site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सिटिजन्स बैंकको ६२ औं शाखा मकवानपुरको मनोहरीमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिटिजन्स बैंकको ६२ औं शाखा मकवानपुरको मनोहरीमा खुलेको छ ।

भदौ २७ गते मंगलबार बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकिङ कारोबारको सुरुवात गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उद्घाटन कार्यक्रममा जिल्लाका उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगवाहरूको बाक्लो उपस्थिति रहेको थियो ।

उद्घाटनको अवसरमा बैंकले दुई स्थानीय विद्यालयहरुलाई १–१ थान कम्प्यूटर वितरण गर्नुका साथै मनहरी बजारमा आयोजना हुन लागेको दुर्गा उत्सव सम्पन्न गर्नका लागि आर्थिक सहयोग स्वरुप रु. १०,०००।– प्रदान गरेको जनाएको छ ।

Global Ime bank

मनहरी शाखाको विधिवत समुदघाटनसँगै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकलाई देशभरी फैलिएका यस बैंकको ६२ वटा शाखा, ५९ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखारहित आधुनिक  बैंकिङ्ग सेवाहरूबाट करिव ३ लाख ५० हजार ग्राहकहरूलाई सेवाप्रदान गर्दै आएको जानकारी दिइएको थियो ।

साथै आफ्नो ग्राहकवर्गहरूलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु साथै कुनै पनि शाखाबाट रकम भिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

देशको विभिन्न क्षेत्रका ग्राहकवर्गलाई सेवा उपलब्ध गराउने अभिप्रायले बैंकले निकट भविष्यमा हुम्लाको सर्केगाड, डांगको बंगलाचुली, झापाको हाल्डीबारी, महोत्तरीको औरही तथा बर्दियाको बडैयातालमा शाखा विस्तार गर्ने योजना  अगाडी सारेको प्रशासकीय अधिकृत उमंग शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २८, २०७४  १०:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC