site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
शीर्ष नेताको मधेस होड, एमाले अध्यक्ष ओली पनि झर्दै 
Ghorahi CementGhorahi Cement

काठमाडौं । दुई नम्बर प्रदेशमा चुनावी सरगर्मी बढिरहँदा शीर्ष नेताहरू तराई जाने होडबाजी चलेको छ । माओवादी केन्द्रका अध्यक्ष दोहो¥याएर दुई नम्बर प्रदेश पुगेका छन् भनेर कांग्रेस सभापति एवम् प्रधानमन्त्रीसहितको शीर्ष नेतृत्वको टोली मंगलबार सप्तरी, राजविराज पुग्यो । 

कांग्रेसका सबैजसो शीर्ष नेताहरु यसबेला तराईमै केन्द्रित छन् । 

यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि जीतपुर, बर्दिबास लगायतका ठाउँमा सम्बोधनका लागि जाने भएका छन् । 

Agni Group

उनी बुधबार दुई नम्बर प्रस्थान गर्ने कार्यक्रम रहेको एमाले सचिवालयले जानकारी दिएको छ ।

एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार अध्यक्ष ओलीले जीतपुर–सिमरा उपमहानगरको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष ओलीले शुक्रबार त्यहाँको सभालाई सम्बोधन गर्नेछन् भने बर्दिबासमा पनि सम्बोधनको तयारी भइरहेको छ । बर्दिबासपूर्व पनि अध्यक्ष ओलीको कार्यक्रम बन्न सक्ने एमालेको भनाइ छ ।

Global Ime bank

तर बर्दिबासभन्दा पूर्वका कार्यक्रम भने बनिसकेका छैनन् । यसअघि सबै दलका शीर्ष नेताहरु चुनावी तयारीका लागि मधेस झरेको भए पनि एमाले अध्यक्ष ओली मधेस जान नसकेको टिकाटिप्पणी हुँदै आएको थियो ।

एमालेका को–को नेता छन् मधेसमा ?
 

एमाले बरिष्ठ नेता माधव नेपाल डेढ सातादेखि मधेसमै छन् । रौतहट गृहजिल्लासमेत भएका नेता नेपालले रौतहट, बारा, पर्सा, महोत्तरी जिल्लाका चुनावी भेला, सभालाई सम्बोधन गरिसकेको छन् भने बुधबार सर्लाहीको विभिन्न ठाउँका चुनावी सभामा पुग्ने कार्यक्रम छ । त्यस्तै दुई नम्बर प्रदेशको चुनावको संयोजन गरिरहेका महासचिव ईश्वर पोखरेल पनि मधेसमै रहेको एमालेले जनाएको छ ।

दुई नम्बर प्रदेश संयोजक सत्यनारायण मण्डल एक महिनादेखि मधेसमै छन् । सप्तरी गृहजिल्ला भएको नेता मण्डल सप्तरीमै रहेर चुनावी गतिविधिलाई तीव्रता दिएका छन् ।

त्यस्तै उपमहासचिव घनश्याम भूषाल र विष्णु पौडेल तथा सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, प्रदीप ज्ञवाली लगायत नेताहरू दुई नम्बर प्रदेशमा खटिएको एमाले नेताले जानकारी दिए ।

प्रदेश सहसंयोजक नागेन्द्र चौधरी वीरगन्ज महानगरपालिकामा केन्द्रित छन् भने अर्का पोलिटव्युरो सदस्य लालबाबु पण्डितले सर्लाही छाडेका छैनन् । यसैगरी वैकल्पिक पोलिटव्युरो सदस्य शत्रुध्न महतो जनकपुरमा छन् ।

फाइल तस्बिर 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २८, २०७४  १३:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC