site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौँ । पाकिस्तानमा निर्मित विभिन्न सामग्रीको आठौँ संस्करणको प्रदर्शनी त्रिपुरेश्वरस्थित ट्रेड सेन्टरमा शुरु भएको छ । 

नेपाल र पाकिस्तानबीचको आपसी सम्बन्ध तथा व्यापार अभिवृद्धि गर्ने ध्येयले आयोजित सो प्रदर्शनीमा विशेषगरी छालाका सामग्री, हस्तकलालगायतका सामग्री छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यहाँस्थित पाकिस्तानी राजदूतावासले विगत केही वर्षदेखि यस किसिमका मेलाको संयोजन गर्दै आएको छ । नेपाल–पाकिस्तानबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । पाकिस्तान दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको संस्थापन सदस्य देश हो । 

अर्कोतर्फ यी दुईदेशबीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको लामो समय बितिसक्दा पनि व्यापारमा क्षेत्रमा खासै ठूलो हिस्सा ओगट्न सकेका छैनन् । एक तथ्याङ्कअनुसार विगत पाँच वर्षमा दुईदेशका बीचमा वार्षिक चार करोड ८० लाख डलर बराबरको व्यापार भएको थियो । गत वर्ष नेपालले करिब ४५ लाख डलरबराबरको सामान पाकिस्तान निर्यात गरेको थियो । 

Global Ime bank

वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मा र नेपालका लागि पाकिस्तानका राजदूत मज्हर जावेदले सो प्रदर्शनीको शुभारम्भ गरे । सो अवसरमा मन्त्री विश्वकर्माले नेपाल र पाकिस्तानबीच दौंत्य सम्बन्ध तथा जनस्तरको सम्बन्धलाई अझ विस्तार गर्न प्रदर्शनीले मद्दत मिल्ने बताए । 
नेपाल सरकारका मुख्य सचिव राजेन्द्रकिशोर क्षत्रीले सार्कको संस्थापक सदस्य हुनाका नाताले दुई देशले व्यापार प्रवद्र्धनलाई बढाउनुपर्ने उल्लेख गरे । विगत आठ वर्षदेखि हरेक वर्ष हुँदै आएको सो प्रदर्शनी सात दिन जारी रहनेछ । नेपाल–पाकिस्तान मैत्री समाजका अध्यक्ष हिमालयशमशेर राणालगायतले प्रदर्शनी सफलताको कामना गरे । रासस 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २८, २०७४  १४:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC