site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । अरुको एटीएम कार्डको पिन नम्बर चोरी गरी रकम निकाल्ने एक बुल्गेरियन नागरिकलाई प्रहरीले काठमाडौंको ठेमलबाट पक्राउ गरेको छ । पर्यटक भिषामा नेपाल आएर एटीएम कार्डको पिन चोरी गर्दै रकम निकाल्ने बुल्गेरियन नागरिक मिट्को स्ट्यानो मिटेमलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले १२८ वटा एटीएम कार्डसहित पक्राउ गरेको हो । 

पक्राउ परेका बुल्गेरियन नागरिकका साथबाट प्रहरीले ४ लाख ४० हजार नेपाली रुपैयाँ, मोबाइल, ल्यापटपसमेत बरामद गरेको ब्युरोले जनाएको छ । 

यसअघि भदौ २५ गते ब्युरोले २ टर्किस नागरिकलाई पनि २४ वटा एटीएम कार्ड, पिन नम्बर चोर्दा जडान गर्ने उपकरणसहित पक्राउ गरेको थियो । 

Agni Group

विभिन्न मितिमा गरी ब्युरोले हालसम्म १५ जना विदेशी एटीएम चोरलाई पक्राउ गरेको छ । ब्युरोका अनुसार रोमानियाका ४ जना, टर्कीका ४ जना, बुल्गेरियन ३ जना र मोल्दोभियन ४ जना पक्राउ परेका छन् । उनीहरु पर्यटक भिषामा नेपाल आउने र एटीएम कार्डको पिन नम्बर चोरी गरी करोडौं रकम ठगी गरेको ब्युरोले जनाएको छ । 

पक्राउ परेका १५ विदेशीका साथबाट प्रहरीले ८८ लाख ६८ हजार ८५० नेपाली रुपैयाँ, ७५ हजार २४५ अमेरिकी डलर र ७३ हजार ८७५ युरो बरामद गरेको छ । त्यसैगरी १४ सय ३९ थान अन्य व्यक्तिका एटीएम बरामद गरेको ब्युरोले जनाएको छ । 

Global Ime bank

यसरी चोरी हुन्छ पिन नम्बर 
केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख डीआईजी पुस्कर कार्कीका अनुसार एटीएमको पिन कोड ह्याक गर्ने एक गिरोह विदेशमै हुन्छ । त्यो गिरोहले उतैको एटीमए बुथमा वेबक्याम राखेको हुन्छ । कतिपय एटीएमभित्रै पनि पिन कोड रिड गर्न सक्ने क्षमताको अर्को डिभाइस राखिएको हुन्छ । 

त्यसरी पिन कोडको बारेमा जानकारी संकलन भएपछि उनीहरु एटीएममा त्यो पिन कोड र उक्त व्यक्तिको विवरण भरेर एटीएम, भिषा कार्ड र अन्य विजनेस कार्डहरु तयार पार्छन् । यसरी तयार पारेको कार्डलाई तस्करहरुले बैंकिङ सुरक्षा कम र सहजै आवजावत गर्न मिल्ने देशलाई रोज्छन् । नेपाल पनि ह्याक भएको एटीएमबाट पैसा झिक्न मिल्ने सहज देश हो । पटक–पटक पक्राउ परेका विभिन्न देशका नागरिकले नेपालका एटीएम बुथमा विभिन्न उपकरण राखी एटीएम पिन नेपालबाटै चोरी गरेको भेटिने गरेको छ । 

ह्याक गरेको रकम ६०–४० को भागबण्डा
सीआईबी प्रमुख कार्कीका अनुसार यसरी ह्याक गरेको एटीएमबाट निकालेको रकम ६० प्रतिशत मुख्य ह्याकरले लिने गरेको हुन्छ भने ४० प्रतिशत एटीएमबाट रकम निकाल्नेले लिने गर्छ । 

पिन कोड ह्याक गर्ने र एटीएमबाट रकम निकाल्नेको प्रायजसो चिनजान पनि हुँदैन । पिन कोड ह्याक गरी नयाँ एटीएममा विवरण भरेर मुख्य ह्याकरबाट अर्कोको हातमा एटिएम पुग्छ, अनि त्यसपछि मात्र एटीएममा पैसा झिक्नेको हातमा पर्छ । अनि उनीहरुले भिजिट भिषामा नेपाल आएर रकम निकालेर डलर तथा युरोमा साटेर फिर्ता लाने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

प्रहरीका अनुसार यसरी ह्याक भएका एटीएम तीन प्रकारले प्रयोग हुने गरेका छन् । 

पहिलो, नेपाल तथा भारतका क्यासिनोमा स्वीप गरी रकम निकाल्ने । दोस्रो, नेपालीहरुलाई प्रयोग गरी महँगा सामान जस्तै– क्यामेरा, मोबाइल, घडीलगायतका महँगा सामान अनलाइनमार्फत सपिङ  गर्ने र तेस्रो नेपाल घुम्न आउने बहानामा पर्यटक भिषामा नेपाल आउने र रकम निकाल्ने, होटल तथा रेष्टुरेन्टडमा कार्डमार्फत बिल तिर्ने र नेपाली बैंकका एटिएमबाट रकम निकालेर फर्कने । 

“नेपालको बैंकिङ प्रणाली सुरक्षित छैन । त्यसैले ह्याकरको रोजाइमा नेपाल परेको हो,” ब्यूरोका कार्की भन्छन्, “हामीले राष्ट्र बैकलाई यो कुरा धेरै पटक भनिसकेका छौं । ”

प्रहरी र राष्ट्र बैकका कर्मचारीसँग सेटिङ
उच्च स्रोतका अनुुसार प्रहरीका हाकिम र सरकारका वरिष्ठ कर्मचारी तथा नेताहरुको सेटिङमा नेपालका क्यासिनोमा दैनिक करोडांैको कालोधनलाई लिगलाइज गर्ने काम हुन्छ । त्यही मात्रामा चोरी गरेका पिन र बिजनेस कार्डबाट रकम निकाल्ने काम पनि हुन्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २७, २०७४  १३:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC