगेर टुंग्याइएकाले हामी निर्वाचनमा आएका हौं । 

अर्को कुरा २० वर्षसम्म स्थानीय तहमा भइरहेको भ्रष्टाचारलाई समाप्त पार्न, बेथितिलाई हटाउन, लोकतन्त्रमा आफ्ना मागहरु स्थापित गर्न सबैभन्दा ठूलो अहिंसात्मक बाटोका रुपमा निर्वाचनलाई प्रयोग गर्न खोजेका छौं । तसर्थ तेस्रो चरणको निर्वाचन पर्सादेखि सप्तरीसम्म हुन गइरहेको छ । हामी त्यसमा सहभागी छौं । 

संविधान संशोधनको विषयमा कुरा गर्दा यसअघि हामी असन्तुष्ट हुँदाहुँदै ९० प्रतिशत सांसदले जारी गर्नुभएको थियो । तर, अहिले ६२ प्रतिशतले संविधानका यी विषय संशोधन हुन जरुरी छ भन्दै मत व्यक्त गरेका छन् । यसले संविधान अपुरो र अधुरो छ भन्ने प्रमाणित हँदा हामी खुसी छौं । 

संविधान संशोधनको अपरिहार्यता प्रमाणित भएको यहाँले बताउनुभयो । यो सँगै तपाईँहरुले भन्दै आएको मधेस ८ जिल्लामा सीमित भएको कुरालाई त मान्नुहुन्छ नि ?

संघीयताको यो सिमांकनलाई हामीले मानेका छैनौं । संघीयताको यो सिमांकन अवैज्ञानिक र अपुरो छ । यसले न यसले जनघनत्वलाई देखेको छ, न आर्थिक सम्भाव्यतालाई देखेको छ । न त सघन बसोबास वा भाषिक विशेषतालाई देखेको छ । अहिले उहाँहरुले बनाइदिएको प्रदेश नं २ आर्थिक रुपले यस्तो गरिब छ ।

जहाँसम्म मधेसको कुरा छ । मधेस भनेको निर्वाचन हुने इकाइले तोकिने होइन । त्यो त समान बसोबास, समान भाषिक बसोबास, सांकृतिक जनघनत्वले निर्धारण हुने हो । मधेस भनेको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र उत्तर चुरेदेखि दक्षिणमा भारतको सिमासम्म हो । निर्वाचन आयोगले गराउने इकाइलाई मात्रै मधेस भनिँदैन । 


मंसिर १० मा पहिलो चरण र २१ मा दोस्रो चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अहिलेकै सिमांकन अनुसार नै हुँदैछ । सोही अनुसार यहाँहरु पनि निर्वाचनमा सहभागी हुनुहुन्छ होइन ? 

नेपालको राजनीतिमा जे पनि हुन सक्छ । अब हुने निर्वाचन अगाडि सिमांकन हेरफेर हुँदैन । त्यो हामीलाई पनि राम्ररी थाहा छ । तर, अहिले फेल भएको संविधान संशोधन कांग्रेस र माओवादीको ‘कन्जिुसी’ मानसिकताबाट आएको थियो । यो पनि नगरौं, त्यो पनि नगरौं भन्दै अत्यन्तै ‘कन्जुसी’ मानसिकताका साथ अधुरो र अपुरो संशोधन विधेयक आएको थियो । त्यो संशोधन विधेयक पराजित र परास्त भइसक्यो । अब हुने निर्वाचनको जनमतले यो भन्दा राम्रो संशोधन विधेयक ल्याउनेछ भन्ने हामीले विश्वास लिएका छौं । 

 

निर्वाचनमा होमिनुभएको छ,  २ नम्बर प्रदेश नै यहाँहरुको मुख्य आधार भूमि भन्नुहुन्छ । कति सिट जित्ने आँकलन छ ? 

 

यति सिट भनेर हामी दाबी गर्दैनौं । हामी के कुरामा ढुक्क छौं भने मधेसको प्यारो पार्टी भनेको राजपा नेपाल नै हो । हालै सम्पन्न मधेस आन्दोलन हाँकेको र नेतृत्व गरेको पार्टी भएका नाताले मधेसको सबैभन्दा ठूलो पार्टी हुन्छौं भन्ने कुरामा ढुक्क छौं ।

६ पार्टी एकीकरण गरेर एउटा सकारात्मक सन्देश त दिनुभएको छ । तर, एउटै मुद्दामा आन्दोलन गरेका अन्य केही दल छुट्टै चुनावी मैदानमा छन् । यसो हुँदा तपाईँले भनेजस्तो परिणाम आउन गाह्रो होला कि ? 

मधेसवादी दल जसको मधेसमा मात्रै संगठन थियो ति पार्टीहरु एक ठाउँ भएका छौं । हो, मधेसी कहलाउँदा दलमध्ये उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम र विजयकुमार गच्छदारले नेतृत्व गरेको नेपाल लोकतान्त्रिक फोरम छुटेका छन् । उहाँहरु अहिले भर्खर मधेस आउनुभएको छ । हिजो संविधान संशोधनका विषयलाई लत्याएर रुकुम, रोल्पा, प्युठान तिर घुम्न जानुभएको थियो । हामीले उपेन्द्र यादवलाई त एकीकरणको समयमा चिठी पठाएकै हो ।

तर, उहाँ बाबुराम भट्टराई र अशोक राईको काँधमा चढ्न बढी व्यस्त भएकाले एकीकरणसम्म आउनुभएन । हामी अझै पनि राजपासँग एकीकृत हुनुस्, ६ वटा पार्टी एक भइसक्यो, संयुक्त आन्दोलन गर्ने मध्ये तपाईँ मात्रै छुटेको हो आउनुस् भनेर आग्रह गरेका छौं । अर्को निर्वाचन भन्दा पहिले आउनुहुन्छ कि सुध्रिनुहुन्छ कि भन्ने आशा छ ।

राजपाका केही नेताहरु टिकटबारे असन्तुष्ट भएर पार्टीबाट बाहिरिनुभयो । जस्तै, वीरगञ्जमा विमल श्रीवास्तव, जंग्गीलाल यादव लगायत । यस्तो हुँदा राजपामा पदलोभी छन् भन्ने सन्देश जाँदैन ?

त्यस्तो म्यासेज भन्दा पनि राजपा जनताबीच बढि लोकप्रिय र जनताका माझ बढी रहेको भान हुन्छ । पार्टी एकीकरण भएको ४ महिना भित्र निर्वाचनमा जानुपर्ने अवस्था आएको छ । त्यो पनि निर्वाचनमा जाने निर्णय गरेको छोटो अवधिमै तयारी गर्नुपर्ने बाध्यता भएकाले यस्तो देखिएको हो । साँच्चै भन्दा टिकट वितरण गर्दा राजपाका योग्य, कर्मठ, प्रतिभाशाली, अन्दोलनमा होमिएका नेताहरु उमेदवार हुनबाट छुट्नुभएको छ ।

तर, हामीले के भनेका छौं भने राजपा भोली आफ्नो सांगठनिक गतिविधि, सरकारी नियुक्ती अथवा उच्च पद र भोली हुने निर्वाचनमा प्रोत्साहन वा अवसर दिनेछौं भनेकै छौं । केही साथीहरु हाम्रो त्यो आग्रहलाई पर्खेर बस्न सक्नुभएन । स्थानीय निर्वाचन भइसकेपछि उहाँहरु पार्टी छोडेको भए अफ्ट्यारो हुन्थ्यो । तर, अगाडि नै पार्टी छोडेर जानुभएकाले गुन लगाउनु भएको छ । यद्यपी राजपाले आफ्नो कुनै त्यस्ता नेतालाई कारबाही गरेको छैन । पछि फर्केर आउने आशका साथ अहिलेलाई विदा गरेका छौं ।

नेकपा एमालेलाई अहिले मधेसमा आउन अफ्ठेरो भएको छ । त्यसको कारण राजपा पार्टी भन्ने छ नि ?
 

राजपा नेपाल बहुदलीय व्यवस्थामा विश्वास राख्दछ । दलीय संस्कार हामीले पनि मान्नुपर्छ । कुनै पनि राजनीतिक दललाई निषेध गर्न हुँदैन । हामी पनि कुनै दल विशेषलाई निषेध गरेका छैनौं । एमालेका नेताले मधेसीलाई काले भनेर होच्याएकाले, नेकपा एमालेका नेताले लटरम्म फलेको आँपबाट झरेको भनेकाले, एमाले नेताले हाम्रा बाउ बाजेले लगाउने पोषाकलाई होच्याउने गरेकाले मधेसका जनताले बहिस्कार गरेका हुन् ।

त्यो बहिस्कार गरिरहेका जनताको नेतृत्व कहीँ–कहीँ राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले गरेकै हुन् । तसर्थ एमालेलाई सुध्रिन आग्रह गरेका छौं । लोभले पनि सुध्रिनुस् भन्ने आश गरेका छौं । सुध्रिनु भएन भने निर्वाचनमार्फत जनताले देखाइ दिनेछन् । 

अहिले सरकारको नेतृत्व गरिरहेको कांग्रेसले राजपालाई हामीले चुनावमा लिएर आयौं । हुलाकी राजमार्ग लगायत मधेसको विकास कांग्रेसले नै गरेको हो भनिरहेका छन् । कांग्रेसलाई नभई यहाँको पार्टीलाई चुन्नुपर्ने कारण के ?

सात खर्ब भन्दा ठूलो राशी प्रधानमन्त्री दैविक प्रकोप कोषमा जम्मा हुँदा खर्च गर्न कन्जुस्याईँ गर्ने कांग्रेसले हुलाकी राजमार्ग जस्तो परियोजना ल्याइदिएँ भन्ने कुरा मिथ्या हुन् । हुलाकी राजमार्ग मधेसी जनताको दबाबले आएको हो । राजपाले नै हुलाकी राजमार्ग बनाउँछ ।

कांग्रेस बहुदल आएपछि २० वर्ष सरकारमा बस्यो । तर, मधेसका लागि केही गर्न सकेको छैन । हुलाकी राजमार्ग बन्ने बेला संयोगले कांग्रेसले सरकारको नेतृत्व गरिरहेकाले मैले गरेको हुँ भनेर ढिपी कस्छन् । त्यस्तो ढिपी नगर्न म आग्रह गर्छु ।

जहाँसम्म राजपालाई चुनावमा ल्याएको भन्ने कुरा छ । हामीलाई उहाँहरुले चुनावमा ल्याउनुभएको होइन । राजपाका कार्यकर्ताको चुनावमा जाने इच्छा, आम सर्वसाधरणको दबाबका कारण हामी निर्वाचनमा जाने निर्णय गरेका हौं ।

हाम्रो संविधान संशोधनको माग छिनोफानो पश्चात निर्वाचनमा आएका छौं । कसैले ल्याइदिएको होइन । जनतामा काम गर्ने पार्टी हो । जनादेश अनुसार निर्वाचनमा आएका हौं । 

अन्तिममा मतदातालाई पार्टीको तर्फबाट के अपिल गर्नुहुन्छ ?
 

हामीले मतदातााई घोषणापत्र मार्फत अपिल गरेका छौं । राजपा सत्ताको लागि होइन, संघर्षका लागि जन्मिएको पार्टीको हो । राजपाले जितेको स्थानीय तहमा स्वायत्तता र आत्मनिर्णयको अधिकार दिनेछ । मधेस विकासको मेरुदण्ड हुलाकी सडक निमार्णलाई विशेष जोड दिनेछ ।

मधेसलाई देश र दुनियाँलाई चिनाउने छ । मधेसका युवालाई स्वरोजगारको व्यवस्था गर्नेछौंं । यो विभेदकारी संविधानको आवश्यक संशोधनका लागि हामीलाई प्रेरित गर्नेछ । आन्दोलनमा साहदत प्राप्त शहिदको सम्मान दिन र घाइते आन्दोलनकारीलाई मलम लगाइदिन पनि राजपालाई सबैले मतदान गर्छन् भन्ने आशा लिएका छौं । 
     
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २८, २०७४  १५:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC