site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भगवान् गणेशले मासु खाइरहेको विज्ञापन बनाएपछि अष्ट्रेलियाको विरोध
Ghorahi CementGhorahi Cement

काठमाडौं । अष्ट्रेलियाको एउटा मासु उत्पादक समूहले उत्पादन गरेको टेलिभिजन विज्ञापनमा सिद्धिदाता भगवान् श्रीगणेशले भेंडाको मासु खान लागेको दृश्य देखाइएकोमा भारतले राष्ट्रिय स्तरबाटै विरोध प्रकट गरेको छ । भगवान् श्रीगणेशले मासु खान लागेको तस्बिर राखेर विज्ञापन प्रसारण गरिएकोमा भारतले अष्ट्रेलिया सरकारसमक्ष कूटनीतिक विरोध प्रकट गरेको हो ।

बीबीसीका अनुसार उक्त विज्ञापनमा अन्य धर्मका पूज्य प्रतीकहरूले समेत भगवान् श्रीगणेशसँग बसेर मासु खान लागेको देखाइएको छ । यो विज्ञापनप्रति अष्ट्रेलियास्थित हिन्दू धर्मावलम्बीहरूले रोषपूर्ण आपत्ति जनाएका छन् । हिन्दू समुदायले कहिल्यै मासु नखाने सात्विक भगवान् श्रीगणेशलाई मासु खान लागेको देखाएर अपमानित गरिएको भन्दै यस्तो विज्ञापन घृणित दुस्साहसबाट प्रेरित भएको टिप्पणी गरेका छन् । 

Agni Group

अष्ट्रेलियाको क्यानबरास्थित भारतीय उच्चायोगले अष्ट्रेलिया सरकारका कम्तीमा तीनवटा विभागसँग यस्तो विज्ञापन प्रकाशन प्रसारण गर्नेमाथि कारवाही गर्न माग गरेको छ । भारतले ‘मिट एण्ड लाइभष्टक अष्ट्रेलिया’ सँग यस्तो विज्ञापन हटाउन अपिल गरेको छ र भनेको छ– यसबाट थुप्रै व्यक्तिहरूको धार्मिक भावना आहत भएको छ ।

विवादास्पद विज्ञापनमा भगवान् श्रीगणेशका साथ क्रिश्चियनहरूका धर्मगुरु ईशा मसिह, गौतम बुद्ध, साइण्टोलोजी धर्मका संस्थापक एल रन हबर्डले आपसमा कुराकानी गर्दै एउटै मेचमा बसेर मासुभात खान लागेको देखाइएको छ । उक्त विज्ञापनमा मुस्लिम धर्मगुरु हजरत मोहम्मदलाई चाहिँ सामेल  गरिएको छैन । मुस्लिमहरू यस्ता कुरामा अत्यन्त संवेदनशील हुने र हजरत मोहम्मदलाई विज्ञापनमा प्रयोग गर्दा इस्लामिक आतंककारीहरूको आक्रमणको निशाना बनिने तर अन्य धर्मलाई चाहिँ हेप्न सकिने हुनाले उक्त कम्पनीले त्यस्तो गरेको अनुमान गरिएको छ । 

Global Ime bank

अष्ट्रेलियाको हिन्दू परिषद्ले भेंडाको मासुको व्यापार बढाउनका लागि भगवान् श्रीगणेशको तस्बिरको दुरुपयोग गरिनुलाई ‘भँडुवा र घृणित प्रयास’ भनेको छ । यस सिलसिलामा अनलाइन अभियान पनि शुरु गरिएको छ, जसलाई ४४०० व्यक्तिहरूले समर्थन गरिसकेका छन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २८, २०७४  ०३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC