site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
त्रिविका उपकुलपति खनियाँ कांग्रेसका अन्तर्घाती ?
Sarbottam CementSarbottam Cement

आज समीक्षित पत्रिकाहरूले भिन्नभिन्न विषयवस्तुलाई समाचारका मुख्य विषय बनाएका छन् ।

नयाँ पत्रिकामा रमेश र वीरेन्द्रले लेखेको ‘कहिलेसम्म जान्छ कांग्रेस–माओवादी गठबन्धन ?’ शीर्षकको समाचार मुख्य छ भने ‘त्रिविका उपकुलपति कांग्रेसका अन्तर्घाती’ शीर्षकमा रमेश सापकोटाले लेखेको समाचार पनि उत्तिकै महत्त्वका साथ प्रस्तुत छ ।

कांग्रेस–माओवादी गठबन्धनसम्बन्धी समाचारमा नेपाली राजनीतिमा केही समययता स्थापित भएको कांग्रेस–माओवादी गठबन्धनको अन्तरंग विश्लेषण छ । कांग्रेस नेता रमेश लेखक, एमाले नेता प्रदीप ज्ञवाली र विश्लेषक पुरुषोत्तम दाहालको प्रतिक्रियासमेत समेटिएको उक्त विश्लेषणको निष्कर्ष छ, प्रतिनिधिसभामा पनि स्पष्ट बहुमत कसैको नआउने निश्चितजस्तै भएकाले गठबन्धनलाई थप निरन्तरता दिने पक्षमा कांग्रेस–माओवादी रहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नयाँ पत्रिकामा लेखिएको त्रिविका उपकुलपतिसम्बन्धी समाचारमा चाहिँ स्थानीय निर्वाचनमा पार्टीलाई अन्तर्घात गरेको आरोपमा नेपाली कांग्रेसले त्रिविका उपकुलपति तीर्थ खनियाँसँग स्पष्टीकरण लिने निर्णय गरेको उल्लेख छ । समाचारअनुसार कांग्रेस महासमिति सदस्यसमेत रहेका खनियाँले चितवनमा पार्टीका आधिकारिक उमेदवारविरुद्ध अन्तर्घात गरेको उजुरी परेको थियो । कांग्रेसको अनुसन्धान समितिले प्रारम्भिक अनुसन्धानपछि डा. खनियाँसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।     

किन दिए सिलवालले राजीनामा ?
 

Global Ime bank

सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले आईजीपीका लागि प्रकाश अर्यालको कार्यसम्पादन उच्च रहेको फैसला सुनाउँदै मन्त्रिपरिषद्को निर्णय उल्ट्याउने मागसहित डीआईजी नवराज सिलवालले दिएको निवेदन मङ्गलबार खारेज गरेसँगै डीआईजी सिलवालले दुई पृष्ठ लामो भावुक विज्ञप्ति सार्वजनिक गरेर प्रहरी सेवाबाट राजीनामा दिएको खबरलाई आज समीक्षित सबै पत्रिकाले समेटेका छन् ।

‘सर्वोच्चद्वारा सिलवालको रिट खारेज’ शीर्षकमा यम विरही र सुवास गोतामेले अन्नपूर्ण पोस्टमा यससम्बन्धी समाचार लेखेका छन् भने कान्तिपुरमा कृष्ण ज्ञवालीले लेखेको ‘अर्याललाई महानिरीक्षक नियुक्त गर्ने निर्णय सदर’ शीर्षकको यससम्बन्धी समाचार पृष्ठ १७ मा लेखिएको छ । कान्तिपुरको सोही समाचारअन्तर्गत ‘डीआईजी सिलवालद्वारा राजीनामा’ उपशीर्षकको समाचारमा भनिएको छ, ‘‘उनले न्यायका लागि सात महिनाअघि आफूले सुरु गरेको लडाइँ अन्त्य भएको भन्दै नेपाल प्रहरी सेवाबाट अलग भएको विज्ञप्तिमार्फत जानकारी दिएका हुन् ।’’ सिलवालले विज्ञप्तिमा आफ्नो न्यायको लडाइँलाई विषयान्तर गरिएको र आफू मूकदर्शक बन्न बाध्य भएको गुनासो पोखेका छन् ।  

खड्कामाथि कारवाही पक्का
 

नागरिकले लामो समयदेखि निरन्तर अनुगमन गर्दै आएको नेपाल आयल निगमको जग्गा खरिद प्रकरणलाई आज पनि महत्त्वका साथ प्रस्तुत गरेको छ ।

‘निगम जग्गा खरिद घोटाला, प्रधानमन्त्रीद्वारा कारवाही प्रस्ताव ल्याउन निर्देशन’ शीर्षकको दिलीप पौडेललिखित समाचारमा भनिएको छ, ‘‘नेपाल आयल निगम जग्गा खरिदमा करिब डेढ अर्ब रुपैयाँ घोटाला भएको छताछुल्ल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई कारवाही गर्ने प्रस्ताव ल्याउन आपूर्ति मन्त्रीलाई निर्देशन दिएका छन् ।’’

सोही समाचारअन्तर्गत अजित तिवारीले लेखेको ‘दाहालले पनि मुख खोले, कारवाही हुन्छ’ उपशीर्षकको एक अर्को समाचारमा विराटनगरमा मंगलबार पत्रकारहरूसँग प्रतिक्रिया व्यक्त गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले निगमका कार्यकारी निर्देशक गोपाल खड्कामाथि कारवाही हुने बताएको उल्लेख छ ।

काठमाडौंको धूलोले बालबालिका बिरामी
 

अन्नपूर्ण पोस्टमा दीपा दाहालले लेखेको ‘राजधानीमा अचाक्ली धुँवाधूलो, थलिँदै बालबालिका’ शीर्षक समाचार मुख्य छ । समाचार राजधानीका विभिन्न अस्पतालको अनुगमन र निरीक्षणपछि तयार पारिएको खोजमूलक रिपोर्टमा आधारित छ । समाचारमा कान्ति बाल अस्पतालका निर्देशक डा.गणेशकुमार राईको प्रतिक्रिया छ, ‘‘धुँवाधूलोकै कारण बच्चामा भयानक रोग देखिन थालेको छ । बिरामीको संख्या ह्वात्तै बढेकाले जाँच गर्न हम्मेहम्मे परेको छ ।’’

पूर्वसांसदले पाउने नै भए त पेन्सन ?
 

कुनै बेला पूर्वसांसदलाई पेन्सन सुविधा दिने कुरा व्यापक चर्चामा आए पनि पछि सेलाएर गएको थियो । तर संविधानसभाबाट रूपान्तरित संसद्को कार्यकाल सकिनै लाग्दा पूर्वपदाधिकारीलाई विलासी सुविधा दिने विधेयक पारित गराउन चलखेल सुरु भएको खबर आजको कान्तिपुरमा मुख्य समाचार बनेको छ । ‘पूर्वसांसदलाई पनि पेन्सन, भूपूलाई विलासी सुविधा दिने विधेयक पारित गर्न चलखेल’ शीर्षक दिई राजेन्द्र फुयालले लेखेको उक्त समाचारमा महिनौंदेखि संसद्को राज्यव्यवस्था समितिमा रहेको पूर्वविशिष्ट पदाधिकारीको सुविधासम्बन्धी विधेयकमा पूर्वसांसदलाई पेन्सन सुविधा घुसाएर पारित गर्नै कसरत भएको उल्लेख छ ।           

तस्बिर समीक्षा
 

अन्नपूर्ण पोस्टमा मुख्य समाचारसँग सान्दर्भिक हुने गरी श्वासप्रश्वास समस्याबाट पीडित कपनका बालक रिदम सिटौलाले कान्ति बाल अस्पतालमा अक्सिजन लिँदै गरेको तस्बिर छ ।

नागरिकमा सिरहाको जिझोल गाउँमा एक जना उमेदवारले मत माग्दै गरेको दृश्य मुख्य छ ।

कान्तिपुरमा धनुषाको मिथिला नगरपालिका लालगढमा मंगलबार नेपाली कांग्रेस र माओवादी केन्द्रले निकालेको संयुक्त चुनावी र्यालीको तस्बिर मुख्य छ ।

राजधानीमा दसैंका लागि टिकट बुकिङ खुलेपछि नयाँ बसपार्क काउन्टरमा टिकटका लागि लागेको लामको तस्बिर मुख्य छ । गोरखापत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार सप्तरीको राजविराजमा चुनावी सभालाई सम्बोधन गर्दै गरेको तस्बिर छ ।

सम्पादकीय
 

अन्नपूर्ण पोस्टले ‘आचारसंहिताको अवहेलना’ शीर्षक सम्पादकीय लेखेको छ । असोज २ गते हुने तेस्रो चरणको स्थानीय निकाय निर्वाचनको क्रममा आचारसंहिताको व्यापक उल्लंघन भएको विषय उठाउँदै सम्पादकीयमा प्रधानमन्त्री शेरबहादुर देउवाले आचारसंहिताविपरीत सरकार विस्तार गर्दै इतिहासकै जम्बो मन्त्रिमण्डल गठन गरेको, गृहमन्त्री जनार्दन शर्माले सीडीओ सरुवा गरेको र उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई त आयोगले स्पष्टीकरण नै सोधेको उल्लेख छ ।

नागरिकको ‘दोहनको दलदल’ शीर्षक सम्पादकीयमा मुलुकमा भ्रष्टाचारप्रति मौन सहमति जनाउने संस्कृति विकसित हुँदै गएकोमा चिन्ता व्यक्त गरिएको छ ।

सम्पादकीयमा भनिएको छ, ‘‘अनियमितताको खबर आउँदा कानमा तेल हालेर बस्ने, भ्रष्टाचारका ‘ठूला माछा’ सँगै रमाउने र राष्ट्रिय ढुकुटीको दोहन गरिरहने प्रवृत्तिको अन्त्य नहुने हो भने नागरिकले विकल्प खोज्नुपर्ने अवस्था आउन सक्छ ।’’

कान्तिपुरमा ‘राजनीतिक नेतृत्वको सन्देहपूर्ण मौनता’ शीर्षक सम्पादकीय छ । सम्पादकीयमा नेपाल आयल निगमलाई डुबाउने गरी ठूलो धनराशि अपचलन गरिएको जग्गा खरिदको विषयमा सत्तारूढसँगै प्रतिपक्षी दलहरूको मौनता सन्देहयुक्त रहेको उल्लेख छ ।

राजधानीको  ‘मौलिक सिर्जनाको जगेर्ना होस्’ शीर्षक सम्पादकीयमा लोपोन्मुख ठाडो भाकाका गायक भेंडीखर्के साइँला (दीर्घनाथ अधिकारी) को निधनसँगै अब ठाडो भाकाको जगेर्ना कसले गर्ला भन्ने चिन्ता सर्जकहरूले गर्न थालेको उल्लेख छ ।

नयाँ पत्रिकाको ‘नमच्चिने पिङ, नबर्सिने बादल’ शीर्षक सम्पादकीयमा सरकार र संवैधानिक निकायका काम कारवाहीले संसदीय समितिले गरेका हल्लाखल्ला केवल नमच्चिने पिङका झट्का र नबर्सिने बादलको गर्जनमा सीमित हुने खतरा बढाइदिएको उल्लेख छ ।    गोरखापत्रमा ‘निर्वाचनमा सुरक्षा सन्दर्भ’ शीर्षक सम्पादकीय लेखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २८, २०७४  ०८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC