site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मुद्दा हारेपछि नवराज सिलवालले दिए राजीनामा तर कीर्तेमा छानविन हुने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । डीआईजी नवराज सिलवालले राजीनामा दिएका छन् । कासमूका आधारमा आफू नै प्रहरी महानिरीक्षक हुनुपर्ने माग गर्दै सर्वोच्चमा दायर गरेको रिट खारेज भएकै दिन उनले राजीनामा दिएका हुन् ।

उनले विज्ञप्ति जारी गर्दै आजैका मितिबाट नेपाल प्रहरीको सेवाबाट अलग भएको बताएका छन् । “म यो क्षणमा पनि फेरि यस्तो दुस्साहस कहिल्यै नहोस् मेरो नियति फेरि कसैले भोग्न नपरोस् र प्रहरी संगठनको स्वाभिमान पहाड जस्तो सुदृढ रहोस् भन्ने कामना गर्दछु,” विज्ञप्तिमा भनेका छन् ।

उनले विज्ञप्तिमा न्याय प्राप्तिका लागि गरिएको ७ महिना लामो कानुनी लडाइको अन्त भएको पनि बताएका छन् । “मेरो लडाइ स्थिर र निष्पक्ष प्रहरी प्रशासनको अवधारणको लागि थियो । असल शासन व्यवस्थाको लागि थियो । यो लडाई प्रहरी संगठन उपर हुने राजनैतिक हस्तक्षेप र स्वेच्छाचारीतालाई दुरुत्साहन गर्नको लागि थियो । अन्यायमाथि विजयका लागि थियो,” उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले विज्ञप्तिमा प्रहरीमाथि राजनीति गर्ने अथवा राजनीतिक आधारमा प्रहरी परिचालन गर्ने दृष्टिकोण रहेसम्म कानुनी राज्य स्थापित हुन नसक्ने पनि उल्लेख गरेका छन् ।
उनले कानुनलाई नै बायाँ हातको खेल बनाउनेहरुबाट प्रजातन्त्र सुरक्षित रहन नसक्ने बताएका छन् ।

तर उनलाई कासमु कीर्तेमा भने कारवाही प्रक्रिया अघि बढाइने भएको छ ।

Global Ime bank

अति गोप्य रहने डीआईजीको कार्यसम्पादन मुल्यांकन कीर्ते गरेर सर्वोच्च अदालतमा बुझाएको आरोप लागेका डीआईजी सिलवालमाथि प्रहरीले आन्तरिक रुपमा छानविन गर्ने भएको छ ।

उनले आफू आईजीपी हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा दर्ता गरेको रिट मंगलबार मात्रै खारेज भएको छ । तर उनीविरुद्द कीर्तेको आरोप सम्बन्धी विषय टुंगो नलागेको भन्दै छानविन समितिले प्रक्रिया अघि बढाउने तयारी गरेको हो ।

अति गोप्य कागजात कीर्ते गरेर सर्वोच्चमा बुझाएको आरोप लागेपछि सरकारले एआईजी विजय कुमार भट्टको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।
सर्वोच्चले रिट खारेज गरिदिएपछि समितिलाई कारवाही अघि बढाउन बाटो खुला भएको छानविन समिति स्रोतले जानकारी दियो । तर सर्वोच्च अदालतले सोही बेला मुद्दाको किनारा नलागेसम्म अनुसन्धान नगर्नू भन्ने आदेश दिएपछि समितिले काम रोकेको थियो ।

समितिले प्रहरी प्रधान कार्यालयमा बयानका लागि बोलाएपछि डीआईजी सिलवाल बयान दिन नगई सर्वोच्च पुगेका थिए । प्रहरी प्रधान कार्यालय उच्च स्रोतकाअनुसार समितिले तयार पारेको प्रतिवेदनसहित कारवाही अघि बढाउन सिफारिस गर्ने तयारी भएको छ ।

सरकारले डीआईजी जय बहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाएपछि सिलवाल वरियताक्रममा आफू नै अघि भएको दाबी गर्दै सर्वोच्च पुगेका थिए ।

सर्वोच्चको आदेशपछि सरकारले अर्का डीआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक बनाएपछि पनि सिलवालले सोही दाबी गर्दै अदालतमा बुझाएको कार्यसम्पादन मुल्यांकन कीर्ते गरेको आरोप छ ।

तीन आर्थिक वर्षको कार्यसम्पादन मुल्यांकन हेरेर बढी नम्बर ल्याएका अर्याललाई आईजीपी बनाएपछि सिलवाल दोस्रो पटक अदालत पुगेका थिए । 
उनीमाथि कीर्ते गरेको आरोप लागेपछि समितिले छानविनका लागि बोलाएको थियो ।  उनले अदालतमा त्यही विषयमा नै मुद्दा विचाराधीन रहेको भन्दै बयान दिन अस्वीकार गरेका थिए ।
तर पछि समितिले उनीसँग बयान लिइसकेको छ । विधि विज्ञान प्रयोगशालाबाट आएको रिपोर्टका आधारमा छानविन समितिले प्रतिवेदन तयार पारेको स्रोतको दाबी छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २८, २०७४  ०७:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC