राजनीति
लहान । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मधेशलाई समृद्ध र मधेशीलाई सम्मानित बनाउने आफ्नो मुख्य एजेण्डा भएको बताएका छन् ।
तेस्रो चरणको स्थानीय निर्वाचन प्रचारप्रसारको क्रममा सिरहा आइपुगेका भट्टराईले सभालाई सम्बोधन गर्दै हिमाल, पहाड र तराईलाई जोडेर राष्ट्रिय एकतालाई समृृद्ध बनाउने आफ्नो लक्ष्य भएको बताए । मधेश र मधेशीलाई अधिकार सम्पन्न बनाउन आफू लागिपरेको उनको भनाइ थियो ।
मुलुकको विकास र समृद्धिका लागि नयाँ सोचका साथ नयाँ शक्ति निर्माण भएकाले आफ्नो पार्टीले चुनाव जित्न सके मात्र नेपाली जनताको सपना सकार हुने उनको भनाइ थियो । रासस
प्रकाशित मिति: बुधबार, भदौ २८, २०७४ १४:५०
प्रतिक्रिया दिनुहोस्