site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नेपथ्यको नयाँ भिडियो ‘सिरानमा फोटो’ सार्वजनिक
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । लोकरक ब्याण्ड नेपथ्यले आफ्नो रजत उत्सव पारेर नयाँ म्यूजिक भिडियो रिलिज गर्ने क्रमलाई निरन्तरता दिँदै यसपटकका निम्ति सरल गीत ‘मै मरि जाउँला’चयन गरेको छ । स्थापनाको २५ वर्ष पुगेका अवसरमा ब्याण्डले आफ्ना श्रोतालाई यो वर्षभरि नयाँ म्यूजिक भिडियो उपहार दिने घोषणा गरेको थियो । सेप्टेम्बर महिनाका निम्ति चयन गरिएको यो गीत नेपथ्यको नवौं अल्बम ‘ऐनाझ्याल’बाट लिइएको हो ।
 
‘मै मरि जाउँला’गीतका शब्द र संगीत लाङटाङ भेगतिर भेटिने लोकभाकामा आधारित छ जुन स्थानमै नेपथ्यको लोकप्रिय गीत ‘भेँडाको ऊनजस्तो’खोजी गरिएको थियो । नेपथ्यले आफ्नो आधिकारीक युट्युब च्यानल YouTube.com/nepathyaofficial को घोषणासँगै स्वतन्त्र रुपले म्यूजिक भिडियो राख्दै आएकोमा त्यसै श्रृंखलाको यो आठौं म्यूजिक भिडियो बन्नपुगेको छ । च्यानलमा अहिलेसम्म राखिएका प्रत्येक गीतलाई श्रोताहरुको ठूलो संख्याले ग्रहण गरेको देखिँदै आएको छ । 
 
‘संगीतकर्मी र उसका श्रोता बीचको पहुँचलाई पछिल्लो समय युट्युबले अत्यन्त सहज बनाइदिएको छ,’ नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘परम्परागत माध्यमहरुको अन्त्यसँगै त्यसभन्दा बेग्लै किसिमले उदाएको संगीतको यो नयाँ संवाहकले नयाँ र पुराना सबै कलाकारहरुलाई आफ्ना श्रोतासँगको सम्वन्ध नयाँ किसिमले विकास गर्ने अवसर दिएको छ ।’
 
‘मै मरि जाउँला’तामाङ सेलोमा आधारित गायन हो जसका शब्दहरुले पछिल्लो समय वैदेशिक रोजगारमा विदेश भासिएकाहरुको मनका बेदनालाइ बोकेको छ । आफन्त छाडेर विरानो देसमा जाने कतिपय युवाहरुले त फेरि फर्केर परिवारको अनुहार पनि देख्न पाउँदैनन् । त्यही पीडा छातीमा बोकेर गाइएको गीतले भन्छ –
 
‘मै मरि जाउँला... जीवन छोटो छ
लेखेको सम्झना, च्यातेर नफाल
सिरानमा फोटो छ, सिरानमा फोटो छ’
 
यसको म्यूजिक भिडियोलाई ‘सिम्पल लिरिक भिडियो’का हिसाबले तयार पारिएको छ । अहिलेको अन्तर्राष्ट्रिय म्यूजिक भिडियो तयार पार्ने यो आधुनिक ट्रेण्ड हो । यसमा कमिक्समा चित्रहरुबाट पात्र र घटना वर्णन गरिएजस्तै दृश्यका माध्यमबाट गीतका भावलाई प्रस्तुत गर्न खोजिएको छ ।
 
‘हामीले हरेक अल्बममा औसत दस वटाजति गीत समावेश गर्दै आइरहेका छौं,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘त्यसमध्ये जहिले पनि एकाध गीतहरु मात्र लोकप्रिय हुन्छन् र बाँकीका गीतहरु ओझेलमा पर्छन् । त्यस्तै भाग्य बोकेको यो गीतको यति समय पछि म्यूजिक भिडियो बनेर युट्युब मार्फत फेरि रिलिज हुन लागेकोमा असाध्यै खुशी लागेको छ ।’
 
यसलाई नेपथ्यको च्यानल YouTube.com/nepathyaofficial स्थित यो लिंक https://youtu.be/3ImKq4nGqdM मा हेर्न सकिन्छ ।
 
नेपथ्यले अष्ट्रेलिया र न्यूजिल्याण्डको श्रृंखलावद्ध सांगीतिक भ्रमण सकेर आएपछि यो गीतलाई रिलिज गरेको हो ।
‘यो रिलिजसँगै हाम्रो भिजुअल टिम फेरि अर्को गीतको म्यूजिक भिडियो तयार पार्ने काममा लागिसकेको छ,’ नेपालयका किरणकृष्ण भन्छन्, ‘अबको म्यूजिक भिडियो भने अहिलेसम्म सार्वजनिक नभएको दसौं अल्बमको ताजा गीतमाथि बन्नेछ ।’


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २८, २०७४  १२:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC