site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
८८ किलो सुनका मालिक भगाउन नेताको सक्रियता !  वानजस्ता १० तस्कर ठमेलमै सक्रिय  
Ghorahi CementGhorahi Cement

काठमाडौं । गएको साता काठमाडौंको क्षेत्रपाटीबाट बरामद भएको ८८ किलो अवैध सुनका मालिक भनिएका काठमाडौं वान होटलका सञ्चालक चिनियाँ नागरिक वान विई मिङ नेपालबाट हुने डलर तस्करीका पनि मुख्य नाइके भएको खुलेको छ । प्रहरी उच्च स्रोतका अनुसार सुन समातिएपछि फरार मिङले होटल काठमाडौं वानलाई देखावटी व्यापार बनाएर भित्री रुपमा नेपालबाट डलर चीन सप्लाइ गर्ने र उताबाट भन्सार छलीको सुन काठमाडौं भित्र्याउने गरेको प्रहरी आशंका छ ।

ठमेल क्षेत्रमा अवैध रुपमा संकलन हुने अमेरिकी डलर उनै मिङको हातमा पुग्ने र उनले नै चीन सप्लाइ गर्ने गरेको स्रोतले बाह्रखरीलाई जानकारी दियो । 

स्रोत भन्छ, “वानको डबल रोल छ, भन्सार छलीको सुन काठमाडौं ल्याउने र काठमाडौंमा संकलन भएका अवैध डलर चीन कटाउने । उनले यो धन्दा लामो समयदेखि गर्दै आएका थिए ।” ज्याठामा रहेको होटल बेइजिङ पनि वान र याङ वेन चिङले आफैं सञ्चालन गर्दै आएका थिए । होटल बेइजिङ अवैध डलर संकलनको अखडा भएको सुइँको पाएपछि पटक¬–पटक प्रहरीले उक्त होटलमा निगरानी बढाउँदै आएको थियो । त्यसपछि वान र चिङले दुई होटल बेचेर काठमाडौं वान नामक होटल खोलेका हुन् । 

Agni Group

स्रोतका अनुसार प्रधानमन्त्री माधवकुमार नेपालका पालामा प्रहरीले होटलमा छापा मार्न खोज्दा प्रहरीमाथि नै आक्रमण प्रयास भएको थियो । ‘माथीको आदेश’ पछि प्रहरी त्यतिबेला वान दम्पतिलाई कारबाही नगरी निस्केको थियो । उक्त होटल अवैध डलर जम्मा हुने केन्द्र र भन्सार छलीको सुन, तथा रक्तचन्दन कारोबारको केन्द्र नै बनेको प्रहरी प्रशासनलाई थाहा भएपछि उनीहरुले अर्को होटल खोलेको जानकार स्रोतले बतायो । 

वानको नेपालका उच्च सरकारी अधिकारी तथा दलका नेताहरुसँग राम्रो सम्बन्ध रहेको प्रहरी आशंका छ । नेपालस्थित चिनियाँ दूतावाससँग राम्रो सम्बन्ध भएका कारण नेपालका केही उच्च अधिकारीको उनीसँग नियमित भेटघाट हुने गरेको स्रोतको दाबी छ ।

Global Ime bank

८८ किलो सुन प्रकरणपछि वान पक्राउ परे अन्य सबै पोल खुल्ने डरले उनलाई नेपालबाट भगाउन केही प्रभावशाली नेताहरु नै लागेको स्रोत दाबी गर्छ । 

 

वानले नै बनाएका थिए लुम्बिनीमा गुम्बा

लुम्बिनीमा चीनले निर्माण गरेको गुम्बाको मुख्य जिम्मेवारी पनि वान विई मिङले पाएका थिए । स्रोतका अनुसार उनी चीनका पूर्व सरकारी कर्मचारी हुन् । त्यसकारण चीनले लुम्बिनीमा निर्माण गरेको गुम्बाको सम्पूर्ण जिम्मेवारी उनैले पाएका थिए । त्यसबेला उनी भारतीय खुफिया एजेन्सी रअको निगरानीमा रहेको बताइएको छ । 

 

वानजस्ता १० तस्कर छन् ठमेलमा
 

स्रोतका अनुसार वान विई मिङजस्ता १० भन्दा बढी तस्कर ठमेल क्षेत्रमा बस्छन् । उताबाट ल्याएको सुन भारतीय बजारमा पुर्याउने तथा ठमेल क्षेत्रमा जम्मा भएको अवैध विदेशी मुद्रा मिङको हातमा पुर्याउनेहरु व्यापारीको आवरणमा ठमेलमा रहेको स्रोतले जानकारी दियो ।

ठमेल क्षेत्रमा रहेका मनी एक्सचेन्ज र केही ट्राभल एजेन्सीले जम्मा पारेको डलरको अन्तिम गन्तव्य वानको होटल नै रहेको बताइएको छ । जानकार स्रोतका अनुसार उनीसँग माओवादी केन्द्रका केही उच्च नेताहरुको पनि बाक्लो उठबस छ । अनुसन्धानकै क्रममा रहेकाले अहिले नै धेरै कुरा खोल्न नमिल्ने प्रहरी स्रोत बताउँछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २८, २०७४  १४:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC