site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बार्सिलोनाद्वारा युभेन्टस पराजित, मेस्सीको दुई गोल
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले युईएफए च्याम्पियन्स लिग फुटबलमा विजय सुरुवात गरेको छ । लिग अन्तर्गत मंगलबार राति भएको समूह चरणको पहिलो खेलमा बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई ३–० गोल अन्तरले पराजित गरेको हो  ।

घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई तथा इभार्न याकिटिकले एक गोल गरे ।  खेलको ४५ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए  ।  दोस्रो हाफमा भने बार्सिलोनाले थप दुई गोल गर्यो  ।  खेलको ५६ औँ मिनेटर्मा याकिटिकले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ६९ औँ मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाए ।

Prabhu Bank
Agni Group
NIC Asia

नाउ क्याम्पमा गत बर्षको उपविजेता युभेन्टस घरेलु टोलिविरुद्ध निरिह देखिएको थियो । तर, युभेन्टसले केहि गोलको अवसर भने खेर फालेको थियो ।  बार्सिलोनाविरुद्ध ७ पटक उत्कृष्ट पोष्ट आक्रमण गरेपनि युभेन्टसले गोल निकाल्न सकेनन्  ।  च्याम्पियन्स लिगको समूह चरणमा युभेन्टसको यो हार सन् २००९ पछिको दोस्रो ठुलो फराकिलो हार हो ।

युभेन्टसमाथिको जितसँगै समूह डीको शिर्ष स्थानको बार्सिलोनाले ३ अंक जोडेको छ । पराजित युभेन्टस अंक बिहिन छ । यो समूहको दोस्रो स्थानमा पोर्चुगलको स्पोर्टीङ सिपि रहेको छ । स्पोर्टीङले मंगलबार राति ओलम्पियाओसलाई ३ – २ ले पराजित गरेको थियो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २८, २०७४  ०८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC