साहित्य र कला

आशिष र एञ्जिलाको ‘मेरो हरपल...’ सार्वजनिक

काठमाडौं । गायक आशिष गौतम र गायिका एञ्जिला रेग्मीको स्वरको गीत ‘मेरो हलपल तिमी...’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । 

संगीतकार भीम बिसीद्वारा संगीतबद्ध गीतको शब्द पनि संगीतकार बीसीकै हो । 

युट्युबमार्फत सार्वजनिक भएको उक्त गीतको म्युजिक भिडियोमा चलचित्र अभिनेता आकाश श्रेष्ठ तथा अभिनेत्री मरिष्का पोखरेलले अभिनय गरेका छन् । 
भिडियो निर्देशन सुव्रत आचार्यले गरेका छन् । 

तपाईंको मत