काठमाडौं । डीआईजी नवराज सिलवालले राजीनामा दिएका छन् । कासमूका आधारमा आफू नै प्रहरी महानिरीक्षक हुनुपर्ने माग गर्दै सर्वोच्चमा दायर गरेको रिट खारेज भएकै दिन उनले राजीनामा दिएका हुन् ।
उनले विज्ञप्ति जारी गर्दै आजैका मितिबाट नेपाल प्रहरीको सेवाबाट अलग भएको बताएका छन् ।
“म यो क्षणमा पनि फेरि यस्तो दुस्साहस कहिल्यै नहोस् मेरो नियति फेरि कसैले भोग्न नपरोस् र प्रहरी संगठनको स्वाभिमान पहाड जस्तो सुदृढ रहोस् भन्ने कामना गर्दछु,” विज्ञप्तिमा भनेका छन् ।
उनले विज्ञप्तिमा न्याय प्राप्तिका लागि गरिएको ७ महिना लामो कानुनी लडाइको अन्त भएको पनि बताएका छन् ।
“मेरो लडाइ स्थिर र निष्पक्ष प्रहरी प्रशासनको अवधारणको लागि थियो । असल शासन व्यवस्थाको लागि थियो । यो लडाई प्रहरी संगठन उपर हुने राजनैतिक हस्तक्षेप र स्वेच्छाचारीतालाई दुरुत्साहन गर्नको लागि थियो । अन्यायमाथि विजयका लागि थियो,” उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनले विज्ञप्तिमा प्रहरीमाथि राजनीति गर्ने अथवा राजनीतिक आधारमा प्रहरी परिचालन गर्ने दृष्टिकोण रहेसम्म कानुनी राज्य स्थापित हुन नसक्ने पनि उल्लेख गरेका छन् ।
उनले कानुनलाई नै बायाँ हातको खेल बनाउनेहरुबाट प्रजातन्त्र सुरक्षित रहन नसक्ने बताएका छन् ।
यस्तो छ उनले जारी गरेको विज्ञप्ति