site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
एमाले राष्ट्रियतालाई बलियो बनाउन चाहँदैन 
Sarbottam CementSarbottam Cement

दुई नम्बर प्रदेशमा चुनावी सरगर्मी चलिरहेको छ । मतदान गर्ने समयसीमा नजिकिँदै जाँदा प्रमुख दलहरूले प्रचार–प्रसारको घर्कंदो समयको भरपुर उपयोग गरिरहेका छन् । १ सय ३६ तह रहेको दुई नम्बर प्रदेशमा पार्टीलाई पहिलो बनाउने गरी कांग्रेसका केन्द्रीय नेताहरू मधेसमा खटिएका छन् । केन्द्रीय प्रचार प्रसारको संयोजन गरिरहेका कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकसँग हाम्रो भेट जनकपुरमा भएको थियो । निर्वाचनको दौडधूपकाबीच बाह्रखरीकर्मी अक्षर काका अशोक पौडेलले लेखकसँग निर्वाचनको तयारी र प्रचार–प्रचारका विषयमा गरेको कुराकानीको सार संक्षेपः

 

दुई नम्बर प्रदेशको चुनावको प्रचार–प्रसारमा खटिनुभएको छ, तपाईं केन्द्रीय प्रचार प्रसार समितिको संयोजकसमेत हुनुहुन्छ, निर्वाचनको माहोल कस्तो पाउनुभयो ?

Prabhu Bank
Agni Group
NIC Asia

दुई नम्बर प्रदेशमा स्थानीय तह निर्वाचनअन्तर्गत तेस्रो चरणको निर्वाचन भइराखेको छ, म करिब ६ वटा जिल्लामा पुगिसकेको छु । नेपाली कांग्रेसको पक्षमा अत्यन्त सकारात्मक जनसमर्थन रहेको पाएको छु । कांग्रेसको पक्षमा अपार जनसर्मथन नै त्यसलाई भन्न मिल्छ । उत्साहजनक माहोल पाएको छु मैले ।

 

Global Ime bank

कांग्रेसप्रति जनआकर्षण कसरी बढ्यो त ?

केही राष्ट्रिय मुद्दाहरू यसको आधार हो भने, केही स्थानीय एजेन्डाहरूले पनि साथ दिएजस्तो मलाई लाग्छ । उदाहरणका लागि, अहिलेको राष्ट्रिय एजेन्डा संविधानको सर्वस्वीकार्यताको सवाल हो । संविधानको सर्वस्वीकार्यतालाई कांग्रेसले राष्ट्रिय मुद्दा बनाएको छ । यसमा कांग्रेसले पहल र प्रयत्न गरेको छ । संविधानको सर्वस्वीकार्यता भनेको हिमाल, पहाड, मधेसमा बस्ने, पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म फैलिएर रहेको विभिन्न जातजातिका मानिसहरू विभिन्न भाषा बोल्ने विभिन्न वर्णका मानिसहरू, विभिन्न धर्म मान्ने, संस्कृतिका हुर्किएमा मानिसहरू सबैले हाम्रो संविधान सबैको साझा सम्पत्ति हो भन्ने अनुभूत गर्न सकून र सबै संविधानको  दायराभित्र समेटियून, सबैको भावना संविधानले बोक्ने सकोस् भन्ने अभियान नेपाली कांग्रेसले सञ्चालन गरेको छ । त्यसैलाई हामीले संविधानको सर्वस्वीकार्यता भनेका छौँ ।

तराई–मधेसका भावना पनि संविधानमा समेटिनुपर्छ । अटाइनुपर्छ भन्ने हाम्रो मान्यता छ । पछिल्लो समय नेपाली कांग्रेसको पहलकदमी र नेतृत्वमा संविधानमा केही संशोधन गरेर मधेसका भावनाहरू मधेस र मधेसी जनताले उठाएका मुद्दाहरूलाई समावेश गरेर व्यवस्थापिका–संसद्बाट संविधान संशोधन गर्नका लागि प्रस्तुत गर्यौँ । तर, प्रमुख प्रतिपक्षी दल एमालेले त्यसको विरोध गरेको कारणले, विपक्षमा मतदान गरेका कारणले त्यो असफल भएको छ । त्यसले आम मधेसी जनतामा के भावना उत्पन्न गराएको छ भने मधेस, मधेसीका पक्षमा नेपाली कांग्रेस उभिएको छ, मधेस, मधेसीको एजेन्डालाई आफ्नो एजेन्डा बनाएको छ र यसलाई राष्ट्रिय एजेन्डा बनाएर यसमा सम्बोधन गर्न पहलकदमी लिएको छ  । नेतृत्व लिएको छ  । जनसमर्थनको मुख्य कारण यही हो ।


हिजो, कांग्रेस, एमाले, तत्कालिन एमाओवादीसहितको साझा पहलमा संविधान जारी भयो, संविधान जारी गर्दा प्रमुख दल एक ठाउँमा उभिएका थिए । तर, संविधान संशोधनमा नेकपा एमालेलाई ल्याउन सक्नुभएन नि ?

एमाले आएन न नि त । हामीले ल्याउने प्रयत्न नगरेको होइन । 

संविधान जड बस्तु होइन । संविधान परिवर्तनशील बस्तु हो । जसरी समाजका आवश्यकताहरू, आकांक्षाहरू, भावनाहरू परिवर्तित हुन्छन्, त्यसैगरी संविधान संशोधन गर्दै जाने बस्तु पनि हो । त्यसकारण हामीले संविधान बनायौँ, यो संविधान संशोधन हुनै सक्दैन भन्ने कुरा होइन । दोस्रो कुरा, संविधान संशोधन मुलुकको हितको पक्षमा छ, सबै जनतालाई यसले समेट्छ, सबैका भावना यसमा प्रतिविम्बित हुन्छ र मुलुकका लागि यो नोक्सानदायी छैन भने संशोधन गर्दा बिग्रँदैन नि ?

हामीले गरेको प्रस्तावले मुलुकलाई कुनै नोक्सान गर्नेवाला छैन । कुनै नराम्रो कुरा छैन । तर पनि एमालेले सर्मथन गरेन । त्यसले मधेस र मधेसीको भावनालाई मात्र ठेस पुर्याएको छैन । बरु राष्ट्र त परिवारजस्तै हो । परिवारमा बाबु, आमा, दाजुभाइ दिदीबहिनी सबै हुन्छन् । सबैको भावनासमेटेर निर्णय लिँदा परिवार बलियो हुन्छ नि ।

उन्नति, प्रगति, शान्ति हुन्छ भनेजस्तै राष्ट्रभित्र बसोबास गर्ने सबै नागरिकहरू राष्ट्रका सदस्य हुन् सबैका भावना समेट्नु पर्दैन ? यो संविधानले मेरो भावना बोकेको छैन भन्ने लाग्यो भने संविधानप्रति उसको असन्तुष्टि रहिरहन्छ । त्यो असन्तुष्टिले उसलाई संविधानको दायराभन्दा बाहिर पु¥याउँछ । त्यसले गर्दा मुलुकलाई समेट्ने कुरा नै आजको आवश्यकता हो । राष्ट्रियतालाई बलियो पार्ने कुरा हो यो । एमाले यसबाट पछि हट्नु भनेको राष्ट्रियता बलियो बनाउने कुरामै एमाले सहमत नभएको देखिन्छ । यसले पनि तराई–मधेसमा कांग्रेसका पक्षमा व्यापक जनलहर देखा परेको छ । अन्यत्र त हामीले बुझाउन नसकेर समस्या भएको हो । अब हामी देशभरि अभियान

चलाएर आफ्ना कुरा राख्छौँ । एमालेले लिएको कदम बेठिक हो ।

एमालेले संविधान संशोधनका अन्तवस्र्तुमाथि प्रश्नचिह्न खडा गरेको छ । एमालेका नेताहरूले ‘कांग्रेस–माओवादी केन्द्रले भारतालाई रिझाउन संविधान संशोधन ल्याइएको हो, उनीहरूको प्रस्तावै होइन त्यो, प्रधानमन्त्री शेरबहादुर देउवाले दिल्ली भ्रमणका बेला दुई तिहाइ नपुगेकाले संविधान संशोधन गर्न सकिनँ, दुई तिहाइ पुर्याएर संविधान संशोधन गर्छौं भनेर आउनु नै त्यसको पुष्टि हो भनेको छ नि ?

यसमा दुई– तीनवटा कुरा छ । राष्ट्रियता बलियो बनाउने सवालमा, मुलुकमा सबैलाई मिलाएर लैजाने कुरामा उहाँहरूले राजनीति गरिराख्नुभएको छ । यो कति घातक छ भन्ने कुरा उहाँहरूले बुझ्नुभएकै छैन । केही समयपछि बुझ्नुहोला । सबैलाई मिलाएर लैजाने विषय देश मजबुत तुल्याउने विषय हुन्छ कि विदेशी रिझाउने कुरा हुन्छ ? संविधानभित्र सबैलाई समेट्ने कुरा राम्रो हो कि, संविधानभन्दा बाहिर गर्दिने कुरा राम्रो हो ? आजको केहीसमयपछि एमाले जवाफ दिनुपर्ला ।

प्रधानमन्त्रीले दिल्लीमा बोल्नु भएको विषय– त्यो त हाम्रो राष्ट्रिय एजेन्डा हो । हामी भनिराख्या छौँ, हाम्रो राष्ट्रिय एजेन्डा नै संविधानको सर्वस्वीकार्यता, संविधानमा सबैलाई अटाउने विषय नै हो । अर्को एजेन्डा संविधानको कार्यान्वयन हो । जुन हामी निर्वाचनमार्फत पूरा गरिराख्या छौँ । भने मेरो यो राष्ट्रिय  एजेन्डा हो भनेर अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराउनु बेठिक कुरा हो ? बेठिक हुन्छ ? लुकिछिपी कुरा होइन नि, राष्ट्रिय एजेन्डा हो नि यो ।

संविधान संशोधनको विषय व्यवस्थापिका संसद्मा असफल भएको छ, मरेको त छैन नि । मतदानमा विजय, पराजय एउटा कुरा हो । मुद्दा त जीवित रहन्छ । अनुकूल परिस्थितिमा फेरि अगाडि लिएर जान सकिन्छ । एमालेका नेताले भनेका कुरा तपार्ई भने भनिरहनुभएको छ– यसमा के त्यस्तो विषय छ उहाँहरूले त्यो बताउनुपर्छ ।

अन्तर्वस्तुकै कुरा गरौँ ।

जस्तो भाषाको कुरा छ– अहिलेको संविधानमा नेपालमा बोलिने सबै भाषा मातृभाषा हुन् भनेको छ, होइन ? नेपालमा बोलिने भने भाषा, तामाङ, राई, लिम्बू, थारू, डोटेली, मैथिली, भोजपुरीआदि मातृभाषा हुन् हैन ? हामीले यि भाषालाई अनुसूचीमा राखौँ भन्यौँ । मैथिली भाषालाई अनुसूचीमा राख्न के आपत्ति ? मैले मेरो भाषा डोटेली संविधानमा राख्न नपाउने ? गुरुङ, राई, लिम्बू भाषालाई राख्न के आपत्ति ? त्यसले सबै भाषाभाषिलाई गर्व गर्ने ठाउँ हुन्छ । संविधानले सबैलाई पहिचान थियो भन्ने कुरा भयो नि त ।

नागरिकताको कुरा छ– म एमालेका नेताहरूलाई पुनः आग्रह गर्न चाहन्छु । कानुन राम्ररी पढिदिने कुरा गर्नुहोस् । अहिले संशोधन गरेर जे कुरा लेख्न खोजिएको छ, त्यो व्यवस्था ०४७ सालको संविधानमा पनि थियो । त्यसमा माधव नेपाल आफैँ सदस्य हुनुहुन्थ्यो, त्यतिबेला त्यस विषय एमालेका नेताहरूले विरोध गरे ? आजभन्दा ५० वर्षअघि लागु भएको नागरिकता ऐनमा पनि त्यही कुरा लेखिएको छ । नागरिकता ऐन ०६३ मा संशोधन भयो, त्यसमा पनि त्यही कुरा लेखिएको छ । त्योबेला समर्थन गर्नुभएको होइन उहाँहरूले ? अहिले लेख्दाचाहिँ के बिग्रन्छ ?
यस्ता कुरा समर्थन गरेर जाँदा के बिग्रन्छ भनेर व्यापक बहस चलाउन जरुरी छ । बहस भइ पनि रहेको छ । शब्दद्वारा राजनीतिक गर्ने कुरा हो उहाँहरूको ।

पुनः चुनावमै फर्कौं–
दुई नम्बर प्रदेशमा कति सिट जित्ने अपेक्षा छ कांग्रेस ?

 

म अंकगणितमै यति नै जितिन्छ भन्दिनँ । तर, दुई नम्बर प्रदेशमा हामी अत्यधिक सिट जित्छौँ । देशभरि यो परिणामलाई लैजाने गरेर दुई नम्बर प्रदेशमा हामी पहिलो हुन्छौँ ।

 

यसअघि ६ वटा प्रदेशमा निर्वाचन भइसकेको छ ४ नम्बर प्रदेशमा बाहेक कांग्रेस सबै प्रदेशमा दोस्रो भएको छ, यहाँ पनि त्यस्तो नहोला र ?

अरू प्रदेशमा प्राविधिक समस्या रहे । धेरै ढिला गरेर उमेदवारी चयन गर्यौँ । उमेदवारी चयनपश्चात मतदानसम्म यति छोटो समय भयो कि, पार्टीभित्र उठेका असन्तुष्टि सम्बोधन गर्न सकेनौँ । असन्तुष्टि व्यवस्थापन गर्न नसकेकैले एजेन्डा लिएर जनतामा जान ढिला भयो । त्यसैले अन्यत्र पछि पर्यौँ हामी । 

असन्तुष्टि त यहाँ पनि देखिएको छ नि ?

 

जनमत नै हाम्रो पक्षमा भएकाले सानातिना असन्तुष्टि विकराला रूप नलेला भन्नेमा हामी विश्वस्त छौँ । यहाँ पनि ढिलो गरेर उमेदवारी छिनोफानो गरेकाले प्रचार–प्रसारमा कमी त भएकै छ । तथापि राम्रै परिणाम ल्याउँछौँ ।

 

मधेसकेन्द्रित दलहरूले कांग्रेस, एमाले, माओवादी केन्द्र एकै हुन, यिनीहरूले मधेसी जनतामाथि दमन गरेकै छन्, गोली चलाएकै छन्, भनेर प्रचार गरिरहेका छन् नि ?

राजनीति आफ्नो–आफ्नो हो । उहाँहरूले जे भने पनि तराई मधेसका जनताले, दुई नम्बर प्रदेशका जनताले के राम्रोसँग बुझेका छन् भने, मधेसका मुद्दा बोक्न सक्ने पार्टी कांग्रेस नै हो । र, कांग्रेसले नेतृत्व गरिरहेको छ पनि । अब मधेस आधारित, राजपा, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम उहाँहरू विभाजित, विभक्त भएकाले अत्यन्त कमजोर हुनुहुन्छ । 

संगठनको आकार, क्षेत्रगत विस्तार पनि दुई नम्बर प्रदेशमा मात्रै केन्द्रित छ । यो सबै कारणले मधेसका मुद्दा बोक्न सक्ने, निष्कर्षमा पुर्याउने अवस्थामा हुनुहुन्न उहाँहरू । यो कुरा जनताले बुझेका छन् । मुद्दा बोक्न बलियो पार्टी चाहिन्छ भनेर यहाँका जनताले काग्रेस र एमालेलाई नै रोज्ने हो । कांग्रेस र एमालेमध्ये, एमालेले मधेस विरोधी चरित्र देखाएकाले एमालेलाई नै जनताले भोट दिन्छन् ।

लामो समय शासन सत्ताको नेतृत्व गरिरहेको कांग्रेसले तराई–मधेसमा केही नगरेकाले मधेस पिछडिएको हो भन्ने जनआक्रोस पनि सुनिएको छ, मत हाल्लान् त जनताले ?

यसमा दुईवटा पाटो छ, पहिलो मधेससँग कांग्रेस जोडिएको छ । कांग्रेससँग मधेस जोडिएको छ । मधेसका एजेन्डा कांग्रेससँग मिल्छन् । तथापि कांग्रेस मधेसको मात्रै होइन, हिमाल, पहाडको पनि हो । राष्ट्रिय पार्टी भएकाले सबैको प्रतिनिधित्व गर्छ ।

लोकतन्त्र, गणतन्त्रका लागि मधेसमा जति पनि संघर्ष भए ती सबै कांग्रेसमा मुद्दा थिए । कांग्रेसले नै नेतृत्व गरेको थियो । पछिल्लो समय संघीयताका लागि मधेसमा जुन संघर्ष भयो, त्यो पनि कांग्रेसले स्वीकार गर्यो । त्यसले मधेससँग अझै सामीप्यता बढाएको छ । लोकतन्त्रको सवालमा कांग्रेस र मधेस सँगसँगै हिँडेको छ ।  त्यसैले मधेस कांग्रेसका आधार इलाका, आधार क्षेत्रका रूपमा रहेको अवस्था हो ।

अर्को, तराईको पीडा छ, अविकास छ । गरिबी छ, पछौटे छ । बाढीको समस्या पनि विकराल बन्दैछ । तर, यो सबैको जिम्मवार कांग्रेस मात्रै किन होइन भने यो मुलुकमा कांग्रेसले मात्रै शासन गरेको होइन । शासनमा बढी बसेको छ । बढी बसेको छ भने विकासका गतिविधि पनि अघि बढाएको छ । 

२०–३० वर्षदेखि बन्न नसकेको हुलाकी राजमार्ग कांग्रेसकै पालामा अघि बढेको छ । हुलाकी राजमार्ग मधेसको लाइफ लाइन हो । संयोगले म आफैँ भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत भएकोले जानकारी छ । ८०० किलोमिटर डबल लेनको राजमार्ग मापदण्डको सडकको टेन्डर पनि भइसकेको छ । र, पैसाको व्यवस्थापनसमेत भइसकेको छ । 

हुलाकीको दोस्रो चरण पनि त्यसैगरी अघि बढ्दैछ । हुलाकीको दोस्रो चरण भनेको पूर्व– पश्चिम हो । पूर्व–पश्चिम, उत्तर–दक्षिण गरि कुल १८०० किलोमिटर यसको लम्बाइ हुन आउँछ । ८०० किमी पहिलो चरणमा भयो । दोस्रो चरणमा सप्तरीदेखि पर्सासम्म  टेन्डर भइसकेको छ । र, पैसाको जोहो भइसकेको छ । जहाँ सडक त्यहाँ समृद्धि हुन्छ । महेन्द्र राजमार्ग आसपासका ठाउँहरूको विकास त्यसैकारण भएको हो । सडक सम्पन्नता पूर्व शर्त पनि हो ।
तराई पिछडिनुको प्रमुख कारण सडक सञ्जालले नजोडिएर नै हो ।

शिक्षा, स्वास्थ्य, खानेपानीमा अरू प्रयत्न अघि बढेको छ, दुई नम्बर प्रदेशका जनताले सबै बुझेका छन् ।

पछिल्लो समय स्थानीय संरचनामा भ्रष्टाचार मौलाएको छ  । तराई–मधेसमा त यो समस्या झनै विकराल छ । संस्थागत रूपमा हुने यस्तो भ्रष्टाचार कसरी रोक्ने ?

महत्त्वपूर्ण कुरा तपाईंले उठाउनुभयो । भ्रष्टाचार त देशकै समस्या हो । स्थानीय तहको मात्रै होइन । मधेस पनि अछुतो छैन । जनप्रतिनिधि भएपछि कम भएर जाला । बीचमा कर्मचारीले स्थानीय निकाय चलाएकाले भ्रष्टाचार अनियमितता भएको हो । जनप्रतिनिधि आइसकेपछि जनउत्तरदायी बढ्छ । प्रत्येक पाँच वर्षमा निर्वाचनमार्फत पासफेल हुनुपर्ने भएकाले निर्वाचित प्रतिनिधिले राम्रो गर्लान् भन्ने आशा गर्न सकिन्छ ।

दुई नम्बर प्रदेशमा निर्वाचन आचारसंहिता उलङ्घनका घटना व्यापक मात्रामा भएको छ, कांग्रेस पार्टी त झनै अगाडि देखियो नि ?

आचारसंहिता सबैले परिपालना गर्नुपर्छ । निर्वाचन आयोगले यसमा अनुगमन गर्नुपर्छ, मुल्याङ्कन गर्नुपर्छ । आचारसंहिता परिपालना गर्न कांग्रेस प्रतिवद्ध छ ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २७, २०७४  ११:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC